पूस ६ , कमल / बसन्त राज सुब्बा
संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्सले नवनिर्वाचित कमाण्डरहरुलाई नियुक्तिपत्र प्रदान गरेको छ । झापाको कमलस्थित केर्खा स्कुलमा शनिबार आयोजित कार्यक्रममा मञ्चका संघीय अध्यक्ष तथा भोलेन्टियर्सका हाइकमाण्डर कुमार लिङदेन मिराकले कमाण्डरहरुलाई नियुक्त प्रत्र प्रदान गरेका छन् ।
संघीय लिम्बुवान मञ्च ,नेपाल उपाध्यक्ष तथा एल.भी केन्द्रीय कमाण्डर थाङसाङ लावतीको अध्यक्षतामा आयोजित कार्यक्रममा मञ्चका उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, लिम्बुवानका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, आइदेव राई, विष्णुमाया थापा त्यसैगरी प्रान्तीय महासचिवहरु दिलकुमार लावती र भानु भट्टराई, १ नं. प्रदेश समन्वय समितिका सचिवहरु भविराज तुम्सा र नन्दुभाई मेन्याङ्बो, प्रान्तीय सचिवहरु धनबहादुर पन्धाक, सन्तोष तुम्बापो लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
एल.भी हाइकमाण्डरले केंद्रीय सीनियर उप कमाण्डर , केंद्रीय उप कमाण्डर गरी ५६ जना एल.भी. कमाण्डरहरुलाई नियुक्तपत्रका साथै प्रमाणपत्र समेत वितरण गरिएका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष मिराकले लिम्बुवान भोलेन्टियर्स भनेको लिम्बुवानको ढुकढुकी भएको हुँदा विगतको आन्दोलनबाट नै छुट्टै पहिचान बनाएको हुँदा लिम्बुवानको सबैखाले आन्दोलनमा एलभीको भूमिका महत्वपूर्ण भएको बताए ।
उक्त कार्यक्रममा पार्टीका सल्लाकार अम्बर बहादुर राईले तेस्रो महाअधिबेशनबाट सर्वसम्मत पुनः निर्वाचित प्रान्तीय/ संघीय अध्यक्ष कुमार लिङदेन ' मिराक ' चयन हुनु भएकोमा सल्लाकारको बाहुलीबाट सम्मान स्वरूप मायाको चिनो र कार्यकाल सफलताको लागि बधाई तथा शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा झापा जिल्लाका अधिकांश केन्द्रीय नेताहरुको उपस्थिति रहेको थियो भने जिल्ला अध्यक्ष लगायत मञ्चका अन्य नेताहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रम लिम्बुवान भोलेन्टियर्सका प्रवक्ता काजीमान ओख्राबोले संचालन गरेका थिए भने स्वागत मन्तव्य एल.भी. सहकमाण्डर गणेश मिभकले गरेका थिए ।