भुजेल जातीको विकाश र उन्नतिको आधार
साँस्कृतिक चेतना शिक्षा र रोजगार " भन्ने मुल नाराका साथ स्थापना गरिएको प्रवासी भुजेल समाज कतारले महान पर्व उधौली पर्व ( प्हुगाल पारिम) को शुभ अवसर पारेर सास्कृतिक कार्यक्रमको साथ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष बिनोद भुजेलको सभापतित्व, संरक्षक तथा पुर्व अध्यक्ष नियम भुजेलको प्रमुख आतिथ्यमा साथै समाजका सल्लाहकार द्दोय बिकाश भुजेल,धन बहादुर भुजेल, प्रदेश संयोजक द्दोय छबि भुजेल, रोज भुजेल महिला संयोजक माया भुजेल ,लगायतको विशेष आतिथ्यमा र समाजका सम्पूर्ण पदाधिकारीहरु सदस्यहरू साथै कलाकारहरूको समउपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
दिप प्रज्वलन गरी सुर्य ,वायु,जल,जङ्गल ,जमिन गरि ५ वटै चिजहरुको पुजा आराधना गर्दै यशपालीको ( प्हुगाल पारिम) २०७८ शुभकामना आदानप्रदान कार्यक्रममा ।
पुजा कार्यक्रम समाजका सह- कोषाध्यक्ष ( पुजारामे )श्री अर्जुन भुजेलले संचालन गरेका थिए ।
कार्यक्रममा उपस्थित सम्पुर्ण लाई समाजका महासचिव युवराज भुजेलले स्वागत गर्दै नेपाली राष्ट्रियगान बजाएर कार्यक्रम संचालन गरिएको थियोे ।
कार्यक्रममा उपस्थित विभिन्न अतिथि हरुले उधौली पर्व ( प्हुगाल पारिम)को शुभकामना दिदै, आफ्नो भाषा, धर्म सस्कृती लाई प्रवासमा रहेर पनि जोगाइ राख्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा समाजका सकृय सदस्य श्रीमान जिसिले सेल रोटी अचार लगायत मिठो परिकार खुवाएका थिए, कार्यक्रममा भुजेली नृत्य लगायत समाजका कलाकार हरुले नेपाली गीतहरुमा आफ्नो प्रस्तुतिहरु पस्केर उपस्थित सम्पूर्णमा मनोरंजन दिलएका थिए ।
कार्यक्रमकाका सभापतिले कार्यक्रम को तयारी लगायत देखि कार्यक्रम सप्पन्न हुन्जेल सम्म अहोरात्र खट्नुहुने सम्पुर्णमा धन्यवाद सहित आभार प्रकट गर्दै सम्पूर्ण उपस्थित महानुभावहरुलाई उपस्थितिको लागि धन्यवाद सहित आभार प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए ।।