दोहा, कतार / एनआरएनएको कतारको १९ औं स्थापना दिवस भब्य रूपमा सम्पन्न भएको छ ।
एनआरएनए आइसिसीको दोस्रो एनसिसिको रूपमा सन् २००३मा स्थापित संस्थाले शुक्रबार एक कार्यक्रमका बिच आफ्नो स्थापना दिवस मनाएको हो ।
मन्तव्य :प्रमुख अतिथि :
कार्यक्रमको उद्घाटन गर्दै नेपाली राजदुतावास कतारका कार्यबाहक राजदुत लक्षमण खनालले नेपालको आर्थिक विकासमा प्रवासी नेपालीको महत्त्वपूर्ण भुमिका रहने भन्दै प्रदेशमा रहदा नेपालीको पर्यटन प्रचारप्रसार गरेर नेपालमा पर्यटक पुर्याउने तथा अन्य क्षेत्रमा लगानी भित्राउन पहल गर्नुपर्ने बताउनुभयो ।
खनालले एनआरएन आईसिसिमा देखिएको समस्या छिट्टै समाधान भएर सबै प्रवासी नेपालीको साझा संस्था बनोस भन्ने शुभेच्छा व्यक्त गर्नुभयो । समस्यामा परेका नेपालीलाई एनआरएनए कतारले गर्दे आएको सहयोग सहारनिय रहेको भन्दै आगामी दिनमा पनि निरन्तर दिनुपर्ने बताउनुभयो ।
बिशेष अतिथि : अलि सला अल खलाब, head of labour and guidenes of labour organization : कतार सरकार सदैव मजदुरको पक्षमा काम गर्न तयार रहेको छ भन्दै सरकारले आफ्नो नियम मजदुर मुखी बनाई रहेको बताउनुभयो । साथै उहाँले आफू सङ्ग सम्बन्धि कुनै पनि गुनासो भए सिधै सम्पर्क गर्न अनुरोध गर्दे नेपाली दूतावास, एनआरएनए एनसिसि कतार सङ्ग आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिवद्द्ता व्यक्त गर्नुभयो ।
नेपाली राजदुतावास कतारका लेबर कनसूलर कृष्ण खनाल, द्दितिय उपाध्यक्ष प्रवीण भट्टराई
एनआरएन सचीव आरके शर्मा, सल्लाहकार टिवि कार्की, एनआरएनए संस्थापक सदस्य एवं पुर्व अध्यक्ष सागर नेपाल, एनआरएनए मानार्थ परिषद सदस्य बिमल सुवेदी, शनि कुमार वलि, आइसिसी सदस्य रमेश भट्ट, केवि हमाल, अब्दुल वासिद, नवनिर्वाचित आइसिसी सदस्य नरेश श्रेष्ठ, सरिता भण्डारी, एनआरएनए एनसीसी कतारका सल्लाहकार संयोजक उत्तम गुरुङ, सल्लाहकार राम सागर मेहता, प्रवासी नेपाली मञ्चका अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समिती कतारका कार्यबाहक सभापति ठाकुर कुमार परियार, प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष रामहरि गौरे, नेपाली जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भन्डारी, नेपाली समाज कतारका इन्चार्ज मनिष यादव,विवेकशिल साझा कतारका अध्यक्ष गणेश कार्की, संघीय लिम्बुवान सामाजिक मंचका वरिष्ठ उपाध्यक्ष डम्बर निवाङ्ग लिम्बु, नेपाल आदिवासी जनजाती महासङ्गका वरिष्ठ उपाध्यक्ष राम कुमार मण्डल, नेपाल पत्रकार महासङ्ग कतार शाखा अध्यक्ष करिम वक्स मिया, नेपाली महिला समाजका प्रमुख सल्लाहकार अमिना खान,गण्डकी प्रदेश समन्वय परिषदका कार्यबाहक अध्यक्ष सागर पौडेल,सुदुर पश्चिनेली सेवा समाजका अध्यक्ष परमानन्द भट्ट, प्रदेश नम्बर २ का संयोजक साकिर हुसेन, मोना कतारका अध्यक्ष नगेन्द्र फगामी, धनकुटा सेवा समाज अध्यक्ष डिल्लीराम सुवेदी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सहभागीले एनआरएनए आइसिसीको विवाद लाई सहमतिमा हल गरेर मात्रै अगाडि बढदै यो अभियानलाई सम्भावित बिभाजन बाट रोक्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा कलाकार अमृत कुरुवाङ्गले गित प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान,
स्वागत द्दितिय उपाध्यक्ष प्रेम चलाउने,सन्चालन महासचिव पदम गिरिले गर्नुभएको गैरआवासीय नेपाली संघ, रास्टिय समन्वय परिषद संघ कतारका प्रवक्ता सन्तोष क्षत्रीले जानाकारी गराए ।