गोरखा सेवा समाज कतारले आयोजना गरिएको १८ औं स्थापना दिवस साथै वार्षिक साधारण सभा कार्यक्रम समाजका अध्यक्ष रामजी खत्रीको सभापतित्व र गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको प्रमुख आतिथ्य सम्पन्न भएको छ ।
सो कार्यक्रममा संस्थाका प्रमुख संरक्षक बुधबल गुरुङ, संरक्षक श्रीकृष्ण भट्टराई, बैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधि, नेपाल पत्रकार महासंघका अध्यक्ष करिमबक्स मिया, नेपाली महिला समाजकी प्रथम उपाध्यक्ष माया के सी, प्रदेश समन्वय परिषद का प्रमुख तथा प्रतिनिधिहरु बिशेष आतिथ्यता रहेको थियो भने विभिन्न जिल्ला संस्थाका प्रमुख तथा प्रतिनिधि, संस्थाका सल्लाहकार र सामाजिक अभियान्ताहरुको आतिथ्यता रहेको थियो । कार्यक्रम १८ वटा दिप प्रज्वलन सहित केक काटेर औपचारिक उद्घाटन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी मो. मुक्तदा मुसलमानले गोरखा सेवा समाज कतार आफैमा परिचित संस्था हो र गोरखा सेवा समाज कतार दोहामा स्थापित विभिन्न सामाजिक संघ संस्थाहरु मध्य आर्थिक लगायत हरेक क्षेत्रमा सक्षम र अब्बल संस्था रहेको बताउनु भयो ।
गोरखा सेवा समाज कतारले आफ्नो स्थापना दिवस कार्यक्रममा एनसिसी कतारलाई प्रमुख अतिथी बनाउनु भएकोमा सँस्था प्रति कृतज्ञता ज्ञापन गर्नु हुँदै कुनै पनि नेपाली श्रमिकहरु दोहामा समस्यामा परेको भए वा ३१ डिसेम्बर, २०२१ सम्ममा कतार सरकारले शुरु गरेको आममाफी प्रक्रिया अन्तर्गत घर जान चाहे वा स्पोन्सर चेन्ज गर्न चाहेमा एनसिसिको संपर्कमा आउन अनुरोध गर्दै हरेक किसिमको सहयोग गर्नको लागि गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार तयार रहेको कुरा जानकारी दिनु भयो यसै अबसरमा डिसेम्बर १८ कतारको राष्ट्रिय दिवसको उपलक्ष्यमा कतार सरकार र कतारी जनता अनि आप्रवासी नागरिकहरुलाई शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रममा संस्था प्रमुख संरक्षक बुधबल गुरुङ, संरक्षक श्रीकृष्ण भट्टराई, जनसम्पर्क समितिका उपसभापति राम कुमार मण्डल, जनप्रगतिशिल मन्चका वरिष्ठ उपाध्यक्ष राज देवकोटा, प्रवासी नेपाली मंचका सचिवालय सदस्य हंसराज ढकाल, नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष करिमबक्स मिया, नेपाली महिला समाजकी प्रथम उपाध्यक्ष माया के. सी, सुदुरपश्चिम समाज कतारका अध्यक्ष प्रमानन्द भट्ट, लुम्बिनी प्रदेश समन्वय परिषदका अध्यक्ष बुद्ध पाण्डे, प्रदेश न २ समन्वय परिषदका अध्यक्ष साकिर अलि, गण्डकी प्रदेश समन्वय परिषदका बरिस्ठ उपाध्यक्ष सागर पौडेल, स्याङ्जा सहयोग समाजका अध्यक्ष अजमत अलि र सामाजिक अभियान्ता के बी हमालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
१८औ स्थापना दिवस र वार्षिक साधारण सभा कार्यक्रमको सभापति तथा गोरखा सेवा समाज कतारका अध्यक्ष रामजी खत्रीले बोल्दै कतारमा रहेका सम्पुर्ण संस्था तथा ब्यक्तिहरुको सहयोगको कारण गृह जिल्लामा अक्षयकोष लगायत सामाजिक कार्य गर्न सफल भएको कुरा जानकारी गराउदै संस्थाको निमन्त्रणालाई स्विकार गर्दै कार्यक्रम सफल पार्न पाल्नुभएका सम्पुर्ण संस्था प्रमुख वा प्रतिनिधिहरुमा हार्दिक आभार तथा धन्यवाद ब्यक्त गर्दै तन, मन, वचन र कर्मले सेवा गरौ भन्ने नारा बैज्ञानिक भएको अनुभुति गर्दै आफु सदैब यहि नारालाई आत्मासाथ गर्दै अघि बढ्ने बताउनु हुँदै कार्यक्रमको समापन गरियो ।
संस्थाको वरिष्ठ उपाध्यक्ष ओमराज गुरुङले संस्थाको १८ औ स्थापना दिवस र वार्षिक साधारण सभा बारेमा प्रकाश पारिएको उक्त कार्यक्रमको सहजीकरणको भुमिकामा संस्थाका महासचिव विकास श्रेष्ठले गरेका थिए ।