दोहा, : नेपाली श्रमिक कल्याणकारी संघ कतारको तेस्रो अधिवेशन सम्पन्न भएको छ । नज्मा स्थित सालिमार रेस्टुरेन्टको सभाहल सम्पन्न भएको तेस्रो अधिबेशन बाट निर्विरोध अध्यक्षमा देव लम्साल चयन भएका हुन ।
संघका अध्यक्ष तिल विक्रम मगरको सभापतित्वमा साथै एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा कतारमा रहेका विभिन्न जिल्ला सङ्गसंस्था तथा सामाजिक संस्था प्रमुखहरू तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
ब्यानर उट्घाटन,दिप प्रज्वलन सहित राष्ट्रिय गान गाउँदै सुरु गरिएको औपचारिक कार्यक्रममा संघका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक देव लम्सालले स्वागत गरेका थिए भने संघका बारेमा नारायण खपाङ्गी मगरले प्रकाश पारेका थिए ।
प्रमुख अतिथि मुक्तदाले श्रमिक कल्याणकारी संघ र एनआरएनए कतारको श्रमिक बिभागको उद्देश्य समानान्तर रहेको हुदा‘ आफूहरू संघसँग सहकार्य गर्दै कार्यसम्पादन गर्न तयार रहेको बताए । उनले कतार सरकारले अवैधानिक रूपमा रहेका आप्रवासी कामदारको हकमा लागु गरेको वैधानिक हुने नियमको पालना गर्दै अवैधानिक कामदारलाई वैधानिक हुन पहल गर्न आग्रह समेत गरेका थिए ।
संघको कार्यप्रगती विवरण पेस तथा कार्यक्रमको सहजिकरण महासचिव मिलन विश्वकर्माले गरेका थिए । खुल्ला शत्रको समापन गर्दै सभापति मगरले कार्यसमिति तथा कतारमा रहेका सबै सहयोगी, मार्गदर्शक तथा कार्यसमितिका सबै पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।
नेपाली श्रमिक कल्याणकारी संघ कतारको नयाँ कार्यसमिती
देव लम्सालको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति यश प्रकार छ, संघको वरिष्ठ उपाध्यक्षमा प्रेम मण्डल, प्रथम उपाध्यक्ष नारायण खपाङ्गी, दित्तिय उपाध्यक्ष दर्शन सुनार, महासचिव मिलन विश्वकर्मा, सचिव सुरज शाही, कोषाध्यक्ष गंगा प्रसाद श्रेष्ठ, सह कोषाध्यक्ष बाबुराम महत रहेका छन् । त्यस्तै सदस्यहरूमा शान्ता केसी, शिला भुसाल, कल्पना घर्ती, रबिना मगर, विमल सुबेदी, सन्दिप सहानिया जनक विश्वकर्मा रहेका छन् ।