हङकङ -HK नेपाली व्यापार संघको अध्यक्षमा पुन: प्रकाश पुन निर्बिरोध निर्बाचित भएका छन। HK नेपाली व्यापार संघका अध्यक्ष प्रकाश पुनको सभापतित्व तथा नेपाली महाबाणिज्यदुत उदय राना मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। विशेष अतिथिहरुमा नेपाल एयरलाईन्सका कन्ट्री मैनेजर नवराज ऊपाध्य,एनआरएन HK का अध्यक्ष गोकर्ण ढाकल,HK नेपाली महासंघ का अध्यक्ष रिता गुरुङ, चेम्बर अफ कमर्सका अध्यक्ष डासुराम पराजुली, FNCI का HK का सदस्य कृष्ण पान्डे रहेका थिए ।
कार्यक्रममा उपस्थित अतिथिहरुमा मगर संघ HK का अध्यक्ष हेम थापा, थकाली सेवा समिति HK अध्यक्ष हर्क नारायण तुलाचन, तामाङ घेदुड:HK का अध्यक्ष रमेश मुक्तान,HK अल्पसंख्यक नेपाली संगठन का अध्यक्ष शिला घमला, नेपाली महीला संघ HK का महासचिव अनु राई लगाएत क्षेत्री समाज HK का प्रतिनिधि राजेन्द्र थापा रहेका थिए।त्यसैगरी कार्यक्रममा हङकङमा लामो समयदेखी स्थापित ब्यबसायीहरु प्रितम श्रेष्ठ,वेद खड़क,नुतन खड़क,कमल पौडेल, धरम गुरूड:अनिता गुरूङ लगाएतको बाक्लो उपस्थिति रहेको थियो।
निर्बाचन मन्डलका अध्यक्ष कृष्ण पाण्डे, सदस्यहरु प्रीतम श्रेष्ठ र अनुराईको समितिबाट लामो समयदेखि ब्यबसाय तथा समाजसेवामा समर्पित प्रकाश पुनको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्बिरोध चयन भएको छ।जसानुसार.... अध्यक्ष:-प्रकाश पुन ,बरिष्ठ उपाध्यक्ष:-कविता गुरूङ, उपाध्यक्ष:-सुमन थापा,महासचिव:-अर्जुन गौचन,सचिव:-भेषमनि श्रेष्ठ ,कोषाध्यक्ष:-टिका माया श्रेष्ठ, सहकोषअध्यक्ष:-करूण श्रेष्ठ,सदस्य:-सुरज श्रेष्ठ, सदस्य:-सन्तोष कुमार गुरूङ,सदस्य:-ज्ञानेन्द्र थापा र सदस्य:-अनिता गुरूङ रहेका छन।
HK नेपाली व्यापार संघको दोस्रो अधिबेशनबाट पुन: निर्बिरोध निर्बाचित अध्यक्ष प्रकाश पुन लगाएत सम्पुर्ण कार्यसमितिलाई HK नेपाली व्यापार संघका प्रमुख संरक्षक राधिका गुरूड (टिका) द्वारा बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको छ।