बागमती प्रदेश- स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले आगामी पौष चार गतेदेखी बिधालयमा स्वास्थ्यकर्मीको स्वयं उपस्थितिमा कोरोना बिरुद्धको खोप लगाईने बताएका छन।
काठमाडौ स्थित चाबहिलमा रहेको मनास्लु वर्ल्ड कलेजको कक्षा ११ मा नव आगन्तुक तथा कक्षा १२ को पढाई सफलता पुर्बक सम्पन्न गरेका विद्यार्थीहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरिएको स्वागत तथा बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले कोरोना बिरुद्धको खोप लगाईने बताएका हुन।
माननीय मन्त्री खतिवडाले कार्यक्रममा बोल्दै आफ्नो वाल्यकालको बारेमा पनि जानकारी गराउँदै कलेजको उच्च प्रशंसा गर्नुका साथै विद्यार्थीहरुलाई पढ्नको लागि उत्प्रेरणा प्रदान गरेका थिए ।मनास्लु कलेजको व्यवस्थापन र सञ्चालकहरुको मिहनेत र उत्साहका कारणबाट अहिलेको सफलता हात पारेको हुन सक्छ मन्त्री खतिवडाले भने। मनास्लु कलेजको प्रगती प्रती चर्चा र खुशी ब्यक्त गर्दै दोस्रो वर्षमा नै अत्यधिक विद्यार्थीहरुलाई पढाउन सफल भएकोमा क्याम्पसलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए। कोरोनाको त्रास अझै कायम रहेको हुँदा सबैमा संयमित हुन आग्रह गर्दै ‘पौष ४ गतेबाट प्रत्येक स्कुल, कलेजका विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप विद्यालय र क्याम्पसमै लगाईने समेत जनाएका थिए।
राष्ट्रिय स्तरका कलाकारहरुको विशेष प्रस्तुति सहित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको कार्यक्रममा हाँस्य कलाकारहरु केदार घिमिरे ‘माग्नेबुढा’, सितादेवी तिमल्सिना, गायक धिरज राई, कलाकार सुजन मार्फा लगायतका कलाकारहरुले प्रस्तुति राखेका थिए।गायक राइले सोइ ढोले सोई, अर्को ढोले खोईसहितका अन्य गित गाएर कार्यक्रममा रौनकता थपिएको थियो भने कलेजका विद्यार्थीहरुद्वारा पनि विभिन्न प्रस्तुतिहरु राखिएको थियो।
‘अ होम फर फ्युचर्स लिडर’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको क्याम्पसले सस्तो र सुलभ दरमा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।स्नातक तहमा अर्को वर्षदेखि बीएस्डब्लुको पनि कक्षा सञ्चालन गर्ने तयारी गर्दै आएको कलेजले स्नातकसम्म अध्यापन गराउदै आएको छ।कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुनमा कक्षा सञ्चालन गर्दै आएको छ ।
कलेजका प्रिन्सिपल राजन श्रेष्ठले विद्यार्थीलाई चाहिने उपयुक्त शैक्षिक वातावरणका साथै भौतिक पूर्वाधार निर्माणमा पनि विशेष चासोसाथ काम गरिरहेको हुँदा आफ्नो क्याम्पस अरु क्याम्पसको तुलनामा हरेक ढंगले उत्कृष्ट रहेको जनाए । प्रिन्सिपल श्रेष्ठले गत वर्ष ५ सय जना विद्यार्थीबाट सुरु गरिएको क्याम्पसमा अहिले १२ सय विद्यार्थी पुग्नु कलेजको सफलता भएको बताउदै
दक्ष र प्राज्ञिक व्यक्तिको सहभागितामा क्याम्पस सञ्चालन गरिएकाले नै कलेजले बेग्लै पहिचान बनाउन सफल भएको बताएका थिए।
त्यसैगरी मनास्लु कलेजका अध्यक्ष गेन्द्र लामाले ‘ हामी शैक्षिक रुपमा त अग्रणी भूमिकामा रहनुका साथै त्यसको अतिरिक्त विभिन्न प्रकारका गुणात्मक र सीपमूलक काममा पनि सक्रिय छौं भन्ने पुष्टि भएको छ’ अध्यक्ष लामाले भने ‘ विद्यार्थी, अभिभावक र क्याम्पस सञ्चालकको प्रभावकारी भूमिकाबाट आफुहरु सफल भएको बताउदै अझै अघि बढ्ने बताए।अध्यक्ष लामाले उत्साहपूर्ण वातावरणमा विभिन्न कलाकारको प्रस्तुतिले कार्यक्रममा रौनकता थपिएको बताउदै सम्पुर्णमा धन्यवाद ब्यक्त गरेका थिए।