दोहा/ कतारमा किरातीहरुको महान राष्ट्रिय चाड "चासोक तङ्नाम / साकेला उधौली / रापावा श्यादर पिदार -५०८१" सम्पन्न भएको छ । यहाँ स्थापित ३ किरात संस्थाहरु किरात याक्थुङ चुम्लुङ कतार, किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज शाखा कतारको संयुक्त आयोजनामा सदा झै यस बर्ष पनि भब्यताका साथ सम्पन्न भएको हो ।
कार्यक्रममा बिशेष सॉंस्कृतिक प्रस्तुती, साथै स्थानिय कलाकारहरुको मौलिक संस्कृतिक झाँकी केलाङ, साकेला शिली,स्यादर सिल लगायत विविध मनोरञ्जनात्मक जोडदार साँस्कृतिक प्रस्तुतिमा ऐतिहासिक रुपमा १७ डिसेम्बर २०२१ शुक्रबारको दिन सयौं दर्शकको साथमा कतारको शुन्दर ठाउँ "अलदोसरी पार्क" को प्राङ्गणमा सम्पन्न भएको हो ।
किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष शंकरमान राइको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रवासी आदिबासी जनजाती महासङ्घ कतारका अध्यक्ष पुरुस्वतम सुनुवार रहेका थिए । कार्यक्रममा मातृ सस्थाका प्रतिनिधिहरु, सामाजिक,बैचारिक, साथै जिल्लागत संघसस्था लगायत पत्रकारहरुको बाक्लो उपस्तिथि रहेको थियो ।
विधिवत रुपमा उट्घाटन गरि शुरु गरिएको औपचारिक कार्यक्रममा स्थानिय कलाकारहरुले किराती हरुको रास्ट्रिय गान गाउँदै सुरु गरिएको थियो भने, कार्यक्रममा उपस्थिति सम्पुर्णलाई हर्क खजुम लिम्बूले स्वागत गरेका थिए ।
मन्व्यको क्रममा प्रमुख अतिथि सुनुवारले बोल्दै प्रवासी भुमी कतारमा रहेरपनि आफ्ना मौलिक चाडपर्व,रिति रिवाज परम्परा जोगाउनु, मनाउन पाउनु ठुलोकुरा रहेको वताए । "किराँती राष्ट्रिय चाड बाड " मनाउन जसरी ठूलो जनमानसमा आज ३ सस्था एकजुट भएर लागेका छ्न यो दिगो रुपमा रहोस भन्ने कामना गरे । किराती धर्म सस्कार, सस्कृती, परमम्परा आगामी दिनमा अझै व्यापक रुपले मनाउन पाइयो भन्दै सुभकामना व्यक्त गरे ।
"कार्यक्रममा मन्तव्य राख्ने बक्ताहरुमा प्रदेश न १ बाट निरन नेपाल ,नेपाली महिला समाज कतार बाट माया के.सी, तामाङ समाज कतार अध्यक्ष धिरेन तामाङ, आदिबासी जनजाती महासङ्घ कतारका विशेष सल्लाहकार देवराज राइ,सलिसाम कतार अध्यक्ष रेखा राई,जन प्रगतिशील मञ्च कतार बाट राज देवकोटा,प्रवासी नेपाली एकता मंच कतार अध्यक्ष चानख पोखरेल,सुनुवार सेवा समाज कतार प्रमुख सल्लाहकार सामुयल सुनुवार, किरात राई यायोक्खा शाखा कतार प्रमुख सल्लाहकार बिमल राई,,एनआरएनए कतार प्र.उपाध्यक्ष जैबी राई, लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
दोस्रो चरणको साङ्गितिक कार्यक्रम अन्तरगत तिनै ओटै किराँती सस्थाहरुको तर्फबाट मौलिक भेषभुसामा कलाकार हरुले स्वागत नृत्य प्रस्तुति दिएका थिए भने स्थानिय कलाकारहरुको मौलिक संस्कृतिक झाँकी प्रस्तुति,चासोक तङ्नाम / साकेला उधौली / रापावा श्यादर पिदार लगायत नेपाली गीत सङ्गितमा स्थानिय कलाकार हरुको आकर्षक प्रस्तुतिले कार्यक्रम रमाइलो बनेको थियो ।
कार्यक्रमको अन्त्यमा सभापति शंकरमान राइले बोल्दै विभिन्न समस्याका बावजुद पनि ३ ओटा सस्था मिलेर कार्यक्रम सफल पार्नुहुने सम्पुर्णमा धन्यवाद ब्यक्त गरे । बिगतका बर्षहरुमा जस्तै यसपाली पनि किराती सस्था मिलेर कार्यक्रम भब्य एवम सभ्य रुपमा सफल भएको बताउदै आगामी दिनमा पनि यस्तै एकतामा जोड दिए । औपचारिक कार्यक्रम शुभराज सुनुवार र सास्कृतिक कार्यक्रमको संचालन बिरेन मादेनले गरेका थिए ।
किराँती चाड उधौली,चासोक तङ्नाम,रापावा श्यादर पिदारको खास के हो र किन मनाइन्छ ?
किरातीहरु प्रकृति पुजक हुन, यिनीहरुका हरेक चाड तथा संस्कार संस्कृतिहरु प्रकृति सगै जोडिएको हुन्छ । ति मध्ये उधौली चाड एक महान चाड हो । जसलाई किरात राई समुदायले साकेला उधौली, सुनुवार समुदायले रापावा श्यादर पिदार र लिम्बु समुदायले चासोक थाङ्नाम भन्ने गर्दछ । आदिम कलामा किराती पुर्खाहरुले अन्न बालीको खोज गरि बालि लगाउने बेला र उठाउने बेलालाई सिजनको रुपमा मान्न थालियो ।
दुई सिजन मध्ये बैशाख महिना यानकी गर्मीको समयमा अन्न बालि लगाउने सिजनमा लगाएको बालि सप्रियोस भनेर भूमिको पुजा गर्ने चलन छ जुन बेला प्रकृतिका चराचुरुङ्गी, जिब जनावारहरु गर्मीको कारण उभो लेक तिर जाने, खोलाको माछाहरु पनि उभो खोलाको सिर तिर चढ्ने भएको हुदा यस लाई उभौली चाडको रुपमा मान्ने गरेको छ । त्यसै गरि अर्को सिजन मंसिर महिना यानकी जाडोको सिजनमा अन्न बालि भित्र्याउने समयमा पाकेको बालि आफु खानु अघि पितृहरुलाई चढाउदै पितृको पुजा गर्ने चलन छ जुन बेला प्रकृतिका चराचुरुङ्गी, जिब जनावारहरु जाडोको कारण उधो बेसी तिर झर्ने, खोलाको माछाहरु पनि उधो झर्ने भएको हुदा यस लाई उधौली चाडको रुपमा मान्ने गरेको छ ।
त्यसैले यो मंसिरे पुर्णिमाको सिजनमा अन्न बालीहरु भित्र्याउने समय परेको हुदा यति बेला किरातीहरुले आफ्नो पितृहरुलाई फेदाङ्बा / नछुङ् राखेर पितृ पुजा गर्दै न्वागी खाने र ढोल झ्याम्टा बजाउदै साकेला सिली / धान नाच / श्यादरसिल नाचदै धुम धामका साथ मनाउने चलन छ