भानु भट्टराई (झापा) - संघीय लिम्बुवान मन्च नेपाल। नेपालको राष्ट्रिय राजनीतिमा सदियौं कालदेखि को विभेदको विरुद्ध आवाज उठाउँदै आएको पहिचान,राज्यको हरेक क्षेत्रमा अर्थपूर्ण सहभागिता, भाषा, लिङ्ग,जात वर्ग र समुदायको आवाजको प्रतिनिधित्व गर्दै राष्ट्रिय राजनीतिमा संघीय सह अस्तित्व को मूल मन्त्र लिएर उदाएको राजनैतिक पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च को राष्ट्रिय महाधिवेशन पूर्वी नेपालको पर्यटकिय सहर सुनसरीको धरानमा एक विशाल कार्यक्रम को माझ सम्पन्न भएको छ।
यही मंसिर महिना को २४ गते देखि २७ गते सम्म सम्पन्न अधिवेशनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च को दस प्रान्तिय प्रतिनिधि र एक गैह्र प्रान्तिय मन्च ( संघीय दलित मन्च) को सहभागिता मा राष्ट्रिय महाधिवेशन को उदघाटन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष संघीयवादी युवा लोकप्रिय नेता कुमार लिङ्देन "मिराक" ले उदघाटन गरेका थिए।महाधिवेशनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सबै मञ्चबाट ठूलो संख्यामा मञ्चका नेता तथा कार्यकर्ता को सहभागिता रहेको थियो। मंसिर २४ र २५ गते संघीय लिम्बुवान मन्च को राष्ट्रिय अधिवेशन आयोजना गरिएको थियो।
लिम्बुवानको सबै जिल्लाबाट जिल्ला अध्यक्षको नेतृत्वमा महाधिवेशन प्रतिनिधि चयन भई राष्ट्रिय महाधिवेशन मा सहभागिता जनाएका थिए।नौ ओटै जिल्ला बाट जिल्ला अध्यक्षहरु क्रमस झापाबाट नगेन् राइ,मोरङ्ग बाट जीवन खेवा,सुनसरी बाट अम्मर इजम,तेर्हथुम बाट विजय निङलेखु,ताप्लेजुङ बाट भूपेन्द्र माबो, पाँचथर बाट चन्द्र राज आङदेम्बे,इलाम बाट विपिन योङहा , धनकुटाबाट कबीर चम्जोङ र,संखुवासभा बाट निमा शेर्पा ले आफ्नो जिल्लाको प्रतिनिधित्व गर्दै जिल्लाको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।खुल्ला सत्र धरानको इजी राइडर होटलको प्राङ्गणमा दस हजार भन्दा बढीको संख्यामा उपस्थित जनसभालाई पार्टीका केन्द्रिय नेता कुमार लिङ्देन " मिराक" ले पानसमा बत्ती बाली उदघाटन गरेका थिए। अबेरसम्म चलेको खुल्ला सत्र पश्चात महाधिवेशन बन्द सत्र मा प्रवेश गरेको थियो।ठूलो संख्यामा रहेका युवा नेताहरुको आकांक्षा लाई मिलान गर्न पार्टी नेतृत्व लाई दुई दिन र दुई रात सम्म हम्बे हम्बे परेको थियो। अन्ततोगत्वा महाधिवेशनले लामो प्रयास र सहमति पछि कुमार लिङ्देन " मिराक" लाई सर्वसम्मत अध्यक्ष चयन गर्दै एक सशक्त संघीय लिम्बुवान मन्च को नया कार्य समिति चयन गरेको छ।
लिम्बुवान मन्च मा वरिष्ठ उपाध्यक्ष मा ज्ञान बहादुर इम्बुँङ र महासचिवमा भानु भट्टराई ,दिल कुमार लावती र लक्ष्मी माबो लाई चयन गरेको छ।सदियौं वर्ष देखिको नेपाली जनताको आशा र भरोसा मा राष्ट्रिय पार्टी हूँ भन्नेले घात र धोका दिएकोले आफूहरुले नेपाली जनताको भावना र अपेक्षा लाई सम्बोधन गर्दै पछि पारिएका जात जाति, भाषा भाषी, समुदाय, र सम्प्रदायको मुक्ति र पहिचान स्थापित गर्न संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्बुवान मन्च कटिबद्ध हुने अध्यक्ष लिङ्देन बताए। मंसिर २४/२५ संघीय लिम्बुवान मन्च को राष्ट्रिय महाधिवेशन पछि सोही होटलमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको अधिवेशन मंसिर २६/२७ गते सम्पन्न भएको छ।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सबै मञ्चबाट मञ्चका प्रान्तिय अध्यक्ष सहितको ठूलो संख्यामा प्रतिनिधि सहभागी भएका थिए। मञ्चको लिम्बुवान,खम्बुवान,नेवा,मगरात,ताम्सालिङ,शेर्पा,मधेस,थारुहट लगायतका १० ओटै प्रान्त बाट उल्लेख्य मात्रामा सहभागी आएका थिए।
दुई दिको छलफल , बहस र विश्लेषण पश्चात कुमार लिङ्देन " मिराक" लाई सर्वसम्मत अध्यक्ष चयन गर्दै २८ गते संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको अधिवेशन समापन गरिएको छ। बदलिँदो राष्ट्रिय राजनीति र विश्व मा आएको राजनैतिक परिवर्तन को बृहत विश्लेषण र अध्ययन गर्दै नेपाली जनताको आसा, आकांक्षा र पछि पारिएका जात जाति, भाषा भाषी,धर्म, संस्कृति,समुदाय र वर्गको प्रतिनिधित्व गर्दै राष्ट्रिय शक्तिको रुपमा स्थापित हुने र सदियौं देखि नेपाली जनतालाई झुक्याएर शासन गर्दै राष्ट्रिय सम्पत्तिको दोहन गर्ने कांग्रेस र कम्युनिस्ट को पञ्जा बाट देसलाई उन्मुक्ति दिनु आपनो पार्टीको मूल एजेण्डा र लक्ष रहेको अध्यक्ष लिङ्देन ले बताए। २०६२/६३ को आन्दोलन को उपलब्धि संघीयता,धर्म निरपेक्षता,गणतन्त्र नेपालको रक्षा गर्न आपनो पार्टी कोही सँग कुनै पनि सर्त नमान्ने र गणतंत्र र संघीयता को बिरुद्ध हुने जस्तो सुकै षढयन्त्र को बिरुद्ध आफ्नो पार्टी सशक्त प्रतिकारमा उत्रने चेतावनी दिँदै आफ्नो पार्टी अब आउने संसदीय निर्वाचनमा राष्ट्रिय शक्तिको रूपमा उदाउने विश्वास गर्दै आफ्नो पार्टीको मूल सिद्धान्त "संघीय सह अस्तित्व बाद" मार्फत राष्ट्रिय अन्तराष्ट्रिय सम्बन्ध विकास गर्ने बताए।