कांग्रेस संस्थापन पक्षबाट सभापतिमा शेरबहादुर देउवाको उम्मेदवारी लगभग सुनिश्चित भए पनि विगतमा सोही समूहबाट उपसभापति भएका विमलेन्द्र निधिले पनि सभापतिमा अडान नछाडेका कारण विभाजन देखापरेको हो ।
देउवाकाे आग्रहविपरीत पनि सभापतिमा दाबेदार गर्न निधिले नछाडेपछि संस्थापन पक्षधरका बीचमा स्पष्ट विभाजन देखापरेको हो ।
त्येस्तै, संस्थापनइतर रामचन्द्र पौडेल समूहमा पनि स्पष्ट रूपमा चिरा परेको छ । बिहीवार राति अबेरसम्म महामन्त्री शंशाक कोइरालाको निवासमा भएको छलफल पनि टुंगोमा नपुगेपछि विगतमा पौडेल समूह भनेर चिनिँदै आएको समूहमा चार जना सभापतिका उम्मेदवार भएका छन्
पौडेल, महामन्त्री शशांकसहित प्रकाशमान सिंह, शेखर कोइरालाले पनि दाबी नछाडेपछि सो समूहमा स्पष्ट विभाजन देखापरेको छ ।
बिहीबार दिनभरको प्रकाशमान र शेखरलाई मिलाउने प्रयास असफल भएपछि साँझ शंशाक निवास महाराजगञ्जमा साझा उम्मेदवार तय गर्ने बारेमा पुनः छलफल भए पनि निष्कर्षमा सो समूह पुग्न सकेन ।
उता, कृष्ण सिटौला समूहमा पनि विभाजन देखापरेको छ । १३औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्री भएका गगन थापाले प्रज्ञा भवनमा एक कार्यक्रम गरी एकल रूपमा महामन्त्रीको उम्मेदवारी रहेको घोषणा गरे, जहाँ यसअघि थापाका सभापति उम्मेदवार सिटौला थिएनन् ।विगतमा सिटौला समूहमा रहेका थापा यतिखेर प्रकाशमान सिंह निकट छन्, जो काठमाडौं महाधिवेशनमा स्पष्ट रूपमा देखापरिसकेको छ ।