मुग्लानी खबर
१ चैत्र २०७४ बिहिवार
अाज म मौन बसि रहन सक्दैसकिन यो चलि रहेको कलममा मेरो अन्तरआत्मादेखि निस्किएका अत्यन्तै गम्भीर भावनाहरु आज सार्बजनिक नगरि बस्नसकिन। जीन्दगी एउटा गोरेटो रहेछ हिडिरहनु पर्ने; कहिले,काहाँ,कसरी टुङ्गिने हो? त्यो त थाहा नहुदो रहेछ। हिडाईको सिलसिलामा मैले आत्मीय मित्र उत्साही अनि सब मानवहरुलाई एकीकृत गरेर सद्बुद्धि दिलाउने, हरपल देश र जनताकोलागि चिन्तित् महामानव महेश श्रेष्ठ ज्यूसंगको छोटो अवधिमा वहाँले नजिकैबाट सहयात्रा गर्ने मौका दिलाउनु भयो, यो अविस्मरणीय छ। अाज कता कता दुखित पनि भएको छु, छुटिनु पर्दा किनकि भौतिक रुपमा हामी एक अर्कामा अलग बन्दै छौ।
साउदी बसाईको पाँच वर्षपछि बिट मार्दै हुनुहुन्छ। त्यसैले मेरो खुसि र चिन्ता संगसंगै फैलिरहेछ। म अाशावादी बनेको छु वहाँको उत्साह हामी तिर नै अाई रहनेछ । भौतिक रुपमा अलग भएपनि साथ मै रहिरहनु हुनेछ । साउदीको बसाईमा विभिन्न कोणबाट निरन्तर कलम चलाई रहनु हुने, यहाँ सुषुप्त अवस्थामा रहेका विभिन्न कारणले जेल जीवन बिताई रहेकादेखि मेनपावर एजेन्सीहरुद्वारा फसाइएका कामदारहरुको हितका आवाजहरु बुलन्द गराउदै अहोरात्र खटिरहनु भयो । अाफ्नो कार्य व्यस्तताको बावजुद पनि अाफ्नु अमूल्य अनि बेफुर्सदिलो समय अाफ्नो शरिरलाई अाराम नदिई कलम चलाई रहनु भयो । ती सबै सामाजिक हित कै लागि थिएँ, छन्
।त्यस्तै गरेर साउदी अरबमा Nepali Sajha Manch "देशका लागि केही त गरौ!" भन्ने एउटा विशुद्ध सामाजिक संस्था पनि जन्माएर एउटा नमुना संस्थाको रुपमा परिचित बनाउनु भयो । जस्को माध्यमद्वारा थुप्रै पीडित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सकुसल उदार पनि भयो र भई रहने पनि छ। जति पीडित सम्पर्कमा आउछन तिनको उदार भई रहेकै पनि छ । विभिन्न किसिमका कार्यक्रमहरु पनि सञ्चालन गर्दै अाउनु भएको पनि छ। सामाजिक संजालको अनुहार पुस्तिका Face book मा Nepali Sajha Manch "देशका लागि केही त गरौ !" भन्ने ग्रुपको पानामा हरेक हप्तामा दुई पटक देश बाहिरको देश नामक सन्देश मुलक कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ।
नेपालबाट पनि निरन्तर रुपमा अगाडि बढाउनु हुने छ, जस्को माध्यमबाट सर्वसाधारणले पनि सहज रुपमा लाभ लिन सक्ने छ । सत्यताको पक्षमा अहोरात्र खटी रहने उहाँप्रति केही त्यस्ता व्यक्तिहरु पनि थिए जस्ले अाफु पनि नगर्ने, केही गर्न खोज्नेहरु उहाँ जस्ता प्रति नकारात्मक भावना छर्न बाँकी राखेनन् । यस्ता तिक्तताहरु त छदैछ तर यो पनि पक्का छ सत्यको ढिलै भएपनि विजय हुने छ, हुन्छ र भईरहेको छ। जो जस्ले छातिमा हात राखेर म एउटा नेपाली हुँ देशको संविधान र कानुनको अधिनमा रहेर देश र जनताको हितकोलागि काम गर्नु पर्छ भन्ने भावना राख्छन् ती त्यस्ता देशभक्त महिला पुरुषहरु पक्कै पनि अाबद्ध हुने नै छन् "नेपाली साझा मंचमा अनि एक दिन विशाल रुपमा नमुना सामाजिक संस्था फैलिने छ, हरेकका मनका तुष पखालिने छन् जस्ले गर्दा अटुट रुपमा अन्याय,अत्यचार,भ्रष्टचार मुक्त समाजको सिर्जना हुने छ; त्यो दिन अाउछ, ल्याउने छ, एउटा विशाल जमातले।
उहाँको देश र जनता प्रतिको दृष्टिकोण ज्यादै विशिष्टलागेको छ। संस्थामा मेरो प्रवेश यता गहिरिएर अवलोकन गर्दा थोरै समालोचना गर्न बाध्य बनेको छु, बिनास्वार्थ अाफ्नो गन्तव्यमा दौडिनेक्रममा यही समाजको जमातले कहिले वाह ! वाह !! गरेर अबुझ बनी झ्याम्टा पिटे, कहिले ताली त कहिले विवादै बिवाद खडा गरेरे। विडम्वना गाली गलौज विभिन्न आरोप प्रत्यारोप पनि नलगाएका होईनन् तर एउटा संस्था बचाउनको निम्ति भए पनि गतिलो खम्बा झै उभिएर नडगमगाई खटि रहने समाजप्रति समर्पित रहेर विभिन्न फेसबुकको माध्यमबाट बिचारहरु प्रस्तुत गर्दै अगि बढि रहने जसमा "साउदीको डायरी,धरान सरोकार मञ्च, नेपाली साझा मंच, लगायत अादी इत्यादी भने विभिन्न संचार माध्यमहरुमा पनि कलम चलाई रहने उहाँका बारेमा यति लेख्दा पाठकहरुलाई व्यक्तिगत उठान गर्यो भने जस्तो त पक्कै लाग्ला तर यो गलत ठहरिने छ किनकि यथार्थ चित्रण मात्र हो जुन हर कुनै व्यक्तिले गर्न सक्नु पर्छ। अन्त्यमा उहाँले अाज जसरी बाटो देखाउनु भएको छ यी मेरा कोपिलिदै गरेका " प्रवासी आवाज"को निम्ति यसलाई फूलाउन र पक्कै पनि विश्वभरि फक्राउन हरपल उहाँबाट साथ पाई रहने आशा राख्दै यो पत्रको बिट मारेको छु।
सादुवाद !
राजेश प्रसाईं `सिनामे´
"प्रवासी आवाज" संयोजक तथा प्रस्तोता नेपाली साझा मंच देशका लागि केही त गरौ!