गत दिसम्बर ३, २०२१ का दिन संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघिय लिम्बुवान सामाजिक मञ्च कतारको चौथो अधिवेसन सम्पन्न गरी नयाँ कार्यसमिति निर्वाचित गरयो ।
मञ्चका केन्द्रिय अध्यक्ष कुमार लिङदेनको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेसनले रेखा राईको अध्यक्षतामा निम्न ६२ सदस्यीय समिति निर्वाचित गरेको बरिष्ठ उपाध्यक्ष डम्बर लिबाङ मिसेक ले जानकारी दिए ।
अध्यक्ष रेखा राई, बरिष्ठ उपाध्यक्ष डम्बर लिबाङ, उपाध्यक्षहरु कुमार योङहाङ, तेज ब. थेवे, लोक ब. कुरुम्बाङ युवराज बेघा, श्याम (सागर) तुम्बाहाम्फे, तुलसी मिभक, गजेन्द्र चेमजोङ, नन्दकुमार माबो, महासचिव सुजन पराहाङ निर्वाचित भएभने उपमहासचिव नगेन्द्र लिङदम मौसम, उपमहासचिव खेसेहाङ होम फियाक, उपमहासचिव तथा प्रवक्ता भविन्द्र तुम्बापो ताङसाहाङ, सचिवहरु अमिर लावती, अमृत कुरुम्बाङ, दिपेन सेनेहाङ, खगेन नेम्बाङ, मन्जु सावा, अर्थसचिव टिका मिभक, सहअर्थ सचिव डिकलाल लिङदम, पर्शुराम चौधरी, सचिवालय सदस्य श्रीहाङ जबेगु, याम ब. काङवा, श्यामकुमार लिम्बु, युमन नेम्बाङ, दिपेन चेमजोङ, देउ ब. लिम्बु, निर्वाचित भए ।
यसैगरी केन्द्रिय सदस्यहरु नेत्र तावाहाङ, उपेन्द्र ठटाल, मन कुमार लिवाङ, सुजन मावो, रमेश राई, मोहन केदेम, खगेन्द्र राई, अर्जुन लक्सम्बा, मिन ब.तुम्सा, मिथुन प्रसाद सिगु, नवीन ताम्लिङ, नवीन मादेन, योग नेयोङ, नवीन धामी, मनकुमार केरुङ, तारा सोदेम्बा लिम्बु, टिकाराम सेरेङ चोङबाङ, मनिष लिम्बु, गौतम सामी लिम्बु, लिलाम लिम्बु, विनोद लिम्बु, पदम पङयाङगु, युकेश नेम्बाङ, ललित ब. लिम्बु, खिर ब. लिम्बु, आशिष वेघा, दिलु लिम्बु, सुमी गुरुङ, अन्जु राई, चन्द्रकला तामाङ, कोपिला राई, भावना राई, प्रमिता लिम्बु, शुसिला बेघा निर्वाचित भएकाछन् ।
अधिवेसनले संरक्षक यतु कुमार सम्बाहाम्फे, प्रमुख सल्लाहकार सिताराम थेवे, विशेष सल्लाहकार प्रेम आङबुहाङ र मंगलसिङ वनेम, सल्लाहकार नरेन सावा र राम ओख्राबुलाई चयन गरेकाछन् ।
कतारस्थित विभिन्न सामाजिक संघसस्था र राजनैतिक संगठन र मोर्चाका प्रतिनिधिहरु एनआरएनए एनसीसी कतारका अध्यक्ष मुक्तदा मुसलमान, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करीम बक्स मिया, नेपाली जनसम्पर्क समिति कतारका कार्यवाहक सभापति ठाकुर परियार, नेपाली समाज कतारका कार्यवाहक अध्यक्ष तेज मोक्तान तामाङ, जनप्रगतिशिन मञ्च कतारका बरिष्ठ उपाध्यक्ष राज देवकोटा, नेपाली महिला समाजका अध्यक्ष सरिता भण्डारी, जनजाती महासंघ कतारका अध्यक्ष पुरुषोत्तम सुनुवार, किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष हर्क खजुम लगायतले शुभकामना दिएका थिए भने प्रवासस्थित अन्तर्राष्ट्रिय प्रवास समन्वय मञ्च का संयोजक चन्द्र कुमार लिङदेन लगायत विभिन्न राष्ट्रबाट संघिय लिम्बुवान सामाजिक मञ्चको प्रतिनिधिहरुले समेत जुम मार्फत अधिवेसनको शुभकामना सन्देश दिएका थिए ।