दोहा / कतारमा स्थापित नेपाली समाजहरु मध्येकै जेष्ठ संस्था खोटाङ सेवा समाज कतारले पुन : ''सन्देश पत्रीका'' बिमोचन कार्यक्रम सम्पन्न गरेको छ ।
सन : ३१ जनवरि १९९८ शुक्रबारका दिन स्थापना गरिएको सस्था ले सोही बर्ष नै मुख पत्र "सन्देश" पत्रीका'को सुरुवात गरेको थियो । पत्रीकाले छैटौं संस्करण सम्म नियमित प्रकाशन पाएपनि बिचमा आएर १३ बर्ष सम्म प्रकाशन हुन छाडेको थियो ।
आज २६ नोभेम्बर २०२१ शुक्रबारका दिन कतार देशको दोहा शहर स्थित माउन्टेन एभरेष्ट नेपाली रेष्टुरेन्टको सभा हलमा संस्थाका अध्यक्ष रुद्र प्रसाद आचार्यको सभापतित्व, एनआरएनए कतारका अध्यक्ष मोहमद्द मुक्तदा मुसलमानको प्रमुख आथित्य तथा नेपाल पत्रकार महासङ्ग कतारका अध्यक्ष करिम बक्स मिया,संरक्षक राम गुरुङ,प्रमुख सल्लाहकार तिला बहादुर खत्री, पत्रीकाका प्रधान सम्पादक प्रेम प्रसाद भट्टराई, अनेसास कतार च्याप्टरका अध्यक्ष शिताराम थापा, सन्ध्याग्रुप कतारका विशेष सल्लाहकार राम जि अधिकारी लगायत, विभिन्न सामाजिक सङ्ग सस्था, साहित्यकार तथा पत्रकार लगायतको बाक्लो उपस्थितिमा उक्त पत्रीका बिमोचन गरिएको हो ।
ब्यानर उट्घाटन,दिप प्रज्वलन सहित राष्ट्रिय गान गाउँदै सुरु गरिएको औपचारिक कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष डिल्लीशेर खड्काले उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्य बाट स्वागत गरे । कार्यक्रममा प्रधान सम्पादक प्रेम प्रसाद भट्टराईले पत्रीकाको बारे प्रकाश पार्दै संस्थाको मुख पत्रको रुपमा १३ बर्ष अगाडि सम्म सन्देश पत्रीका बार्षिक रुपमा प्रकाशन गरेपनि पछिल्लो समय पुर्ण बिराम लागेको अवस्था थियो तर आजबाट पुन प्रकाश भएको बताए ।
संस्थाले दिएको जिम्मेवारिलाई आफुले आत्मसात गर्दै खोटाङ्गे तथा गैर खोटाङ्गे हरुको सहयोग लिएर सन्देश पत्रीका प्रकाशन पुन : सुचारु गरेको भट्टराईले बताए । साथै कतारमा रहेका नेपाली समुदाय हरु र आफ्नो देशमा पनि आर्थिक,सामाजिक,स्वास्थ्य, सैक्षिक लगायत नेपाली भाषा र साहित्यको बिकास गर्ने उदेश्य रहेको भट्टराईले जानाकारी गराए । साथै पत्रीका पढेर त्यहा भएका कमि कम्जोरीलाई औंल्याएर सुझाव दिएको खण्डमा आगामी दिनमा अझ पत्रीकालाई राम्रो र आकर्षण बनाउने बताए ।
कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष मुक्तदाले शुभकामना मन्तव्य राख्दै डिजिटल प्रबिधिले जति शुकै फड्को मारेपनि पुस्तक प्रकाशन गरेर संस्थाले सर्यानिय काम गरेको बताए । सस्थाको गतिविधि दस्ताबेज हरेक बर्ष प्रकाशन गर्दा पछि सम्मका पुस्ताले अध्यन गर्न सकिने उल्लेख गर्दै कतारमा रहेका अरु संस्थाले पनि सिक्न जरुरी रहेको बताए
शुभकामनाको क्रममा मुक्तदाले एनआरएनए कतारले अहिले ४ जना नेपालीलाई संरक्षण गरेर नेपाल पठाउन लागेको बताए, कुनै अर्को देश जाने क्रममा ती नेपालीहरु दोहामा आएको र अहिले स्वदेश पठाउनको लागि छिटोभन्दा छिटो प्रक्रिया मिलाइएको बताउदै यदि कुनै नेपाली हरु कतारमा समस्यामा रहेको खण्डमा जानाकारी गराउन आग्रह गरे ।
कार्यक्रममा खोटाङ जिला बाट वैदेशिक रोजगारिको सिलसिलामा कतारमा आएर यहाँ रहेका विभिन्न संस्थामा आबद्द रहि नव निर्बाचित हरुलाई पनि खादा तथा बधाई पत्रका साथ बधाई दिइएको थियो ।
कार्यक्रमका सभापति रुद्र प्रसाद आचार्यले आफ्नो भनाइ राख्दै विभिन्न कारण बस "सन्देश पत्रीका" प्रकाशन बन्द हुन पुगेको र अहिले लामो समयपछि पुन : प्रकाशित गर्न पाउदा आफू खुसी भएको बताए । साथै कार्यक्रम सफल पार्न र उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रमको समापन गेरेका थिए । उक्त कार्यक्रमको सहजीकरण संस्थाका महासचिव कैलाश श्रेष्ठले गरेका थिए ।।