मुग्लानी खबर फागुन २९
आशिष गोंग्पो तामाङ / काठमाडौँ म्हेन्दोमाया समाज नेपालको विशेष साधारण सभा तथा विविध साँस्कृतिक कार्यक्रम यही चैत्र ०३ गते मेगा पार्टी प्यालेसमा हुने भएको छ ।
म्हेन्दोमाया युवा समाज नेपाल बि.स.२०५५ सालमा बिगेन्द्र वाईबा तामाङको अगुवाईमा “सामाजिक चेतनाको लागी म्हेन्दोमाया समाज” भन्ने मुल मन्त्र लिएर जि.प्र.का. काठमाडौंमा विविधत रुपमा दर्ताभई तामाङ जातिको मौलिक कला संस्कृति, भेषभुषा, भाषा तथा तामाङ समुदायको विविध पक्षलाई अगाडी बढाईहेको एक विशुद्ध मुनाफारहित सामाजिक संस्था हो ।
संस्थाले पहिलोपटक तामाङ समुदायमा प्रचलित म्हेन्दोमाया संगीत विधालाई औपचारिक रुपमा”म्हेन्दोमाया”नामक गिति एल्बम निकालेर म्हेन्दोमायालाई आजको युगसम्म ल्याउन पनि ठुलो भुमिका खेलेको छ ।
यस संस्थाले आफ्नो स्थापना कालदेखि नै तामाङ जातिको पहिचानको लागि विभिन्न सामाजिक आन्दोलनमा पनि सरिक भैरहेको छ ।
तत्कालीन समयमा यस संस्थाले नेपाल तामाङ घेदुङ र अन्तरास्ट्रिय तामाङ परिषदमा तामाङ भेषभुषा सम्बन्धि ४८ पेजको प्रतिवेदन बुझाएर तामाङ जातिको भेषभुषामा एकरुपता ल्याउन सफल भएको थियो ।
यसरी सशक्त ढंगबाट अगाडी बढिरहेको संस्थाले यहि चैत्र ०३ गते वर्तमान अध्यक्ष विजय सिं लोप्चनको संयोजकत्वमा विशेष साधारण सभा कार्यक्रम आयोजना गर्दैछ उक्त कार्यक्रमबाट संस्थाले नयाँ कार्य समिति चयन हुने भएको छ ।
नयाँ कार्य समितिको चयन पश्चात हालको विधान संसोधन गरि विगतमा गर्न नसकिएको र थाती रहेका कामहरुलाई सुचारु गर्दै विश्वभरी छरिएर रहेका तामाङहरुलाई एकरुपता बनाउने उद्देश्यकासाथ विश्वभरी नै शाखाहरु गठन गर्ने अध्यक्ष विजय सिं लोप्चनले बताउनु भयो ।
साथै कार्यक्रममा तामाङ समुदायका विविध साँस्कृतिक नाचहरु, लाईभ म्हानेदोरा नाच र म्हेन्दोमाया कलाकार संघ नेपालको विशेष प्रस्तुति रहने पनि लोप्चन्ले बताउनु भयो । साथै यहि चैत्र ०३ गते हुन गइरहेको विशेष साधरण सभामा सबैलाई उपस्थित भैदिनुहुन अनुरोध पनि गरेका छन ।