मुग्लानी खबर
श्याम मम्बा तामाङ,
कुर्दिस्तान-इराक-२८ फाल्गुन २०७४ सोमबार
गत मार्च २०१८/९ तारिक शुक्रबारको दिन श्री च्याङ्बा लामाको अध्यक्षतामा इराक कुर्दिस्तान एर्बिल स्थित अनिशा रेष्टुरेन्टमा नेपाल तामाङ घेदुङ इराकको भेला उट्घाटन भएको थियो।
वैदेशिक रोजगारीको शीलशीलमा नेपालबाट इराकका विभिन्न स्थानमा आई पेशा र व्यवसायि गरि बस्नु भएको तामाङ दाजुभाइ तथा दिदि बहिनीहरु आफ्नो"भाषा ,धर्म,कला, संस्क्रती र भेषभुषा हरेक जातिको पहिचान हो।आफ्नो पहिचानको संरक्षण गर्नु हामी सबै मानव जातिको दायित्व हो।
विश्वभरीको तामाङको एकता जातीय उत्थान भाषा संस्कार र सस्कृतिको लागि हाम्रो आबस्यता हो। त्यसैले हामी जुनसुकै देशमा रहेपनी आफ्नो पहिचानको सरक्षण र प्रबर्द्धन गर्ने उदेश्यका साथ सो सस्था स्थापन गरेको हो भन्ने महासचिव श्याम घिसिङ तामाङले जानकारी दिए।
संस्था पहिला देखि नै गठनको प्रयास भएता पनि विविध कारणले हुन नसकेको बताउदै पछिल्लो समय सवै साथीहरूको साथ सहयोगमा नेपाल तामाङ घेदुङको केन्द्रिय कार्यलयमा दर्ता पश्चाय औपचारिकता पाएको अध्यक्ष च्याङ्बा लामाले जानकारी गराए। च्याङ्बा लामा अध्यक्ष सहित १५ जनाको सदस्यीय केन्द्रिय समितिमा सर्वसम्मत गरिएकोमा बरिस्ठ उपाध्यक्षमा दिल कुमार लामा, उपाध्यक्ष बिजय तामाङ, महासचिवमा श्याम घिसिङ, सचिवमा तारा तामाङ, कोषाध्यक्षमा संच माया तामाङ, सह-कोषाध्यक्षमा निमा लामा रहेको छ।
त्यसैगरी सदस्यमा सम्झना तामाङ ,तिर्थ बहादुर तामाङ, कल्पना तामाङ, बिमला तामाङ, मानकाजी तामाङ, बुरानी तामाङ, सन्जु स्यङ्बो, माया तामाङ, कान्छ लामा, निमा लामा, सन्चमाया भुसिङर तामाङ रहेको छ।
कार्यक्रममा नेपाल तामाङ घेदुङको सदस्यहरूलार्इ प्रमाण पत्र समेत वितरण गरिएको थियो।आफ्नो भाषा, संस्कृति र पहिचानको बारेमा जानकारी गराउने अनि तामाङ समाजमा विद्दमान स्वागेभाइ प्रथा जस्ता विविध पक्षको बारेमा पहिचान गराउदै आपतकालीन समस्याहरुमा आपसी हित र सहयोग आदानप्रदान गर्ने उद्धेश्यकासाथ यो संस्था खोलिएको हो भन्दै सैलुङ अन्लाईनको सम्बादाता एवं बर्तमन घेदुङको महासचिव श्याम घिसिङले भेलालार्इ जानकारी गराए।
इराकको विभिन्न शहरमा कार्यरत तामाङहरुलार्इ एकीकृत गरि आजीवन सदस्यताको प्रमाणपत्र दिने र सम्पुर्ण तामाङलार्इ एकता गराउँदै आउने दिन तामाङको महान चाड ल्होछार र बुद्ध जयन्तीलार्इ बिशेश रूपमा मान्नु पर्छ भन्दै अध्यक्ष च्याङ्बा लामाले कार्यक्रमलाई समापन गरेको थियो।