महान चाड तिहार/बलिहाङ ताङ्नाममा खेलिने देउशी-भैलोनृत्य २०७८ गएको तिहारमा ६,दिन लगातार भैलो कार्यक्रमलाई आज मिति २०७८ मङ्सिर ५ गते शनिवार केरखा आफ्नै कार्यलयमा अमर मबोहाङ लिम्बुको अध्यक्ष तथा स.लि.केन्द्रीय सल्लाहकार अमर राईको प्रमुख आथित्यमा सम्पन्न भएको छ ।
मुलत: विश्व कोभिड-19 को कारणले नेपालमा पनि बिगत दुई-ढाई बर्षदेखी कुनैपनी चाडपर्बहरु खुल्लारुपमा मान्न पाईरहेको थिएन ।
बिशेषगरि कोरोना महमारी बाट शुरक्षित रहन कुनै भिड्भाड नभइ सामाजिकदुरी कायम जस्ता असज परिस्थितिले पर्बहरु आमरुपमा सहज पनी थिएनन ।
अहिले स्थिती सहज हुदैजादा यस्पाली संघीय लिम्बुवान मंच कमल गाउँपालीकाले अध्यक्ष अमर माबोहाङ सम्योजक, उप-सम्योजक जिल्ला कमाण्डर नवराज राई,कोषाध्यक्ष रण बहादुर हङ्गाम र लिला राई, कोरियोग्राफर हिमाल लिम्बू/बिरेन्द्र यख्थुम्बा(शुवास) सहित प्रमुख सल्लाहकार लिम्बुवान मंच केन्द्रिय सदस्य बलनाथ नाल्बो, के.स.शुर्य याक्पान्देन,के.स मनकुमार र एल्भी सिनियर उपकमाण्डर बसन्तराज सुब्बा लगायतको अस्थाई समिती गठन गरी सो-कार्यक्रम गरिएको थियो।
त्यसैलाई एक औपचारिक कार्यक्रमगरी कलाकारहरुको योगदानलाई उच्च कदरगर्दै प्रसंशा-पत्र कोरियोग्राफर हिमाल लिम्बू,बिरेन्द्र यख्थुम्बा, बासुरी बादक नगेन्द्र माबो र नृत्यकार क्रमश: सनम लिम्बू,शुमन लिम्बू, चन्द्र शिवा, दिपेश लिम्बू, युनिशा लिम्बू,अस्मिता श्रेष्ठ,तुलशा लम्जेल, शृष्टी लिम्बू र निरुता साउदेन लाई प्रमुख अथिती बिशेष अथिती र सभापतिद्वारा मायाको चिनो सहित प्रसशा-पत्र प्रदान गरिएको थियो भने उक्त कार्यक्रममा प्रमुखु अथिती अमर राईले देउसी भैलो नृत्यमा खट्ने सबैलाई धन्यबाद दिदै आफू ९० बर्ष लाग्दै गएकोले आफ्नो हकअधिकार र सङ्ग्ठनको मुद्दा केही स्थापित भएपनी बाकी पुरागर्न युवापुस्ताको काधमा आएको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मंच सम्बद्ध लिम्बुवान मंचमा रहेर जिवनमा धेरै संघर्ष गरेको भनाइ ब्यक्त गर्दै सबैलाई भावुक बनाएका थिए ।
त्यस्तै केन्द्रिय सदस्य मनकुमार थलङ लगायत संघीय लिम्बुवान पार्टीका कमल वडा न.-१,२,३,४ का अध्यक्षहरुले पनि आफ्ना शुभकामना मन्तब्य राखेका थिए । आयोजित देउशी-भैलो कार्यक्रम समापन कार्यक्रम राष्ट्रिय-गान र लिम्बुवान सहिदहरुती मौनधारण कार्यक्रम बाट शुरुवात गर्दै स्वागत मन्तब्य उपाध्यक्ष लिला राईले गरेकी थिइन कार्यक्रम सञ्चालन इन्द्र सदेम्बा र सहजीकरण एल्भी कमाण्डर रबी दाहालले गरेका थिए ।
अन्त्यमा: समापन क्रममा अध्यक्ष अमर मावोहाङ्ले देउशी-भैलो कार्यक्रममा शुरुवातदेखी अन्त्यसम्म सहयोगी र कलाकारहरु लाई धन्यबाद दिदै देउशी-भैलो कार्यक्रमले पार्टिको लागि बहुआयमिक उपलब्दी भएको र समाजमा सबै पक्षबाट सोचेभन्दा राम्रो समर्थन र सद्भाभ पाएको ब्यक्त गर्दै आउदा दिनमा पनि यसरिनै अगिडदै जाने उदघोष गर्दै अस्थाई समिती भङ्ग भएको घोषणा गरी सबैलाई खानपिनमा आग्रह गर्दै कार्यक्रम समाप्त गरेका थिए