मुग्लानी खबर
दोहा, ९ मार्च २०१८ का दिन संघीय लिम्बुवान सामाजिक मञ्च कतार अन्तरगतको महिला विभागले नज्मा स्थित दि गोरखा नेपाली रेष्टुरेन्टको सभाहलमा "Press For Progress" भन्ने नाराको साथ १०८औं अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम सम्पन्न गरेको छ ।
विभाग प्रमुख प्रमिला बस्नेतको सभाध्यक्ष तथा सलिसाम कतारका केन्द्रिय अध्यक्ष नरेन्द्र एभेङ प्रमुख अतिथि रहेका सो कार्यक्रममा विभाग सदस्य सोना लिङखिमको स्वागत मन्तव्य र रेखा राईको सञ्चालन रहेको थियो ।
नेपाली महिला समाज कतारकी प्रथम उपाध्यक्ष अमिना खान, तामाङ समाज कतारकी महिला विभाग प्रमुख संगीता थिङ, तमु समाज कतारकी महिला विभाग प्रतिनिधि दिलु तमुस्यो , तामाङ सेवा समाज कतारकी महिला विभाग सदस्य मनिसा तामाङ, तमु प्येल्युु संघ कतारकी प्रतिनिधी इशा गुरुङ, सन्ध्याग्रुप अलखोरका अध्यक्ष विरेन्द्र कुमार याक्थुङबा,समाजसेवी थर्चा लामा, मंगोल नेश्नल प्रवास सभाका महिला विभाग प्रतिनिधि एलिना लिम्बु,समाज सेवी रमि तामाङ, सलिसाम कतारका सल्लाहकार देवी थेगुवा, समाजसेवी मंगलसिं वनेम, मुग्लानी अनलाइनका प्रतिनिधी राज रुचाल,पुर्व अञ्चल साहित्य संजास सचिव निश्चल याक्थुङबा, लोक दोहोरी गायिका चम्पा मगर,सलिसाम कतारका पदाधिकारी तथा क्षेत्रिय समितिका प्रमुखहरु अतिथि रहेका कार्यक्रममा अन्तर्राष्ट्रिय नारी दिवको महत्व, इतिहास, कार्यादिशा र वर्तमान अवस्थामा महिला सशक्तिकरणको महत्वबारे सलिसाम कतारका महासचिव डम्बर लिबाङले प्रकाश पारेका थिए ।
अतिथिहरु विरेन्द्र याक्थुङबा, दिलु तुमुस्यो, इसा गुरुङ, रमि तामाङ, शुरेस नेम्बाङ, एलिना लिम्बु, संगिता लामा, अमिनाखान, जगदिश ढुंगेल, नरेन्द्र एभेङ लगायतको शुभकामना मन्तव्य रहेको सो कार्यक्रममा नेमस कतारकी उपाध्यक्ष खान र तामाङ समाजकी विभाग प्रमुख थिङले शुभकामना मन्तव्य राख्ने क्रममा बिश्वका नारीहरुले आज सम्म आइपुग्दा १०८औं अन्तर्राष्ट्रिय नारी दिवस मनाई सक्दा सम्म पनि नारी मुक्तिका ढोकाहरु बन्द अवस्थामा रहेकोमा गहिरो दुःख व्यक्त गर्दै, लैगिंक असमानताका बाधक शासकहरु प्रति आक्रोश मात्र पोखेनन् । लैंगिक समानता र मुक्तीका लागि १०८वटा नाराहरु र्निमाण गरि सकियो तर अहिले सम्ममा ८ वटा नाराहरु पनि शतप्रतिशत लागु नभएको, आफ्नै समाजका परुष दाजुभाईहरु समेतले यस्ता कुरामा असयोग गर्ने र माथिल्लो निकाय देखि तल्लो निकाय सम्मनै पुरुषहरुको हावित्व भएको भन्दै, अधिकार प्राप्तीका लागि अब महिलाहरु जस्तोसुकै अवस्था सामाना गर्न तयार भएको र त्यसका लागि सम्पुर्ण महिलाहरु एक हुनुपर्ने आक्रोशपुर्ण धारणा राखेका थिए । यसै गरि शुभकामना मन्तव्यकै क्रमा प्रमुख अतिथि एभेङले २१सौं शताब्दीको अनत्य तिर आई पुगेको हाम्रो समाजमा नारीहरुमाथि गरिने लैंगिक असमानताको विरुद्धमा अब महिला दिदिबहिनी हरुलाई कुनै कुराले रोक्नुभएन,शान्तिपुर्ण ढंगले अधिकार मागेर पाइन्न भने खोस्नु पर्ने अवस्था पनि हुन्छ भन्दै १९१७मा रसियामा भएको महिला आन्दोलनलाई स्मरण गराए, जुन आन्दोलन गास र कपासको लागि भएको थियो तर अटेर शासकले महिलाहरुको आन्दोलनलाई केहि नमानि अटेर गर्दा तत्कालीन शासकले शत्तानै छाड्न प¥र्यो र आन्तरीम सरकारले त्यहाँका नारीहरुको मागलाई सम्बोधन गरेको इतिहास स्मरण गराउदै महिला तथा बालबालिका मन्त्रालयमा महिलाको सट्टा पुरुषलाई नियुक्त गर्ने हाम्रो देशमा महिला एकता र सशक्तिकरणको अति आवश्यक रहेको र समानुपाति, समाबेसीताका लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालको स्पष्ट धारणा रहेको खुलाउदै, सबैखाले विभेदको अनत्यको लागि सलोराम नेपाल सदैब तत्पर रहेको र महिला दिदिबहिनीहरुले हिम्मतका साथ सलोराम नेपालको हरेक खाले अभियानमा साथ दिन सके?अबको ५बर्षमा नेपालमा महिला मुत्तीका लागि कुनै कार्यक्रमको खाचो नपर्ने जिकिर गरे ।
महिला दिदिबहिनीहरुको भारि उपस्थितीमा विभिन्न सास्कृतिक प्रस्तुति सहित सम्पन्न सो कार्यक्रममा तृत्याङगना बुनु गरुङ, बिष्णु लामा, पुजा, सोना, पुनम, रोजिना, रेन्जिना लामा, कौशिला थापा, सरु गुरुङ लगायतको दम्दार नृत्य र गायीका सुनिता लिम्बु, सोना लिङखिम, चम्पा मगर लगायतको समुधुर स्वरमा विभिन्न गितहरु र निलम निश्चल याक्थुङबा, टंकशर्मा पौड्याल, नगेन पाक्सावा, डिकेन सिंघकको गजल तथा कबिताले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।
विभागले सोहि दिन पिडितहरुको सहयोगार्थ र संस्थागत आर्थिक अभिवृद्धीका लागि भाग्यशाली चिट्ठा कार्यक्रम समेत आयोजना गरेको हुनाले क्रमशः प्रथम उपहार १० ग्राम सुनको सिक्का–शान्ता नेम्बाङ (कुपन नं. ०००३६), दोस्रो उपहार ३२ इन्चको स्मार्ट टिभी–खड्क बहादुर राई ( कुपन नं.००५३८), तेस्रो उपहार पानासोनिक राइस कुकर–दशुराम चौधरी ( कुपन नं.०००४३), चौंथो उपहार ब्लेण्डर मेशिन–रेनुका ( कुपन नं.००१२१), पाँचौ उपहार आइरन मेशिन–निकेश कुलुङ (कुपन नं.००१५३) लगायत भाग्यशाली चिट्ठा कार्यक्रमका विजेता बनेका थिए ।
विभाग द्धारा आयोजित सो कार्यक्रममा विगत लामो समयदेखि आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गर्दै आएका समाजसेवी मंगलसिं वनेमको सम्मान समेत गरिएको थियो । वनेमले समाजलाई सो कार्यक्रमको अवशरमा नेपाली रुपैंया ५०हजार बरोबरको साउण्डसेट उपलब्ध गरी समाज प्रति थप योगदान पु¥याएकामा सलिसाम केन्द्रिय समिति र विभागको तर्फबाट उनको सम्मान गरेको हो ।
कार्यक्रमको अनत्यमा सभाध्यक्ष बस्नेतले कार्यक्रमलाई सोचे भन्दा फरक ढंगले सभ्य अनि भव्यताको साथ सफल बनाउन हरेक कोणबाट सहयोग पु¥याउनुहने दाजुभाई तथा दिदिबहिनिहरु प्रति हार्दिक कृतज्ञता प्रकट गरेकी थियीन ।
[caption id="attachment_5495" align="alignnone" width="768"]
bmd[/caption]