मुग्लानी खबर फाल्गुन २६
बिगत २ वर्ष देखि सामाजिक कार्य गर्दै आइरहेको फेसबुक ग्रुप FFL (Friends For Life) ले आफ्नो दोस्रो वार्षिकोत्सब को उपलक्ष्यमा यही मार्च ९ तारीख शुक्रबारका दिन कतारको सुन्दर शहर दोहा स्थित गल्फ होराईजनको सभाहलमा भब्यरुपमा साँगितिक कार्यक्रम सम्पन्न गरेको छ ।
"पाइला एक कदम हजुरको चलोस,एक कदम हामी चाल्छौ,जहाँ देस र समाजको हितको कुरा हुन्छ FFL काधमा काध मिलाइ अघि बढ्छ" भन्ने नाराका साथ २ बर्ष पहिले कतारमा फेसबुकको माध्यम बाट स्थापना भएको सस्थाले नेपाल बाट चर्चित हास्य कलाकार कुमार कट्टेल ( जिग्री ),अर्जुन घिमिरे पाँडे ,चर्चित गायिका देबिका के. सि गुरुङ र कतारका चर्चित कलाकारको साङितिक प्रस्तुत दिई भरपुर मनोरञ्जन दिदै कार्यक्रम सम्पन्न गरेको हो ।
सस्थाका एड्मिन दिपक आधी को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि एन आर एन ए कतारका कोषाध्यक्ष उत्तम गुरुङ रहेका थिए भने विशेष अतिथी हरुमा महिला समाज सेवी माया के सी लगायत कतारमा रहेका विभिन्न संघ सस्थाका ब्यक्तित्वहरुको बाक्लो उपस्थिती रहेको थियो ।
विभिन्न अतिथि हरुले कार्यक्रममा मन्तब्य राख्दै बिगतमा FFL ले गर्दै आइरहेको सामाजिक कामलाई निरन्तरता दिनको लागि यस्ता सांगीतिक कार्यक्रम गरेकोमा खुसी ब्यक्त गर्दै आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए
यो कार्यक्रम गर्नुको मुख्य उदेस्य सस्थाले जनाए अनुसार फाइदा भएको रकम सस्थाले नेपालमा बालगृह,अाश्राम, बाढीले छट्पटिएका नेपाली लाई सहयोग, जाडोले कठाङ्गिएर कष्टकर जीवन जिउँदै गरेका, विभिन्न राेगले ग्रसित तर उपचार खर्च काे अभाव ले छट्पटी रहेका, देशका विभिन्न ठाउँमा राेड साईट मा बालबालिका देखि वृद्धहरु रगत अभाव ले व्याकुल भएका कुनै पनि बिरामीहरुलाइ सहयोग गर्ने मुख्य उदेश्य रहेको छ ।
कार्यक्रममा चर्चित हास्य कलाकार कुमार कट्टेल ( जिग्री ), र अर्जुन घिमिरे (पाँडे) ले बिभिन्न समसामयिक विषयलाई उठाउदै उपस्थिति दर्सक लाई पेट मिची मिची हसाउन सफल रहे ।
चर्चित गायिका देबिका के. सि गुरुङले दोहोरी गाउदै नचाएर सबैलाई मनोरञ्जन दिलाइन ।
स्थानीय कलाकारहरु नृत्यकार सबिना तामाङ,गायक पेमा तामाङ,नृत्यकार प्रमिला तामाङ,संगम तामाङ ,लोक गायक चन्दन बोहोरा लगायतका कलाकार बाट पनि प्रस्तुती सारै राम्रो रहेको थियो ।
अन्त्यमा सभापती दिपक आधीले कार्यक्रम सफल पार्ने सहयोग गर्ने प्रती आभार ब्यक्त गर्दै आफ्नो उदेस्य अनुरुप यो कार्यक्रम गरेको र सस्थाको उदेश्यमा सधै अडिग रहदै अगाडि बड्ने बताउदै कार्यक्रम सभ्य र सफल भएको भन्दै कार्यक्रम समापन गरे । कार्यक्रमको औपचारिक संचालक जेरी राई सास्कृतिक कार्यक्रमको सन्चालन संयोजक राज लोप्चन र कृति अधिकारीले गरेका थिए । उपस्थिती सम्पुर्णलाई स्वागत मन्तब्य सुन्दर नेपालीले राखेका थिए ।
भने कार्यक्रम सफल पार्न राज लोप्चन र राजकुमार खत्रीले संयोजक,दिपक आदि ( गौतम ) र राज कुवरले ब्याबस्था पकको भूमिका निर्बाहा गरेका थिए ।