मुग्लानी खबर
विजय कुमार अधिकारी-झापा / २०७४/११/२१ बिहिबार
"आर्थिक सशक्तीकरण सहित सामाजिक जागरण ग्रामीण तथा सहरी महिलाको जीवन स्तरमा रूपान्तरण" भन्ने नाराका साथ १०८औ श्रमिक महिला दिवस २०१८ आज झापा जिल्ला कमल गाउँपालिकामा एक भव्य समारोहका बीच सम्पन्न भयो।
कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको अध्यक्षता तथा प्रदेश नं. १ का कानुन तथा आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीको प्रमुख अतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा कमल गाउँपालिकाका उपाध्यक्ष वेणु शिवाकोटी तथा समाजसेवीहरू राजनबहादुर ढुङ्गाना र भीम राईले अआफ्नो मन्तव्य राख्नुभएको थियो।
पूर्व निर्धारित कार्य योजनाअनुसार कमल गाउँपालिका क्षेत्र भित्रका बाढी पीडितहरूलाई राहत दिनु, प्राविधिक शिक्षा अध्ययन गर्ने गरिब तथा विपन्न वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति दिनु र सामुदायिक विद्यालयका दलित, सीमान्तकृत, जनजाति, पिछडिएको वर्ग र जेहनदार विद्यार्थीहरूलाई साइकल वितरण गर्नु यस कार्यक्रमको उल्लेखनीय कार्य हो।
कार्यक्रममा शैक्षिक अभियन्ता अर्जुन भट्ट,श्रोततव्यक्ति केशवप्रसाद भट्टराई, म.र.मा.वि.का प्र.अ.बालकृष्ण संग्रौला, श.ध.मा.वि. का प्र. अ. काजीमान पौडेल, ज्योति मा.वि. का प्र.अ. नगेन्द्र बस्नेत, सरस्वती मा.वि. का प्र.अ.दुर्गा सेडाईं, कमला मदनआश्रित मा.वि., क्याम्पाका प्र.अ.हिमप्रसाद दाहाल, म.र.मा.वि. का शिक्षकहरू विजयकुमार अधिकारी, विष्णु निरौला,पूर्ण राई, श.ध.मा.वि. का शिक्षक राम राई लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रम अत्यन्त आकर्षक एवम् प्रभावकारी ढङ्गबाट उदघोषक रामचन्द्र मिश्रले सञ्चालन गर्नुभएको थियो।