दोहा / ''नेपाली महिला समाज कतार''ले देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।
महान चाड "शुभ दिपावली २०७८ "को शुभ अवसर पारेर कतारमा रहेका नेपाली महिलाहरूको एक मात्र साझा संस्थाको रूपमा स्थापित समाजले यहाँका नेपाली ब्यवसायी तथा सामाजिक ब्यक्तित्व हरुको घरमै पुगेर देउसी भैलो खेलेको हो ।
समाजकि अध्यक्ष सरिता भन्डारी पौडेलका अनुसार कतारका नेपाली ब्यवसायी तथा सामाजिक ब्यक्तित्व हरुमा महेन्द्र प्रसाद चौलागाई, राज रेग्मी,पुर्ण बहादुर पोखरिया, मोहमद मुक्तदा मुसलमान, बिजय शर्मा , सोना रिजाल, लगायतको घरमै पुगेर महिला समाज कतारले देउसी भैलो खेलेको थियो ।
त्येस्तै आरके शर्मा, पिताम्बर चापागाईं, बिष्णु कार्की , राजेन्द्र देबकोटा, टिबि कार्की, मन्जु खनाल, तेज कटुवाल, दिपक कार्की, प्रकाश कोइरला, दिनेश खत्री ,अर्पन खड्का ,सन्जय थापा, लगायत सङ्ग पनि समाजको देउसी भैलो पुगेको थियो ।
प्रवासमा रहेर पनि नेपाली सस्कृती,परम्परा, रितिरिवाज लाई संरक्षण गर्दै लक्ष्मी पुजा र भाइ टिकाको दिन गरि २दिन देउसी भैलो खेल्ने कार्यक्रम सम्पन्न गरिएको र उक्त कार्यक्रम बाट उठेको रकमलाई समाजले सामाजिक कार्यमा खर्चिने अध्यक्ष भण्डारीले बताउनु भयो ।
कार्यक्रम सफल पार्न महत्वपुर्ण भुमिका खेल्नुहुने प्रमुख सल्लाहकार, सल्लाहकारहरु, कार्य समिति पदाधिकारी हरु साथै सम्पुर्ण सदस्यहरुमा समाजले हार्दिक आभार सहित धन्यवाद दिएको बताउदै साँस्कृतिक बिभाग संयोजक मेनुका खतिवडा लगाएत बिषेश भुमिका खेल्ने कलाकार हरु सन्ध्या अर्याल,मालति न्यौपानेलाई लाई पनि महिला समाज कतारले धन्यवाद प्रकट गरेको अध्यक्ष भण्डारिले मुग्लानी खबर लाई बताउनु भयो ।
देउसी भैलो कार्यक्रममा सस्थाको तर्फबाट उपस्थिति जनाउने हरुमा प्रमुख सल्लाहकार अमिना खान,सल्लाहकारहरु जानुका बस्नेत ,मन्जु खनाल, प्रथम उपाध्यक्ष माया केसी ,दृतिय उपाध्यक्ष सनोबर जहाँ, तृतीय उपाध्यक्ष अप्सना खान, सचीव सन्ध्या अर्याल,कोषाध्यक्ष सरिता चिलुवाल पोखरिया,सह-कोषाध्यक्ष मेनुका खतिवडा भन्डारी लगायत कार्यसमितिको बाक्लो उपस्थिति रहेको थियो ।