दोहा / कास्की आदर्श समाज कतारले हरेक बर्ष जस्तै यस बर्ष पनि देउसीभैलो कार्यक्रम २०७८ सस्थाका अग्रज संरक्षक सदस्य धुर्बराज अधिकारी र उहाकी धर्मपत्नी तथा सस्थाकी आजिबन सदस्य चन्द्रवति अधिकारी त्येसैगरि सस्थाका केन्द्रिय सदस्य गोबिन्द बरालको निवासमा देउसी भैलो खेल्ने कार्य सम्पन्न भएको छ ।
पहिलो चरण अन्तर्गत लक्ष्मी पुजाको दिन धुर्बराज अधिकारीको निबासमा सस्थाका अध्यक्ष हेमबहादुर बिक बिक्की को अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियोे भने दोस्रो दिन गोबिन्द बरालको निवासमा सस्थाका वरिष्ठ उपाध्यक्ष अग्नीधर देबकोटाको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे ।
उक्त कार्यक्रममा देउसी खेल्नको लागि उपस्थित सस्थाका संरक्षक सदस्य धुर्बराज अधिकारी ,प्रमुख सल्लाहकार मन प्रसाद रानामगर, सल्लाहकार खुसी मान गुरुङ मानार्थ सदस्य तथा फेवा सास्कृतिक परिवारका सह-सचिब महेश तामाङ, सस्थाका अध्यक्ष बिक्की बिक. वरिष्ठ उपाध्यक्ष अग्निधर देवकोटा.उपाध्यक्ष तथा फेवा सास्कृतिक संयोजक प्रेमलाल अधिकारी, सह-सचिब सन्तोष तिमिल्सिना केन्द्रिय सदस्य गोबिन्द बराल, आजिबन सदस्य चन्द्रवति अधिकारी र राजकुमार बिक संगीता बराल लगायत कास्केली तथा गैर कास्केलीको बाक्लो उपस्थित रहेको थियो /
कार्यक्रम देउसी भैलो खेल्दै आशिर्वाद दिदै सुरुवात गरिएको थियोे भने शुभ दिपावलीको शुभकामना आदानप्रदान पनि गरियको थियो / सस्थाले प्राप्त रकम मानबिय , सामाजिक कार्यमा खर्च गरिने पनि संस्थाले बताएको छ ।
प्रवासमा रहेरपनि नेपाली रितिरिवाज परम्परा सस्कृती परम्परालाई संरक्षण गर्ने हेतुले कार्यक्रम गरियको संस्थाले जनाएको छ । कार्यक्रम सफल पार्न अहोरात्र खट्नुहुने र आफुले सकेको सहयोग आर्थिक नैतिक भौतिक रुपमा सहयोग गर्नुहेने सम्पूर्णमा र बिसेस गरि गैर कस्केली भयपनी सस्था लाई माया गर्नु हुने रामहरी खत्री, परशुराम भट्टराई,सुर्य भण्डारी,आशिस तिवारी, दिलिप राई लगायतलाई कास्की आदर्श समाज कतार परिवार हार्दिक धन्यबाद सहित आभार ब्यक्त गरेको थियो / कार्यक्रम को सहजीकरण सस्थाका सहसचिब सन्तोष तिमिल्सिना ले गरेका थिए /