कार्तिक १४ , कमल / बसन्त राज सुब्बा
संघीय लिम्बुवान मञ्च ,नेपालले प्रवासका मन्डेम मेंन्याङम्बोलाई एक औपचारिक स्वागत कार्यक्रम सम्मान गरेको छ ।
झापाले कमल गाउँपालिका केर्खा पार्टी कार्यलयमा शनिबार प्रवासका केंद्रीय सल्लाहकार तथा एल.भी सीनियर फिल्ड कमाण्डर मन्डेम मेन्याङम्बोलाई एल .भि केंद्रीय उपकमाण्डर तथा कमल इंचार्ज बसन्त राज योङहाङको अध्यक्षतामा स्वागत कार्यक्रम सम्पन गरेको छ ।
विगत स्थापनाकाल देखि संगठनमा रहेर सक्रिय कार्यकर्ताको भूमिका गर्दै आईरहेको धेरै देशहरुमा प्रवास समिति गठन गर्दै संघीय लोकतांत्रिक राष्ट्रीय मञ्चलाई उच्च स्थान पूराउन संघीय प्रवास समितिको सल्लाकार भई ईमानदार पुर्बक पार्टीलाई योगदान गरेकोले स्वदेश फर्किए पछि संघीय लिम्बुवान मञ्च ,नेपाल कमल गा. पाले कमाण्डर मन्डेम मेन्याङम्बोलाई स्वागत गरीएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि केंद्रीय उपाध्यक्ष ज्ञान बहादुर इम्बूङले सम्बोधन गर्दै पार्टीलाई हिजो देखि आज सम्म लिम्बुवान भोलेन्टियर्सले योगदान गर्दै आएको लिम्बुवान आन्दोलन सफल भएको बताए । पहिचान अस्तित्वको लड़ाईमा हाम्रो एल .भि योद्धा शहीद भएको छन । हजारौ लिम्बुवान भोलेन्टियर्स जन्मिसकेको र पार्टीको मेरुदंड नै एल. भी सुरक्षा दस्ता हो । एल. भि भएन भने मञ्च अधुरो ,मञ्च छैन भने एल. भी अधुरो दुबै एक अर्काको परिपूरक हो । त्यसैले एल भि कमाण्डरको उच्च सम्मान गर्दै प्रवास समिति तथा सीनियर फिल्ड कमान्डर मन्डेम मेन्याङम्बोलाई संगठनको सक्रिय कार्यकर्ता कमाण्डरको सम्मान गर्दै स्वागत गर्नुभएको थियो ।
त्यस्तै विशिष्ट अतिथि मञ्चका केंद्रीय सदस्य सूर्य प्रसाद याक्पादेनले संगठनमा Lv को ठुलो भूमिका रहेको हुन्छ । स्वदेश मात्र होइन विदेश सम्म संगठन फैलाउन सफल पॉर्न कमाण्डर यो ठुलो भूमिका जिम्मेवारी लाई उच्च सम्मान गर्दै आगमी दिन अझ यसरी नै तीर्व गतिले अघि बढ़ोस भन्दै सम्मान साथ स्वागत गर्नुभएको छ ।
त्यस्तै सामाजिक व्यक्तित्व वीरेन्द्र याक्थुम्बाले लिम्बुवानले ल्याएको मुर्दा सहअस्तित्व सबैको अधिकार पहिचान रहेको बताउदै जून सुकै पार्टीमा रहेर पनि देश समाज प्रति गर्नु पर्ने भूमिका भुल्नु हुदैन आज यस संगठनको जून एल. भि कमाण्डरहरुले गरी आएको योगदान नै सिङ्गो पार्टीको शक्ति हो भन्ने बताएका छन ।
उक्त कार्यक्रममा अतिथिहरु मञ्चका केंद्रीय सदस्य मन कुमार थलुङ् , केंद्रीय सदस्य प्रकाश नेम्बाङ् , एल. भि केंद्रीय सीनियर कमाण्डर तथा माइपश्चिम इंचार्ज सुमन सम्बाफ़े, जिल्ला सदस्य नरेन्द्र लावति , झापा जिल्ला सीनियर फिल्ड कमाण्डर संतोष मेन्याङ्मम्बो , नवराज राई , बीपेन सम्पाङ् राई , कमल पुर्व अध्यक्ष
अशोक राई , फिल्ड कमाण्डर बिजू थेबे , कमल सदस्य हर्क साउदेन , कमल वार्ड २ सचिब तीत्रपमु लिम्बु , छत्र साउदेन लगायत उपस्थित रहेको थियो । भने
कार्यक्रममा स्वागत मंतव्य कमल गा. पा अध्यक्ष माबोहाङ् अम्मर लिम्बुले गरेका थिए भने कार्यक्रम संचालक एल. भी फिल्ड कमाण्डर हिमाल लिम्बू गरेको थियो ।