धादिङ- रुबिभ्याली गाउँपालिका स्थित तिप्लिङ ठुलो गाउँमा बिजया दशमीको शुभ-अवसर पारेर बृहत साँस्कृतिक तथा सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रम रुबिभ्याली सृजनशिल युवा समाजका अध्यक्ष उमेश घलेको सभापतित्व तथा रुविभ्याली गाउँपालिका अध्यक्ष चेरुङ तामाङको प्रमुख आतिथ्यमा भएको हो। त्यसैगरी कार्यक्रममा बिशेष आतिथ्यमा रुविभ्याली गाउँपालिका उपाध्यक्ष बिना लामा, गाउँपालिका २ का वडा अध्यक्ष पेम्बा घले, गाउँपालिका २ का वडा अध्यक्ष मेन घले,जनप्रधिनिधिहरु गोम्बो घले, रामसिङ्ग तामाङ योग बहादुर तामाङ, प्रजाल तामाङ, आइता घले म्हेन्दोमाया चर्चित गायक रोशन फ़्युबा लगायत स्थानिय नेता,बुद्धिजीवी, संघसस्थाका प्रतिनिधिहरु,पत्रकार,जेष्ठ नागरिक बिशिस्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीको संयोजकत्व तथा रुबिभ्याली गाउँपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा सरिता तामाङले उपस्थित सम्पुर्णलाई स्वागत मन्तब्यद्वारा स्वागत गरेकि थिईन भने कार्यक्रमको औपचारिक सहजीकरण मे घले र प्रबिता लामा गरेकि थिईन ।रुबिभ्यालीमा रहेका मौलिक तामाङ सेलो, म्हेन्दोमाया लगाएत बिबिध मौलिक प्रस्तुतिद्वारा कार्यक्रम भब्यरुपमा मनाईएको थियो भने सांस्कृतिक कार्यक्रमको उद्घोषण टोम लामा, माया घले, साजन लामा र शान्ति घलेले गरेका थिए ।
रुबिभ्याली गाउँपालिका उप प्रमुख बिना लामाले बोल्दै हाम्रो जातीय पहिचान , भेष भुषा र सस्कृतिको जागरण गर्नुपर्नेमा जोड दिदै हाम्रो लोप भैईरहेको मौलिक संस्कृतिलाई संरक्षण गर्दै रुवीभ्याली गाउँपालिकालाई नमुना रुवीभ्यालीको रुपमा निर्माण गर्ने बताईन।त्यसैगरि आगामी बर्षहरुमा पनि सास्कृतिक संरक्षणका लागि यस्ता कार्यक्रमहरुलाई गाउँपालिकद्वारा निरन्तरता दिईने समेत प्रतिबद्धता जनाएकी थिईन।
त्यसैगरी रुबिभ्याली गाउँपालिका प्रमुख तथा प्रमुख अतिथि चेरुङ तामाङले आफ्नो जातिय पहिचान सहित कोरोनाले आक्रान्त गाउँबासीलाई मनोरञ्जनात्मक कार्यक्रमहरुबाट माइन्ड फ्रेस गर्नुपर्ने भएकोमा यो साँस्कृतिक कार्यक्रमले थप मनोबल वृद्धि गरेकोमा जोड दिदै आयोजक टिमलाई बिशेष धन्यबाद ब्यक्त गरेका थिए भने आगामी दिनहरुमा पनि गाउँपालिकद्वारा यस्ता कार्यक्रमका लागि निरन्तर सहयोग गरिने प्रतिबद्धता जानेका थिए।
अन्त्यमा कार्यक्रमका सभापति उमेश घलेले बडा दशैको अवसर पारेर सबै नेपालीहरुलाई आत्मियता,भातृत्वको जागृत गर्दै कार्यक्रम सभ्य तथा भब्य रुपमा सम्पन्न भएको बताए।यस जेष्ठ नागारिक सम्मान तथा बृहत् सास्कृतिक कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।