मुग्लानि खबर
सन्तोष कुवर/१६ फागुन २०७४ बिहिबार
नेपालि ताराबाट चर्चाको सिखर चुम्दै सबै नेपालीको मन मुटुमा बस्न सफल रहेकी चर्चित गायिका जलजला परियारको दुबै मृगौला फेल भएपछि उन्को उपचारको लागि आर्थिक सहयोग गर्ने सहयोगी मनहरु बढीरहेका छ्न।
टिचिङ हस्पिटलको बेडमा उपचार् गराइ रहेकी जलजला परियारको आर्थीक अवस्था नाजुक भएपछी केहि रकम भएपनी सहयोग गर्दै उनको जिवनदान दिनको लागि प्रवासमा रोजगार गर्ने नेपाली हुन वा नेपालमै स्थापित कलाकार,ब्यापारी,समाज सेवि ब्याक्तित्व हुन सबैले आफुसक्दो सहयोग गर्ने क्रम बढीरहेको छ ।
भने जलजला परियार बचाउ अभियान" पनि रास्ट्रीय तथा अन्तर्राष्ट्रिय रुपमा चलीरहेको छ । यसैक्रममा प्रवास कतारको अल्खोरमा रहेको मिस्नाद कम्पनी र रस्लाफान स्थित अम्वाज कम्पनीका सक्रिय नेपाली युवाहरुले जलजला लाइ केही आर्थीक रकम भएपनी राहत मिलोस भन्ने हेतुले जम्मा गरिएको आर्थीक रकम नेपाली ( ९३,५४५ )रुपियाँ नेपाल बाट सान्ती तामाङ र ज्योति शाह को उपस्तिथिमा पीडित जलजला परियारको बुवा नारायण परियारको हातमा हस्तान्तरण गरिएको छ।
समाज सेवि ब्याक्तित्वहरु मिस्नाद बाट सुरज तामाङ,ग्यानेन्द्र के.सि,रोहित बुढाथोकी,बिरेन्द्र याक्थुम्वा,बिस्नु परियार,थर्चा लामा ,राज परियार, भेस धिमाल,त्येस्तै अम्वाज कम्पनीबाट राज गुरुङ,रोशन बस्नेत,आनन्द देब राइ,जलेन्द्र बि. लगायको पहलमा उक्त रकम उठेको बताइएको छ। पीडितलाई सहयोग गर्ने र साथ दिने सम्पुर्ण सहयोगी मन र हातहरुलाई हृदय देखि आभार प्रकट गर्दछौ भन्दै उनिहरुले जलजला परियारको सिघ्र स्वस्थ्यलाभको कामना गरे।