वरिष्ठ संचारकर्मी, चर्चितगायिका तथा माननीय सांसद कोमल वलीले आफुले बनाउन खोजेको नेपाल बनाउने ठाउँमा आफू पुग्न नसकेको दुखेसो ब्यक्त गरेकी छिन।
सांसद कोमल वलीले आफुले कल्पना गरेको संसार नभेटिएको बताएकी छिन।उनले भनेकी छिन,जुन नेपाल मैले बनाउन खोजेकी थिए त्यो ठाउँमा पुग्न सकिन।
उनले ट्वीट गर्दै लेखेकी छिन आफुले गर्व गरेको ईतिहासलाई बर्तमानले संरक्षण गर्न सकेको छैन।दुनियाँ मतलबी भएको इङ्गित गर्दै स्वार्थी र स्वार्थको मुलुकमा अलपत्र परिने खतरा समेत रहेको जनाएकी छिन।उनले गरेको ट्वीट जस्ताको तस्तै:
जुन संसारको मैले कल्पना गरेकी थिएँ,
त्यो संसारलाई मैले भेट्न सकिन !
जुन नेपाल मैले बनाउन खोजेकी थिएँ,
त्यो नेपाल बनाउने ठाउँमा म पुग्न सकिन !
जुन ईतिहास सित मैले गैारब गरेकी थिएँ,
वर्तमानले संरक्षण गर्न सकेन !
स्वार्थि र स्वार्थको मुलुकमा कतै अलपत्र परिने त हैन ? https://t.co/HZXhBBSdrT