काठमाडौं- मनास्लू वर्ल्ड कलेज काठमाडौंका अध्यक्ष गेंद्र लामाले नेपालीहरुका महान चाडहरु बिजया दशमी,शुभ दिपावली,छठ,नेपाल सम्बत लगाएतका पर्वहरूको सुभ-अवसरमा शुभकामना ब्यक्त गर्नु भएको छ।
अध्यक्ष लामाले कलेज परिवार ,शिक्षक, बिद्यार्थी, शिक्षाप्रेमी आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरु लगाएत देश बिदेशमा रहनुभएका समस्त नेपालीजनहरुमा सुख, शान्ती,समृद्धि सुस्वास्थ, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्नुभएको छ। सबै नेपालीहरुको घरघरमा आगमन हुँदै गरेका चाडहरुले सबै बन्धुबान्धव अनि इष्टमित्रहरुमा सम्पन्न्ता, सदाचार सद्बुद्धि,शान्ति, सदभाब , ब्यक्तिगत, पारिवारिक तथा सामाजिक समृद्धिको लागि ऊर्जा प्राप्ति नबदुर्गा माताले सबैमा प्रदान गरून् भन्ने कामना समेत गर्नुभएको छ।
अहिले कोरोना महामारीको विषम परिस्थितिमा ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिमा कोभिड-१९ संक्रमणको सम्भावना बढि भएकाले यसप्रति विशेष सजग भएर चाडपर्वहरु विगतभन्दा फरक ढंगले मनाउनु पर्छ !आफ्ना मान्यजनसँग टीका, जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुन सक्ने सम्भावित संक्रमणको खतरा ख्याल गर्नुपर्ने उहाँले बताउनु भएको छ।