मुग्लानी खबर फागुन १४
धादिङ धादिङबेसी रायटारमा फागुन १६ गते देखि सुरुहुन गहिरहेको धादिङ महोत्सव २०७४ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ ।
धादिङ उद्योग वाणिज्य संघले राजनीतिक सहमती जुटाउन नसक्दा स्थगित भएको धादिङ महोत्सव साना तथा मझौला व्यवसायी महासंघ नेपाल, जिल्ला शाखा धादिङले गर्न लागेको हो ।
धादिङ उद्योग वाणिज्य संघले विज्ञप्ती निकालेर यस महोत्सवमा हाम्रो कुनै पनि सहयोग र समर्थन छैन भनि रहेको बेला फेरि महोत्सव हुन्न कि भन्ने आकलनलाई चिर्दै महासंघ जिल्ला शाखा धादिङले महोत्सवको सम्पूर्ण तयारी सकिएको बताएको हो ।
चुनौती पूर्ण तवरले हुन लागेको महोत्सव धादिङमात्र नभै प्रदेश स्तरीय बनाउने तयारीमा साना तथा मझौला व्यवसायी महासंघ नेपाल केन्द्र लागेको र प्रदर्शनीमा राखिएका निर्यात जन्य सामाग्रीहरु यूरोप पठाउने समेत आयोजक समितिले बताएको छ ।
महोत्सवको उदेश्य:
जिल्लाको साना तथा मझौला उद्योग व्यवसायको प्रवद्र्धन गर्दै स्वरोजारका लागि युवाहरुलाई आकर्षण गर्ने, जिल्लामा रहेको उद्योग, व्यवसायको प्रवद्र्धन गर्ने, जिल्लाको पर्यटन विकासमा मद्धत पुर्याउने, जडिवुटी उत्पादनलाई प्रचार प्रसार, प्रवद्र्घन तथा व्यवसायीकरण गर्ने, खनिजजन्य उत्पादनलाई प्रचार प्रसार एवं व्यवस्थित गर्ने ।
महोत्सवको आर्कषण:
कृषी प्रदर्शनी तथा विक्रि, दुध तथा दुग्धजन्य उत्पादनको प्रदर्शनी तथा विक्रि, स्थानीय तथा स्वदेशी औद्योगिक उत्पादनहरुको प्रदर्शनी तथा विक्रि, घरेलु व्यवसायीहरुको विशेष स्टलहरु, हस्तकला प्रदर्शनी तथा विक्रि, साँस्कृतिक प्रदर्शनी, जिल्ला भित्रका खनिजजन्य वस्तुको प्रर्दशनी तथा विक्रि, जडिवुटीको प्रदर्शनी विक्रि तथा जानकारी, शैक्षिक सामग्रीको प्रदर्शनी विक्रि तथा जानकारी, आदिवासी जनजातीय भेषभुषा झाँकी तथा संस्कृति झल्कने विभिन्न कार्यक्रम, इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा विक्रि, सुचना प्रविधी सम्वन्धी जानकारी, अटोमोवाईल्सको प्रदर्शनी तथा विक्रि, विज्ञान तथा प्रविधिको प्रदर्शनी, धार्मिक तथा ऐतिहाँसिक स्थलको फोटो प्रदर्शनी तथा प्रवद्र्घन, रमाईलो मेला, जातिय खानाका परिकारहरु, उत्कृष्ट स्टललाई पुरस्कारको व्यवस्था गर्ने ।
फागुन १७ गते
हाँस्य कलाकारः बल्छी ध्रुवे, राजु मास्टर
लोकदोहरी गायक/गायीकाः बैकुण्ठ महत, उमादेवि खनाल
आधुनिक गायक/गायीकाः जीवन शर्मा
फागुन १८ गते
हाँस्य कलाकारः जोगिन्दर पानवाल
लोकदोहरी गायक/गायीकाः बद्री पङ्गेनी, मन्जु गौतम
आधुनिक गायक/गायीकाः दिलराज पौडेल
फागुन १९ गते
लोकदोहरी गायक/गायीकाः दयाराम पौडेल, सम्झना लामिछाने
आधुनिक गायक/गायीकाः हेमन्त शर्मा
फागुन २१ गते
हाँस्य कलाकारः सुबोध शर्मा
लोकदोहरी गायक/गायीकाः कुलेन्द्र बि.क., उमा श्रेष्ठ
आधुनिक गायक/गायीकाः कमल खत्री
फागुन २२ गते
हाँस्य कलाकारः धुर्मस सन्तली
लोकदोहरी गायक/गायीकाः पशुपती शर्मा
आधुनिक गायक/गायीकाः सहिमा श्रेष्ठ
फागुन २३ गते
हाँस्य कलाकारः राजा राजेन्द्र
लोकदोहरी गायक/गायीकाः रामजी खाँड, सुनिता गुरुङ
आधुनिक गायक/गायीकाः वर्षा रावल
फागुन २४ गते
हाँस्य कलाकारः मुला साग, राजिव शर्मा
लोकदोहरी गायक/गायीकाः खेम सेन्चुरी
आधुनिक गायक/गायीकाः हिमाल सागर
फागुन २५ गते
हाँस्य कलाकारः प्याकुली र भटभटे
लोकदोहरी गायक/गायीकाः बविता क्षेत्री, प्रदिप रोक्का
आधुनिक गायक/गायीकाः रमेशराज भट्टराई
फागुन २६ गते
हाँस्य कलाकारः बेमान र सम्सुरी
लोकदोहरी गायक/गायीकाः पूर्णकला बिसि
आधुनिक गायक/गायीकाः शिव परियार