कमल गाउँपालीका वडा न.३-समितिले अध्यक्ष देवु चापागाईंको सभापतित्वमा कमल वडा-३, को सभाहलमा अपाङ्गताहरुको आर्थिक जिवनस्तरमा सहज्ता पुर्याउने हेतुले स्थापित बचत तथा सहकारी समुहको भेला तथा भवन निर्माणका लागी एक औपचारिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
अपाङ्ग सहिदहरुको नाममा मौनधारणा संगै राष्ट्रिय गीतबाट शुरुवात उक्त कार्यक्रममा अध्यक्ष देबु चापागाईंले आफुहरुसंग भवन निर्माणका लागी जमिन जुटन सक्ने भएकोले अपाङ्गताहरुका लागि एक अपाङ्ग भवन बनाउन आबश्यक रहेकोले वाड्कार्यलय संगै आग्रह गरेका थिए भने सबैको साथ रहन सके यो काम आफ्नो वाड्मा हुन सक्ने भएको जानकार गराएका थिए ।
विशेष अथिती सन्ध्या ग्रुप कतारका पूर्वअध्यक्ष एवम सामाजिक ब्याक्तित्व बिरेन्द्र कुमार याक्थुम्बा(शुवास)ले पनि कमल -३ का अपाङ्गता स्वलम्बन समितिले ल्याएको प्रस्ताव अत्यन्तै सकारात्मक रहेको र यस्मा स्थानिय सरकार वडा-३अध्यक्ष नरप्रसाद दङ्गाललाइ ध्यान आकर्षक गराउदै यस्ता असक्त अपाङ्गहरुले गरेको सविनमय आग्रहलाई गम्भीर भएर भवन निर्माण गर्नसके बिकाशको एउटा अर्थपुर्ण रहने हुदा यो काममा प्रकृया पुराएर गाउँपालिका प्रदेश सरकार र स्थानिय व्यावसयिक र अन्य सहयोगी दानबिरहरु बाट सहयोग जुटाउन सबै लागिपर्नुपर्ने बताउदै दशैको शुभकामना दिएका थिए ।
कार्यक्रमका प्रमुख अथिती नरप्रसाद दङ्गालले आफ्नो मन्तब्यमा कमल-३,अपाङ्गता स्वलम्बन समितिको आयोजित कार्यक्रमको औपचारिक मंचमै राखेको प्रस्तावलाइ मनन गर्दै अब चैतमा चुनावी हुनसक्ने हुदा आफ्नो कार्यकाल त्यहाँसम्म हुनेहुदा त्यो भन्दा अगीनै स्थानिय बजेट आएको खण्डमा ८,आठ लाखसम्म उपलब्द गराउन सकिने प्रतिबद्धता सहित गाउँपालीकामा पनी कुरा राख्ने र सकेसम्म प्रदेश सरकारको बजेटसम्म आयोजनामा पॉर्न कोशिस गर्ने आशवासन दिदै
आजसम्म बोल्न सक्नेहरुको आवाज मात्रै सुनवाई भएको र यो आफैमा सकारात्मक कदम भएको बताउदै गर्दा अन्य अपाङ्गता समितिका वृद्ध सद्स्यहरुले अपांगहरुका लागी भवन निर्माण गर्न सकेको खण्डमा अपांग-गृहमा कामगर्ने कर्मचारी राखी इच्छुकु अपाङ्हरु बस्ने किसिमको भए राम्रो हुने थियो ।
प्रश्नको जवाफमा वडाध्यक्षले अहिले तत्काल सम्भब नभएको तर माग जायज भएकोले त्यो काम पछि हुनसक्ने संभावना भएको बताए । त्यस्तै विशिष्ट अथितिमा कमल गाउपालिका अपांगता स्वालंबन मूलसमितिमका उपाध्यक्ष टंक बराल र अथितिमा पूजा खड़का DPO सहजकार्ता रहेका थिए।। भने स्वागत मन्तब्य जानुका सिवाकोटिले र कार्यक्रक सञ्चालन सरस्वती बस्नेतले गरेकी थिइन।