काठमाडौ : तारकेश्वर नगरपालिका भित्रको पहिलो पार्कको रुपमा स्थापित लोकतान्त्रिक (खर्क चौर) पार्क भित्र ६ वटा संरचनाको उद्घाटन सम्पन्न भएको छ ।
बाग्मती प्रदेशका सांसद योगेन्द्र संग्रौला र तारकेश्वरका प्रमुख रामेश्वर बोहोराले उक्त पार्क संयूक्त रुपमा उद्घाटन गर्नु भएको हो ।
आर्थिक वर्ष ०७५\०७६ मा वाग्मती प्रदेशका सांसद योगेन्द्र संग्रौलाको विशेष पहल र तारकेश्वर–१० का वडाध्यक्ष अमृत थापाको अवधारणामा उक्त पार्क निर्माण कार्य सुरु गरिएको हो ।
तारकेश्वर–१० स्थित रहेको लोकतानित्तक चोक पछाडीको भागमा निमार्ण भएको उक्त पार्क भित्र ६ वटा संरचना निर्माण भएका छन् । उक्त पार्क भित्र सार्वजनिक शौचालय, वुद्ध मूर्ती, राधाकृष्ण मन्दिर, जेष्ठ नागरिक मिलन केन्द्र भवन, खुल्ला व्यामशाला र झरना समेत निर्माण गरिएको छ ।
तारकेश्वर नगरपालिकामा पहिलो पटक पार्क निर्माणको अवधारणाका साथ तारकेश्वर–१० का वडाध्यक्ष अमृत थापा लागि परेका थिए ।
वहु सुविधायूक्त पार्कको रुपमा रहेको तारकेकश्वर–१० को लोकतान्त्रिक (खर्कचौर) पार्क निर्माणमा बागमती प्रदेशका सांसद योगेन्द्र संगौलाका साथै स्थानीय उपभोक्ताको पनि अह्मम भूमिका रहेको छ ।
उक्त पार्क निर्माणमा सक्रिय रुपमा लाग्दै आएको स्थानीय समाजसेवी दिनानाथ पौडेल नेतृत्वको लोकतान्त्रिक पार्क (खर्कचौर) विकास तथान संरक्षण समितीले बाकी रहेका अधूरा कामलाई चन्दा संकलन गरि सम्पन्न गरेको हो ।
तारकेश्वर–१० मा रहेको लोकतान्त्रिक (खर्कचौर) पार्कले आन्तरिक पर्यटनको सम्भावनालाई बढाएको छ । थोरै जग्गामा वहुसुविधा सहितको निर्माण भएको उक्त पार्कले गरे नहुने के रहेछ भन्ने पुष्टि गरेको छ ।