मुग्लानी खबर
डम्बर मिसेक दोहा/२४ फेब्रुअरी २०१८ सनिबार
२३ फेब्रुअरी २०१८का दिन संघीय लिम्बुवान सामाजिक मञ्च कतार अन्तरगत लेवर सिटी क्षेत्रिय समिति गठन भएको छ। कतारको औधोगिक क्षेत्र सनाइया स्थीत एसियन टाउनको सार्वजानिक पार्कमा क्षेत्रिय समिति गठन भएको ह।
सो कार्यक्रममा सलिसाम कतारका केन्द्रिय अध्यक्ष नरेन्द्र एभेङ प्रमुख अतिथि रहेका थिए भने, उपाध्यक्ष रेखा मेन्याङबो, महासचिव डम्बर लिबाङ, सचिव डिकेन सिंघक, अर्थसचिव कुमार सिं योङहाङ, सहअर्थसचिव राज सिसाम मादेन, महिला विभाग प्रमुख प्रमिला बस्नेत, केन्द्रिय सदस्य सुजन पाराहाङ, सोना लिङखिम, मोहन योङहाङ अथितिका रुपमा रहेका थिए।
लोक बहादुर कुरुम्बाङको अध्यक्षतामा नव गठित क्षेत्रिय समितिमा उपाध्यक्ष खगेन्द्र नेम्बाङ, सचिव रतन विश्वकर्मा, सह–सचिव गजेन्द्र लिम्बु, अर्थसचिव रन बहादुर श्रेष्ठ, सहअर्थसचिव देवी आङदेम्बे रहेका छन भने, सदस्यहरु क्रमशः नगेन्द्र लिङदम, गोविन्द सम्बाहाङफे, श्याम विक्रम तामाङ, मनि नेम्बाङ, शंखर खालिङ राई, अरुन माझी, बुद्धिमान लिम्बु, बम बहादुर विश्वकर्मा र अशोक वनेम गरि १५ सदस्यीय क्षेत्रिय समिति गठन भएको सो कार्यक्रममा अध्यक्ष नरेन्द्र एभेङ, उपाध्यक्ष रेखा मेन्याङबो र महासचवि लिबाङले संगठनको अवधारण, प्रवासमा संगठननै किन?, संगाठानीक काम कर्तव्य र अधिकार बारे प्रष्टाएका थिए भने, संगाठानीक गोपनीयताको सपथग्रहण आगामि ९ मार्च २०१८ कादिन गर्ने गरि समय र स्थान तय गरिएको छ ।