झापा: कमल गाउपालीका वडा-३, केराधाप स्थित श्री कञ्चनजंघा आधारभूत बिद्यालयको आर्थिक बर्ष २०७७,७८को सामाजिक परीक्षण प्रत्येक बर्षझै यसपाली पनी PTA अध्यक्ष एवम २०७७,८८सा. पका संयोजक :दिल कुमार श्रेष्ठको अध्यक्षमा मिति२०७८/६/१९ मंगलवार आफ्नै स्कूलको सभा-हलमा सम्पन्न भएको छ।
गएको केहिदीन अगी दिलकुमार श्रेष्ठ संयोजक रही सदस्यहर क्रमश: बिरेन्द्र कुमार याक्थुंम्बा, मञ्जु निरौला,वडा-३अध्यक्ष नरप्रसाद दंगाल, सामाजिक बुद्धिजीवी बसन्तराज सुब्बा, बालक्लव अध्यक्ष राजू बस्नेत/बालक्लव सचिव रश्मिका पौडेल र सदस्य सचिवमा शिक्षक खेमनाथ गौतम रहेको समितिले बिद्यालयको सबैपक्षको सामाजिक परीक्षणगरी ब्यबस्थापन समिति, अभिभावक र बिद्यालयप्रति सरोकोर राख्ने स्थानिय बासिहरुको सहभागिमा आयोजित कार्यक्रममा शिक्षा नियमावली १७२(क)अनुसार सा.प. सचिवालय सदस्य शिक्षक खेमनाथ गौतमले २७७'७८को बिबिध बार्षिकी बिद्यालयले गरेका गतिविधी खुलाऊदै भएका भौतिक र जिन्सी सामाग्री एवम बिबिध शिर्षकहरुमा बुदागत प्रष्टपार्दै आर्थिक बारे खुलस्त गरेका थिए।।
आर्थिक बारे तापशील बमोजिम रहेको रहेको छ, आम्दामी प्राप्ती ७४,५४६०२.७३,पैसा। भुक्तानी खर्च ५३,२८२०१३.८९ र जम्मा बचत २१,२६३८८.८३ रहेको प्रतिवेदन सहित सार्बजनिक गरेका थिए। , त्यस्तै प्रमुख अथिति ब्याबस्थापक समितिका अध्यक्ष चन्द्र मगरले बिद्यालयको सरसफाई देखी अन्य कुराहरुमा ध्यान पुर्यानुपर्ने जस्ता बिषयमा जोड़ दिएका थिए, बिद्यालयका प्रधानाध्यापक मातृकप्रसाद नेपालले शुरूवातदेखी आजसम्म श्री कञ्चनजंग आधारभूत बिद्यालयको निमार्णमा महत्वपूर्ण योगदान पुर्याउने ब्याक्तित्वहरुको नाम बताउदै र उच्च प्रशंसा गर्दै निरंतर संचालनमा आ-आफ्नो ठाउबाट योगदान पुर्याउने सहयोगीहरु प्रति स्मरण गर्दै धन्यबाद दिएका थिए,
स्वागत मन्तव्यमा बीरेन्द्र कुमार याक्थुंम्बा(शुवास)ले राख्दै बदलिदो परिपेक्षमा र अबक़ा पुस्तामा विद्यार्थी भाईबैहिनीहरू प्रति शिक्षामा समय-सापेक्ष ध्यान पुर्याउनुपर्ने कुरा बारे अभिभावक ब्यबस्थापक समिति र शिक्षकहरु माझ ध्यान आकर्षण गराएका थिए ।
अन्त्यमा: सभापती दिलकुमार श्रेष्ठले कार्यक्रममा उपस्थिति भई प्रतिवेदन सर्बसहमति पारित गर्दै सौहद्रपूर्ण बाताबरणमा सफ़ल बनाईदिनु हुने सबैमा धन्यबाद दिदै कार्यक्रम समापन गरेका थिए ।