बागमती प्रदेश- काठमाडौं स्थित गोकर्णेश्वर नगरपालिकामा साईवर अपराध एवं सुरक्षा बिषयक एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। वेव बैँक नेपालका निर्देशक तथा बोस्टर मिडियाका संचालक मुकुन्द ढुंगानाको अध्यक्षता तथा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बिशेष अतिथि उप – मेयर शान्ति नेपाल ,प्रमुख कार्यकारी राम प्रसाद आचार्य, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, नेपाल प्रहरीका बौद्ध प्रहरी प्रमुख नगरपालिका प्रवक्ता मनोज ढुँगाना, सवै वडाका वडा अध्यक्ष ज्यूहरु राम मानन्धर, कृष्ण बहादुर पण्डित, राजेन्द्र कुमार भण्डारी, श्री कुमार श्रेण्ठ, नारायण बहादुर सुवेदी, रमेश अर्याल, केशव गुरुगं, मनोज कुमार ढूँगाना, राजिव थापा, अधिकृत टंकनाथ घिमिरे, लेखा प्रमुख, स्वास्थ्य प्रमुख लगायत नगरपालिकाका सवै कर्मचारी तथा स्थानीय क्षेत्रका प्रतिनिधिहरु लगाएतको बाक्लो उपस्थिती रहेको थियो।
गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा वेव बैँक नेपालको प्राविधिक सहकार्यमा भएको उक्त अभिमुखीकरण कार्यक्रममा सूचना प्रविधिको युगमा अवसर र चुनौतीहरु लगाएत दैनिक जसो बढिरहेका हत्या,अपराध र जोखिमहरुका बारेमा छलफल गर्दै यी समस्याहरु आउन नदिन र आईसकेपछी यसको निराकरण कसरी गर्ने, समाजलाई साइवरको आतंकबाट कसरी मुक्त गराउन सकिन्छ भन्ने उद्धेश्यका साथ एक दिवसीय साईवर अपराध एवं सुरक्षा विषयक अभिमुखीकरण तालिम गरिएको हो।
सूचना प्रविधि क्षेत्रको लामो अनुभव संगालेका बरिष्ठ प्रशिक्षक आर के ढुंगानाको प्रमुख सत्र, सूचना प्रविधि क्षेत्रका अनुसन्धान कर्ता एवं सूचना प्रविधि सुरक्षा प्रशिक्षक आर के ढुंगानाको मुख्य प्रशिक्षणले बिशेष भुमिका निर्बाह गरेको थियो। कार्यक्रममा साइवर क्राइम सम्वन्धी डकुमेन्टरी, विचार परामर्श तथा अन्तर्कृया समेत राखिएको थियो। कार्यक्रमका प्रमुख अतिथी तथा नगर प्रमुख सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिकालाई साइवर क्राइम मुक्त नगर बनाउने घोषणा समेत गरेका थिए भने यस्ता किसिमका अभिमुखिकरण तालिमद्वारा विभिन्न जघन्य अपराध तथा अस्वभाविक रुपमा घट्ने घटनाहरुबाट वचन सहज हुने बताएका थिए भने यस्ता ज्ञानबर्धक तालिमहरुको निरन्तरता रहनुपर्ने सहभागीहरुले जनाएका थिए।
पत्रकार अनिल अधिकारीद्वारा संचालित उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राम प्रसाद आचार्यले गरेका थिए। वेव बैँक नेपालका अध्यक्ष द्रोण पराजुलीद्वारा भबस्थापन गरिएको उक्त कार्यक्रममा समग्र सूचना प्रविधि नीति, संघीय सरकारका सूचना सुरक्षा मापदण्ड, अव स्थानीय सरकारले चाल्नु पर्ने कदमहरु र आधारभूत सीप विकासको तालिम प्रदान गरिएको थियो साथै बौद्ध प्रहरीद्वारा प्रहरी साझेदारी सेसन गरिएको थियो।