मुग्लानी खबर फागुन १२
"तामाङ कला र सस्कृतिको जगेर्न गरौ, बिश्वभरि छरिएर रहेका तामाङ कलाकार एक हौं " भन्ने मुल नाराका साथ ३ वर्ष पहिले परदेशी भुमि कतारमा स्थापना भएको नेपाल तामाङ कलाकार संघ दोहा कतारको कलाकार सम्मान, बनभोज तथा बिविध सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
फेब्रुअरी २३ तारिक सुक्रबारको दिन अल समालको गाड्रेनमा भएको कार्यक्रममा सस्थाका अध्यक्ष वाङ्जु लामाको सभापतित्वमा र प्रमुख अतिथि नेपाल प्रवासी तामाङ समाज कतारका कार्यबाहक अध्यक्ष तेज मोक्तान तामाङ रहेका थिए ।
बिशेस अतिथि हरुमा समाज सेवी बिनेश तामाङ, प्रवासी तामाङ समाज कतारका प्रमुख सल्हाकार थर्चा लामा,सुमन लामा,सस्थाका प्रमुख सल्हाकार अशोक श्याङ्तान,अतिथी हरु घले सेवा समाजबाट प्रिति घले,सन्ध्याग्रुपबाट राज रुजाल,लमजुङ सेवा समाज बाट बिनोद प्रसाद बसाउला लगायत समाज सेवी बुद्दीजीवि हरुको बाक्लो उपस्तिथि रहेको थियो ।
कार्यक्रममा संस्थाकि कोषाध्यक्ष सबिना तामाङले उपस्तिथ सम्पूर्णलाई स्वागत मन्तब्यबाट स्वागत गरिन भने कार्यक्रम संयोजक सुरेन लामाले बनभोज साथै बिविध सास्कृतिक कार्यक्रम राख्नुको मुख्य उद्धेस्य तथा संस्थाको गतिबिधी बारेमा प्रस्टपारे ।
त्येस्तै कलाकार हरुले ओए च्याङ्बा ओए च्याङ्बा बोल्को गीतबाट पनि कार्यक्रममा उपस्तिथी हरुलाई स्वागत गरे ।
कार्यक्रममा सस्थालाइ विभिन्न समयमा योगदान पुर्याउने कलाकार,विभिन्न संघ संस्था,र सामाजिक ब्याक्तित्व हरुलाइ खादा तथा सम्मानपत्र बाट पनि सम्मान गरे भने मन्तव्यको क्रममा अतिथि तथा समाज सेविहरु ffl ग्रुपका राज कुमार खत्री ,बिनेश तामाङ ,कान्छाराम तामाङ अशोक श्याङ्ताङ,थर्चा लामा,प्रमुख अतिथि तेज मोक्तान तामाङ लगायतले नेपाल तामाङ कलाकार संघ कतारमा स्थापना भएको छोटो समयमै चर्चाको सिखरमा रहेको र नेपाल बाट चर्चित रास्ट्रिय कलाकार ल्याइ दुईचोटि साङितिक कार्यक्रम गरेर सफलता हासिल गरेको बताए ।
कलाकार भनेको रास्ट्रको गहना हुन दोहा देखि करिपन १०० किलोमिटर ताढा आएर यश गार्डेनमा सस्थाले कलाकार लाई सम्मान गर्नु कलालाई सम्मान गरेको भन्दै प्रवासमा रहेर आगामी दिनमा पनि तामाङ कलाकार साथै अन्य नेपालि कलाकारको जगेर्ना गर्दै अगाडी बढ्ने छ भन्ने आशा ब्याक्त गरे ।
प्रवासमा रहेर हामी सबै नेपालि एक भएर हाम्रो मान सम्मान,कला सस्कृती जोगाएर अगाडि बढ्नुपर्छ आजको यो बनभोज तथा साँस्कृतीक कार्यक्रमले सम्पुर्ण नेपाली लाई एकाबद्द्ता हुँदै आगामि दिनमा अगाडी बढन प्रेरण मिलेको भन्दै नेपाल तामाङ कलाकार संघ कतारको उज्वल भविस्यको कामना गरे ।
विभिद साँस्कृतिक सहित सम्पन्न कार्यक्रममा अर्जुन रथ, कुमार ओखरेली र निस्चल तामाङले सेलो गीत ,सिर्चन तामाङ र हिरे तामाङले म्येहेन्दो माया गीत,लिला तामाङ र मनि कुमार लोप्चनले गीत गाउदा दर्सकहरु नाचेर भरपुर रमाइलो गरे भने नृत्यकार हरु प्रमिला तामाङ,नेपाल तामाङ कलाकार संघले ग्रुप नृत्य लगायतका थुप्रै कोसेलीले दर्सकको मन जित्न सफल रहे ।
अन्त्यमा सभापति वाङ्जु लामा तामाङले कार्यक्रममा उपस्तिथि भएर साथ सहयोग ,हौसला दिदै सफल पार्न सहयोग गर्ने सम्पुर्णमा धन्यवाद प्रकट गर्दै कार्यक्रम भब्य र सफल रहेको बताउदै समापन गरेका थिए ।
भने कार्यक्रमको कुसल संचालन महासचिव राज लोप्चन तामाङले गरेका थिए ।