दोहा / गत मिति १ अक्टोबर २०२१ शुक्रबारको दिन किरात राई यायोक्खा शाखा कतारको आठौं अधिवेशन २०७८ संस्थाका अध्यक्ष बिमल राईको सभापतित्वमा नेफिन कतारको अध्यक्ष पुरुषाेतम सुनुवारको प्रमुख आतिथ्यमा दोहाको नज्मा स्थित सुन्दरबन रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा एनआरएनए एन सि सि कतारका अध्यक्ष मोहम्मद मुक्तता मुसलमान, नेफिन कतारमा आवद्ध मातृ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु,अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, संस्थाका सल्लाहकार तथा पुर्ब अध्यक्षहरु, कार्यसमिति, कलाकार लगायत कतारमा कार्यरत किरात राई दाजुभाई तथा दिदी बहिनिहरुको उपस्थितिमा सामाजिक दुरि कायम राख्दै सम्पन्न भएको हो।
कार्यक्रमको खुल्लासत्रमा उपस्थित मातृ संस्थाका अध्यक्षहरु, एनसिसि कतारका अध्यक्ष मुसलमान,प्रमुख अतिथिको रुपमा उपस्थित नेफिन कतारका अध्यक्ष पुरुषाेतम सुनुवार लगायतका बक्ताहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो।
सम्पन्न आठौं अधिवेशनको निर्वाचन समितिको संयोजक एकराज राई ज्यूको समंयोजकत्वमा भएको निर्वाचन प्रकृयाबाट अध्यक्ष पदमा शंकरमान राई निर्बिरोध निर्वाचित हुनु भएको छ । वहाकै नेतृत्वमा निम्नानुसारको कार्यसमिति निर्वाचित भएका छन।
१) अध्यक्ष - शंकरमान राई
२) बरिस्ठ उपाध्यक्ष - सीता राई
३) प्रथम उपाध्यक्ष - गजेन्द्र राई
४) द्वितीय उपाध्यक्ष - राजकुमार राई
५) महासचिव - पुर्ण बहादुर राई
६) सचिब - राजु राई
७) कोषाध्यक्ष - जीवन राई
८) सह कोषाध्यक्ष - दिल कुमार राई
९) संस्कृतिक संयोजक - सुक्र कुमार राई
१०) महिला बिभाग संयोजक - आशा राई लगायत १३ जना सदस्य सहित २३ जनाको कार्यसमिति चयन भएको छ।