काठमाडौं ।
बैदेशिक रोजगारीबाट फर्किएका युवा को हकहित को लागि आफू निरन्तर लागी पर्ने रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले बतएका छ्न ।
बिदेशबाट फर्केका युवाको पक्षमा वकालत गर्दै आएका अधिकारीले एमाले भएको स्पष्ट बताएका हुन । नेपालको रिटर्नी माइग्रेन्ट मुभमेन्टमा थप तरङ्ग पैदा लागी परेको बताए ।
स्वदेश फर्केकाको सीप, अनुभव र पुँजीलाई राज्यको समृद्धि प्राप्ति र स्वयं व्यक्तिको आर्थिक विकासमा टेवा पुयाउन रिटर्नी माइग्रेन्ट नेपाल को स्थापना गरेका थिए ।
अधिकारी यस्तो लेख्छन् :
" हामीले अधिकार कहाँ खोज्ने ?
जिवनका अत्यन्तै उर्जाशिल समय जुन सोच, जुन सिद्धान्त, जुन सङ्गठन र जुन अभियानका लागि खर्च गरेका छौँ हरकोहिले त्याहिभित्र आफ्नो अधिकार खोज्ने हो, त्याहिभित्र जिम्मेवारी प्राप्तिको लागि संघर्ष गर्ने हो, सामाजिक तथा राजनीतिक पहिचान र योगदानको निरन्तरता त्याहिभित्रबाट अघि बढाउने हो । युवा जहाँ पुगे नेपालका राष्ट्रिय दल त्याहि पुगेको छ, तिनका प्रवास संगठन त्याहि संचालित भएका छन्, श्रमका लागि बिदेसिएका हजारौं युवा आ-आफ्नो बैचारिक आस्था अनुसारका दलको सङ्गठन निर्माणमा सर्वत्र जुटेका छन् । राजनीतिक चेतना, सैद्धान्तिक आस्था र सामाजिक क्रियाकलापमा अग्रसरताको हिसाबले आफ्नो आस्थाको दलसंग जोडिइरहने यो कार्य सर्हानिय कार्य हो । तर युवालाई बिदेशमा पार्टी काम गर्न लगाएर स्वदेश फर्केपछि अन्देखा गर्ने छुट कुनै राजनीतिक दललाई हुनु हुँदैन । प्रवासको पार्टी जिवनमा योगदान गरेर स्वदेश फर्केका युवाहरूलाई राजनीतिक जिम्मेवारी प्रदान गर्न देशका सबै दल अग्रसर हुनुपर्छ ।
बिदेशमा साङ्गठानिक काम गरि स्वदेश फर्केका हरकोहि पार्टीका साथी/सदस्यहरूले आ-आफ्नो दलभित्र जिम्मेवारी खोज्न शुरु गर्नुपर्छ । किनकि हाम्रो अनुभवले भन्छ, नीतिगत परिवर्तनका लागि पोलिटिकल मुभमेन्ट जरुरत छ ।
नेकपा (एमाले) को उपत्यका बिशेष प्रदेश कमिटीमा सदस्यको जिम्मेवारी प्राप्त गरिरहदा हामीले प्रवासमा रहँदा नेकपा (एमाले) को प्रवास संगठन प्रवासी नेपाली मञ्चको निर्माण, बिस्तार र ब्यबस्थापनको लागि खर्चिएको समय र बगाएको पसिनाको पहिचानको सान्केतिक प्रयास भएको अनुभव गरेका छौँ । सान्केतिक यस अर्थमा कि पार्टी जिवनमा जिम्मेवारी निर्वाह गर्नसक्ने हजारौं सक्षम साथीहरू अझै त्यसको पर्खाइमा हुनुहुन्छ ।
हामी प्रवासबाट फर्किएका सबै नेता कार्यकर्ताहरु अट्ने पार्टी कमिटीको आवस्यकताको पक्षमा छौ, त्यसको वकालत गरिरहेका छौं र तयारी पनि त्यही ढङ्गले गरिरहेका छौँ । अब त्यस कार्यका लागि यो जिम्मेवारीले थप मद्धत पुग्ने नै छ । नेकपा (एमाले)को ऐतिहासिक बिधान महाधिवेशनमा प्रतिनिधिको रूपमा हामी यो आवाजलाई थप बुलन्द गर्नेछौं ।
जिम्मेवारी प्राप्तिको लागि कहिँ न कहिँ बुझ्ने ब्यक्तिको जरुरत पर्ने रहेछ । हामीलाई बुझिदिनु भएकोमा र हाम्रो क्षमतामा बिश्वस्त भइ यो जिम्मेवारी प्रदानमा निर्णायक बनिदिनु भएकोमा नेकपा (एमाले) केन्द्रिय कमिटी सदस्य कमरेड माधब ढुङ्गेलप्रति त्यसैगरी कमिटीका अध्यक्ष कमरेड सुजिता शक्यप्रति हार्दिक आभार प्रकट गर्दछौं ।
नेपालको रिटर्नी माइग्रेन्ट मुभमेन्टमा थप तरङ्ग पैदा गर्न निरन्तर कृयाशिल रहन यो जिम्मेवारीले थप जिम्मेवार बनाएको अनुभुति भएको छ । सबैले सबैतिरबाट प्रयास गर्दा परिवर्तन सम्भव छ । धन्यवाद ।"