मुग्लानी खबर फागुन ८
कतारमा रहेका नेपाली दर्सक लाई मनोरञ्जन दिदै नेपाली कला,संस्कृति र सांगीतिक क्षेत्रलाई अझ फैल्याउने उदेश्यका साथ् आउदो मार्च ९ तारिक सुक्रबारको दिन कतारको सनैया स्थित ग्रान्डमल को सभाहलमा हुने भव्य सांगीतिक कार्यक्रम ‘ कुमारी बुम सुपर स्टार नाइट’ को तयारी भव्य रुपमा भईरहेको छ ।
उक्त कार्यक्रमलाई कतारको सक्रिय सस्थाको रुपमा चिनिएको सन्ध्याग्रुप अलखोर कतारले पनि भब्य र सफल पार्नको निम्ति आफ्नो क्षेत्र बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
हिजो सोमबारको दिन सन्ध्याग्रुको कार्यलयमा भएको छलफलमा आयोजक संस्थाको तर्फबाट कुमारी बुम रेमिट प्रमुख तथा कार्यक्रम संयोजक धिरेन्द्र पन्त र प्रविना रावलको उपस्तिथि रहेको थियो ।
त्येस्तै सन्ध्याग्रुपको तर्फबाट अध्यक्ष बिरेन्द्र कुमार याक्थुम्वा, संस्थापक अध्यक्ष तथा निर्देशक सुरज तामाङ,महासचिव सन्तोष के.सि,सदस्यहरु राज परियार,राजु बुधाथोकी,भेष धिमाल लगायतको उपस्तिथि रहेको थियो ।
कुमारी बैंक र बुम रेमिटको आयोजनामा हुने यस इभेन्टलाई यसअघि नै यूएइमा २ पटक ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ आयोजना गरिसकेको संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालि ले म्यानेज गरिरहेको छ ।
यो भब्य र सभ्य रुपमा हुनलागेको ‘साँस्कृतीक कार्यक्रम कतारबासि नेपालीहरु पर्खाइमा रहेका देखिन्छन कार्यक्रममा लामो समय देखि हाँस्यब्याङ क्षेत्रमा छुट्टै पहिचान बनाएका कलाकार जितु नेपालको वेजोड कमेडी प्रस्तुती रहनेछ भने नायिकाहरु निरुता सिंह, अनु शाहले नृत्य प्रस्तुत गर्नेछन ।
युवा ढुकढुकि पप गायक अनिल सिंह, गायक हरु यूवराज चौलागाई, सन्तोष राज, रित कुमार श्रेष्ठले दर्शकलाई आफ्नो गायकीको माध्यमबाट झुमाउनेछन् भने नेपाली हिट गीतहरु कुटुमा कुटु,सुर्के थैली जस्ता गीतमा गायन तथा संगीत दिइसकेका राजनराज शिवाकोटीले पनि पहिलो चोटि कतारमा आफ्नो बेजोड प्रस्तुति प्रस्तुत गर्नेछन । चर्चित लोकदोहोरी गायिका राधिका हमाल, पप गायिका एन्जिला रेग्मी, गायिका सेलिना कुँवरको साथमा चर्चित नृत्य निर्देशक तथा मोडल शंकर बीसीले आफ्नो प्रस्तुतीको माध्यमबाट स्टेज तताउनेछन् ।
कार्यक्रमलाई लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईले संचालन गर्नेछन ।
यो कार्यक्रममा टिकट काटेपछी पाइने फाइदा हरु ।
१) kumari Bank / Boom Remit मार्फत Alzaman Exchange बाट नेपालमा पैसा पठाउदा टिकटमा कतारी रियल १० छुट पाइने ।
२) Kantipur medical Center मा kumari Bank / Boom Remit को ग्राहकलाई उपचारमा ५०% छुट पाइने ।
३) SR Steels को छ्ड खरिडमा प्रती केजि रु ०.५० को ब्याबस्था छ भने SR Real Estate को जग्गा खरिदमा प्रती घर रू ५०००/ को छुट्को ब्याबस्था रहेको छ । साथै अन्य थुप्रै फाइदा रहेको आयोजकले जनाएको छ ।
कार्यक्रम हुने स्थान : ग्राण्डमहल सनैया