मुग्लानी खबर
५ फागुन २०७४ – दोहा
प्रवासी भुमी कतारमा रहेका तामाङ समुदायको साझा सस्था नेपाल प्रवासी तामाङ समाज कतारलाई तँन मन बचनले सहयोग गरी अडिग, विश्वसनीय स्वतन्त्र र सम्पूर्ण तामाङ जातिको साझा सस्थाको रुपमा स्थापित गर्न हर बखत आर्थिक भौतिक नैतिक सहित सल्लाह सुझाब दिनुहुने विशेष सल्लाहकार कुमार मोक्तान तामाङलाई हिजो शुक्रबारको दिन एक कार्यक्रमको बिच संस्थाले सम्मान गरेको छ ।
१२ बर्सको बैदेशिक रोजगारी कतारको बसाई पूर्ण रुपमा बिट मारी स्वदेश फर्किने भएपछी विशेष सल्लहाकार कुमार मोक्तान तामाङ लाई तामाङ समाज कतारले सस्था प्रति पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान पत्र प्रदान गरि " दोसल्ला " ओढाएर सम्मान गरेको छ भने मोक्तान लाई तामाङ समाज कतारको इतिहासमा पहिलो चोटि आजिवन सदस्य समेत प्रदान गरेको छ ।
भने म्येहेन्दोमा समाज दोहा कतारको तर्फबाट सम्मान पत्र सहित मायाको चिनो र म्येहेन्दोमाया पहिचान युक्त फेटा बाधेर सम्मान गरेको थियो । त्येस्तै कार्यक्रममा उपस्थित नेपाल प्रवासी तामाङ समाज,म्येहेन्दोमाया समाज र नेपाल तामाङ कलाकर संघ दोहा कतारका पदाधिकारीले नि खादा ओढाएर सम्मान गरेका थिए ।
सन २००६ देखि संस्थामा आबद्ध रहेका उनी सदस्य,उपाध्यक्ष,प्रमुख सल्लाहकार हुदै हाल विशेष सल्लाहकार रहेर संस्थाको सेवा गर्दै थिए भने तामाङ जातिको धर्म संस्कार सस्कृती मौलिक परम्परा रितिथितीलाई संरक्षण र समृद्धि को लागि अब्बल रहने उनि बौद्धिक ब्यक्तित्व समेत पर्दछन ।
कार्यवाहक अध्यक्ष तेज मोक्तान तामाङको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित अतिथी हरुमा बिदाई भएर जान लागेका कुमार मुक्तान तामाङ,प्रमुख सल्लाहकार थर्चा लामा,विशेष सल्लाहकार संखलाल तामाङ,माइला वाइवा तामाङ, म्हेन्दोमाया समाज कतारका अध्यक्ष कान्छाराम तामाङ,लामा गुरु गुर्व लामा लगाएतको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा अस्मिता तामाङ,अशोक श्याङतान,गौतम तामाङ,मिना तामाङ,गणेश अधिकारी,रोशन तामाङ,माइला वाइवा, तामाङ,सुमन लामा, संखलाल तामाङ, थर्चा लामा तामाङ लगायतले मन्तब्यको क्रममा बिशेष सल्लाहकार कुमार मोक्तानले संस्थालाई दिएको योगदानका कारण आज तामाङ समाज कतार यहाँ सम्म आएको बताए ।
तामाङ समाज कतारको हरेक सुखदुःखमा उनले दिलो ज्यान दिएर साथ,सहयोग, सुझाव दिदै सस्थाको लागी अतुलनीय र अमुल्य योगदान रहेको बताए ।
उन्ले सस्थाप्रति सुरुवात देखीनै इमान्दारिता पूर्ण जिम्मेवारी बहनमा कुनै विकल्प नराखेको बताए । सस्थाले आगामी दिनमा सधै उनको कमि महसुस गर्ने र सस्था प्रतिको माया स्नेह र जिम्मेवारीको विशेष चर्चा गर्दै संस्थाले मोक्तान लाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरी सम्मान गरिएको उनिहरुले बताए ।
हुन त बिदाइ सब्द आफैमा दु:खद लाग्ने भएपनि अन्तत कर्मभुमी कतारबाट आफ्नै जन्म भुमीमा जानु स्वागत योग्य हो । भोलिको दिनमा सबैजना यसरि आफ्नै जन्मभुमि मै फर्किनु पर्ने भन्दै मोक्तानले सोचेका हरेक कार्यमा सफलताको सिखर चुम्न सफल रहोस भन्ने सुभकामना ब्याक्त गरे ।
नेपाल रहेर पनि आफ्नो भाषा,धर्म सस्कारको,परम्परा,
रितिरिवज बचाउनको लागि सधैव अगाडि लाग्नु भन्दै सुखमय भविष्यको कामना गरेका थिए।
बिदाइ भएर जान लागेका सस्थाका विशेष सल्लाहकार कुमार मोक्तानले आफ्नो मन्तब्य राख्दै आफ्नो जातीको लागि केही गरौ भनेर नेपालमा पनि लागि पर्थे कतारमा आएपछी पनि तामाङ समाज कतारमा आवद्ध हुने अवसर मिलेपछि आफुलाइ अझ आफ्नो समुदाय लाई उजागर गर्ने साथ मिलेको बताए ।
नेपाल प्रबासी तामाङ समाज कतारले गर्दा आज धेरै कुरा सिक्न पाएको छु बुझ्न पाएको छु र विभिन्न पदहरुमा रहेर जिम्मेवारी बहन गर्न पाएको हुदा धेरै खुसी रहेको बताउदै तपाइहरुले जुन माया र स्नेह पूर्ण रुपमा सम्मान गर्नुभएको छ यो सम्मानको विश्वको जुन सुकै कुनामा भएपनि सधै ऋणी हुनेछु र यो सम्मान ले सस्थाप्रति अझै जिम्मेवारी थपिएको महसुस गरेको छु ।
साथै आगामी दिनमा पनि आफुले सक्ने हरेक साथ् सहयोग गर्न कुनै कसुर बाकी नराख्ने प्रण समेत ब्याक्त गरे | उन्ले आफू नेपालमा गएपछी तामाङ जातिलाई उजार्गन गर्न कुनै कसुर नराख्ने बताए ।
गाउँ गाउँमा गएर हराउन लागेको तामाङ संस्कार सस्कृतीलाई पहिचान गर्दै संरक्षण र सम्बर्द्धन गर्न कटिबद्ध तरिकाले लाग्ने छु मोक्तान ले भने ।
त्यसै गरि आफुलाइ यहासम्म आइपुग्दा हरेक तह र तप्कामा साथ् र सहयोग दिनु हुने विभिन्न सघ सस्थाका व्यक्तित्वहरु,अग्रज बुद्धीजीबी लगायत सम्पूर्णमा धन्यबाद दिदै तामाङ समाज कतारले सस्था स्थापना कालमा पहिलो चोटि आफुलाइ आजीवन सदस्य दिएको प्रती आभार प्रकट गर्दै तामाङ समाज कतारको उज्वल भविस्यको कामना गरे ।
अन्त्यमा कार्यक्रमका सभापती तेज मोक्तान तामाङले सस्थाका जिम्मेवार,सक्रिय हरेक समयमा आबस्याता पर्ने विशेष सल्लाहकार कुमार मोक्तान जस्तो बौद्धिक ब्याक्ती लाई बिदाइ गर्दा सस्थालाइ धेरै असरी परेको बताए ।
उन्ले सस्थालाइ दिएको योगदान लाई कहिले नभुल्ने बताउदै सुभयात्राको कामना गर्दै कार्यक्रममा उपस्तिथि हुने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दै समापन गरेका थिए । कार्यक्रमको सन्चालक महासचिव धिरेन तामाङ र स्वागत मन्तव्य दिर्तिय उपाध्यक्ष प्रकाश तामाङले राखेका थिए ।
।