झापा / कमल गाउँपालिका वार्ड ३ स्थित शहीद धर्म भक्त उच्च मावि केरखा सभाहलमा आसोज १ गते आदिवासीहरुको संस्कृति भूमि माथिको अधिकार सम्बन्धी अंतर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आदिवासी जनजाति महासंघ कमल गाउँपालिका परिषदको आयोजनामा कार्यक्रम उपाध्यक्ष अकल बहादुर गुरुङको अध्यक्षतामा आदिवासी जनजाति महासंघ (NEFIN ) झापा जिल्ला अध्यक्ष भरत श्रेष्ठको प्रमुख अतिथिमा संस्कृति भूमि माथिको अधिकार बारे एकदिने अन्तक्रिया कार्यक्रम भएको छ ।
सो कार्यक्रममा सहजीकरणको रूपमा मुख्य गरी अधिवक्ता भीम राई आदिवासी जनजातिहरुको भूमिको अधिकार बारे विश्व श्रम संगठन महा सन्धि न १६९ आदिवासी जनजातिको अधिकार स्पष्ट पार्दै सबैलाई अभिमुखिकरण गराएका थिए ।
अर्का वक्ता पूर्व झापा जिल्ला अध्यक्ष प्रेम घिसीङले आदिवासी मौलिक हक अधिकार बारे स्पष्ट पार्दै विगत देखि विवाद स्पद रहेका केहि प्रंसग निकाल्दै झापा कमल स्थित आदिवासी रंगशालालाई मदन भण्डारी नामाकरन गर्ने विषयमा विकासको नाममा विनाश तीर लागेको जस्ता कुरालाई प्रस्ट पार्दै कुनै पनि आदिवासी जनजातिहरुको विकासको नाममा ऐतिहासिक क्षेत्रमा भाषा संस्कृति र प्राकृतिक श्रोत साधन माथि सरकारले हस्तक्षेप गर्न गैक़ानूनी हुने बताएका थिए ।
अतिथीमा आदिवासी जनजाति महा संघ जिल्ला उपाध्यक्ष पाडप लाल चौधरी , शिवसतासी नगर उपाध्यक्ष भिम सुनुवार , शिवसतासी वाडा अध्यक्ष निर्मला प्रन्धान ,सुर्य प्रसाद याक्पादेन, सामाजिक व्यक्तित्व तथा प्रवास कतार संध्या ग्रुपका निवर्तमान अध्यक्ष वीरेन्द्र कुमार याक्थुंम्बा रहेका थिए ।
उक्त कार्यक्रम स्वागत मंतव्य शेलिना राईले गरेकी थिईन भने कार्यक्रमका सभापतिले समापन गर्ने क्रममा सबैलाई धन्यवाद दिदै आदिवासी जनजातिहरुको हक अधिकार बारे जून सुकै राजनैतिकमा आस्था राखे पनि पार्टी भन्दा माथि उठेर आफ्नो हक र अधिकार पहिचान स्थापित गर्न एक जुट हुनु पर्ने बताएका थिए भने कार्यक्रम संचालन NEFIN पूर्व झापा जिल्ला अध्यक्ष पारस राईले गरेका थिए ।