कतारमा कार्यरत गोर्खालीहरुको साँझा संस्था गोरखा सेवा कतारले जूम भर्चुयल एपबाट "राष्ट्र निर्माण र राष्ट्रियता बिकासमा प्रवासीको भुमिका" बिषयक अन्तरक्रिया कार्यक्रम नेपाल सरकारका पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा १७ सेप्टेम्बर,२०२१ शुक्रबारका दिन सम्पन्न गरियो ।
गोरखा सेवा समाज कतारको अध्यक्ष रामजी खत्रीको सभापतित्व रहेको उक्त कार्यक्रममा ने.क.पा. माओवादीका उपाध्यक्ष एबम पुर्व उप-प्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, गोरखा नगर पालिका प्रमुख राजन राज पन्त, पालुङटार नगर पालिका प्रमुख इ.दिपक बाबू कणेल, सहिद लखन गाउँ पालिका प्रमुख रेशम राना, भिमसेन थापा गाउँ पालिका प्रमुख ईश्वर पाण्डे, गण्डकि गाउँ पालिका प्रमुख होम बहादुर राना, धार्चे गाउँ पालिका प्रमुख, सन्तोष गुरुङ, सिरान्चोक गाउँ पालिका प्रमुख राजु गुरुङ, अजिरकोट गाउँ पालिका प्रमुख फडिन्द्र धिताल , चुमनुब्री गाउँ पालिका प्रमुख धन बहादुर गुरुङ, वारपाक-सुलिकोट गाउँ पालिका प्रमुख विष्णु भट्टलाई विषेश अतिथिका लागि निमन्त्रणा गरिएको कार्यक्रममा पालुङटार नगरपालिकाका नगर प्रमुख इ. दिपक बाबू कडेल र केहि गाउँ पालिका प्रमुखको कार्यक्रममा उपस्थिति रहेको थियो ।
यसै गरि विशेष अतिथीमा ग्लोवल गोरखा समाजका अध्यक्ष, गोरखा सेवा समाज नेपाल, एन.आर.एन. कतारको अध्यक्ष मो.मुक्तदा मुसलमान, गण्डकी प्रदेश समन्वय परिषद कतार, गोरखा सेवा समाज कतारका संरक्षकहरु, समाज कै पुर्व अध्यक्षहरु र विश्वका विभिन्न देशहरुमा स्थापना गरिएका गोरखा सेवा समाजका अध्यक्षहरुलाइ पनि विषेश अतिथीमा र गण्डकी प्रदेश भित्रका जिल्ला संस्थाहरु र संस्थाका सल्लाहकारहरुलाइ अतिथिमा आमन्त्रित गरिएको थियो भने कार्यक्रममा विभिन्न बक्ताहरुले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी पुर्व प्रधानमन्त्री तथा जनाता समाजबादी पार्टीको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले हाम्रो देश प्राकृतिक श्रोत र साधनले धनि भएता पनि आर्थिक, सामाजिक र सास्कृतिक रुपले अत्यन्तै कमजोरी भएको औल्याउदै देश र राष्ट्रमा बिकाश गरि समृद्ध नेपाल बनाउने हो भने हामिले राजनितिक दल र पार्टी भन्दा माथी उठेर देशको सर्वोपरि हितमा लाग्नु पर्ने सुझाउनु भयो । राष्ट्र निर्माणमा प्रवासिको मुख्य दुइवटा फ्याटर Push factor र Pull factor रहेको पनि बताउनु भयो !
यदि देश बिकाश र मुलुकलाई समृद्धि र सुशासनमा लैजानको लागि हो भने हामी ले Pull factor लाई रोज्नु पर्ने धाराणा राख्नु पर्नेमा जोड दिदै यि दुइमा कुन चाहिँ रोज्ने त्यो तपाइहरुको रोजाइमा निर्भर रहने बताउने ।
अर्को कुरा नेपालमा लगानी गर्नको लागि धेरै अवसर रहेको जस्तै नेपाल मै रहेको जल, जमिन र जङ्गललाई सहि सदुपयोग गरि औद्योगिक क्षेत्र, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र जलविद्युत जस्ता क्षेत्रमा तपाईंहरुले बिदेशमा बसेर आर्जन गरेका ज्ञान, सीप र धनलाई नेपाल मै लगानी गर्नु भयो भने देशले मनग्य आम्दानी गर्न सक्ने र देशले बिकास र समृद्धिमा छ्लाङ मार्ने र सुशासनको ब्यवस्था आउन सक्ने बताउदै विदेशमा आर्जन गरेको ज्ञान, सीप र धन मुलुकमा लगानी गर्न अनुरोध गर्नु भयो ।
पालुङ्टार नगरपालिका प्रमुख दिपक बाबु कडेलले संस्थाले गर्दै आएका विभिन्न सामाजिक कार्यको खुलेर प्रशंसा गर्नुका साथै आगामी दिनमा स्थानीय सरकारको साथ र सहयोग रहने धारणा ब्यक्त गर्नु भयो ।
संस्थाको प्रमुख संरक्षक बुधबल गुरुङ्गले अहिलेको यो विषम परिस्थितिमा प्रवाशिएका नेपालीहरुले स्थानीय निकायको प्राशानिक कानुन, योजना र प्रवाशीहरुलाई हेर्ने दृष्टिकोण जान्न र बुझ्न चाहना रहेको गोरखा सेवा समाज कतारले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम अत्यन्तै राम्रो र उत्कृष्ट रहेको तर जिल्लाका स्थानिय निकायको प्रमुखहरुको अनुपस्थितिले खिन्न बोध भएको भन्दै रोष प्रकट गर्नु भयो ।
संस्था कै संरक्षक श्रीकृष्ण भट्टराईले राष्ट्र निर्माणमा प्रवाशिको अहम भुमिका रहेको र यदि कुनै पनि क्षेत्रमा लगानी गर्दा राज्यले जिम्मेवारी लिने हो भने प्रवाशी नेपाली लगानी गर्न धेरै संख्यामा रहेको बताउनु भयो ।
संस्थाकै प्रमुख सल्लाहकार राकेश श्रेष्ठले गोरखा सेवा समाज कतारले आफ्नो जिल्लाको अनाथ असहाय बालबालिका, वृद्धवृद्धा र जिर्णोदार अबस्थामा रहेको भौतिक संरचनाहरुमा सहयोग पुर्याउने उद्देश्यले निर्माण गरिएको ने.रु. पच्चिस लाखको अक्षयकोषबाट हामीले बिभिन्न राहातका प्याकेजहरु ल्याएर गोरखा सेवा समाज नेपाल मार्फत बितरण गर्दै आएको बताउनु भयो र नितान्त भविष्यमा हामीले आफ्नै मुलुकमा लागनी गरि स्वोरोजगार बन्न सक्ने पनि बताउनु भयो ।
यसै गरि गण्डकी प्रदेश समन्वय परिषद कतारको उपाध्यक्ष सागर पौडेल र बाग्लुङ सेवा समाजका अध्यक्ष सन्तोष पौडेलले कतारमा गोरखा सेवा समाज कतारले आफ्नो छुट्टै पहिचान दिएको बताउनु भयो । आफू प्रवासमा रहदै गर्दा र गण्डकी प्रदेश समन्वय परिषद कतारको साथ सहयोग रहने पनि बताउनु भयो ।
गोरखा सेवा समाज कतारका अध्यक्ष रामजी खत्रीले सस्थाकविभिन्न सामाजिक संस्थाहरुसङ्ग हातेमालो गर्दै सामाजिक सद्भाव कायम राख्न, आत्मियता बढाउन अनि कुनै पनि अफ्ट्यारोहरु र संकटमा परेकाहरुको सहयोगको लागि संस्था स्थापना गरिएको भन्दै संस्थाको अबधाराणा पत्र प्रस्तुत गर्नु भएको थियो ।
यसै गरि बिगतका बर्षहरुमा जस्तै पृथक र परिस्थिति अनुसार यस्ता विभिन्न कार्यक्रमहरु प्रत्येक वर्ष आयोजना गर्दै आइ रहेको बताउदै गोरखा सेवा समाज कतार हातेमालो गर्दै सामाजिक सेवामा अगाडि बढ्नको लागि सम्पुर्ण गोर्खालीलाई अनुरोध गर्दै कार्यक्रम सफल बनाउनको निम्ति आफ्नो अमुल्य समय दिएर सहभागी हुनु हुने सम्पुर्णलाई आभार तथा धन्यवाद व्यक्त गर्नु भएको थियो ।