दोहा / ठकुरी सहयोग सन्जाल कतारको आयोजनामा नेपाली महिला हरुको महान पर्व हरितालिका (तिज)विशेष कार्यक्रम सम्पन्न भएको छ ।
मिति 2021/09/10 तारिख शुक्रबार सहयोग सन्जाल कतारले सम्पुर्ण नेपाली महिलाहरुको सम्मानार्थ " हरितालिका तिज" विशेष कार्यक्रम गर्दै उपस्थित महिला दिदिबहिनी हरुलाइ "दर" खुवायर कार्यक्रम गरेको हो ।
संस्थाका अध्यक्ष छ्म बहादुर चन्द (सुलभ) को सभापतित्व र NRNA NCC कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको प्रमुख आथित्यमा कार्यक्रम संचालन भएको थियो । त्येस्तै संस्थाका प्रमुख सल्लाहकार भरत मल्ल ठकुरी ,संरक्षक के बि हमाल ठकुरीको विशिष्ट आतिथ्यमा र उपस्थित महिला दिदिबहिनी लाई विशेष अतिथी को सम्मान प्रकट गर्दै कार्यक्रमको सुरुवात गरियको थियो।
विधिबत रूपमा उद्घाटन गर्दे सुरु गरिएको कार्यक्रममा उपस्थित सम्पुर्णलाई इन्दिरा साहले स्वागत मन्तव्य बाट स्वागत गरेको कार्यक्रममा उपस्थिति प्रमुख अतिथि तथा अन्य विशेष अतिथिबाट नेपाली महिला हरुको महान पर्व हरितालिका तीज पर्वको शुभकामना दिदै कोरोना कहरका बेलापनि नारीहरुको महान चाड हरितालिका तीजको आयोजना गरि प्रवासमा समेत दर खुवाउने अवशर जुटाई प्रवासी नारिहरुलाई माइत घरको तृष्णा मेटाई प्रशाम्सनिय कार्य गरेको भन्दै खुसी ब्यक्त गरे ।
पछिल्लो चरणमा हरितालिका तिजलाई मनाउने तरिकामा परिवर्तन आउनका साथै देखा-सेखी गर्ने चाडकै रुपमा महिला दिदिबहिनीले डोर्याउदै आएको प्रती चिन्ता व्यक्त गर्दै। परम्परागत धर्म, सस्कार, सस्कृतिलाई जोगाउन सबैजना सचेत हुनु पर्ने बताए ।
उक्त कार्यक्रममा ठकुरी सहयोग सन्जाल कतारको तर्फबाट गैर आवासीय नेपाली संघ,रास्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान र संघ कतारका सचीव तथा सन्जालका बरिस्ठ सल्लाहकार दिपजङ्ग शाहलाई खादा ओढाएर विशेष सम्मान गरिएको थियो ।
करिब एकसय जनाको उपस्थिति रहेको कार्यक्रममा उपस्थित कलाकार हरु द्वारा साङ्गितिक प्रस्तुति राख्दै मनोरञ्जन तुल्याएका थिए । कार्यक्रममा सभापति चन्दले मन्तव्य राख्दै कोरोनाका कारण बृहत कार्यक्रम गर्न मन हुँदा पनि नसकिएको बताए आगामी दिनमा अवस्था सहज भएको खन्डमा अरु बृहत कार्यक्रम गर्ने बताउदै उपस्थिति सम्पुर्णमा धन्यवाद प्रकट गर्दै कार्यक्रमको समापन गरे ।कार्यक्रमको सहजीकरण समाजका महासचिव खगेन्द्र शाही ठकुरी र संयोजन अस्मिता मल्लले गरेका थिए ।