मुग्लानी खबर
२९ माघ २०७४ सोमबार
खाने मुखलाई जुघाले छेक्दैन” यो नेपाली उखानको बास्तबिकता कतारमा बिगत एघार साल देखी बैदेसिक रोजगार कतारमा आबद्ध नवलपरासी निबासी सृजनसिल र संघर्षसिल युवा अर्जुन शर्माले सिद्द गरि दिएका छन्| बाल्यकाल देखी नै समाजलाई केही दिनु पर्छ भन्ने मनोभावना बोकेका शर्माले मुग्लान बसाइको शिलसिलामा नेपाली कथानक चलचित्र “ड्रिम गर्ल” निर्माण गरेका छन्|
गरे के हुदैन र? सात समुन्द्र पारि बाटै पनि देश र समाज को लागि केहि गर्न सकिदो रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण पनि साबित भएको छ नेपाली कथानक चलचित्र "ड्रिम गर्ल"| हालै छायांकन सकाएर पोस्ट प्रोडक्सनको काममा जुटेको ड्रिम गर्ल चलचित्रका निर्माता अर्जुन शर्माले “ड्रिम गर्ल” चलचित्रको निर्माण संगै बैदेशिक रोजगारबाट आफुलाई चलचित्र उधोगमा समाबेश गरेका छन् भने हालै कलाकारहरुको जम्बो युनिट लिएर थाइलेडंमा छायांकन सकेर कतार फर्किएका छन्|
थाइलेन्डको विभिन्न मनोराम दृश्यमा समेत छायांकन गरिएको यो चलचित्रलाई अर्जुन शर्माले अत्यन्तै महत्वाकांक्षी प्रोजेक्टको रुपमा हेरिएको बताएका छन्| यस चलचित्र निर्माणमा चलचित्र निर्देशक ऋषि राज आचार्यले साथ् दिएका छन् भने दक्षिण भारतीय कम्पनी रील एंड रिअल चलचित्र कम्पनीको सहयोगमा निर्माण हुन लागेको यो चलचित्रका सह निर्माता रामेश्वर धिताल रहेका छन्|त्यसै गरी चर्चित बरिष्ठ संगीतकार अर्जुन पोखरेलले संगीत दिएका छन् भने नृत्य निर्देशन गम्भीर बिष्टको रहेको छ ,कुशल फाइट निर्देशन सम्राट बस्नेतले गरेका छन् | चलचित्र “ड्रिम गर्ल” को कथा वस्तु भने प्रेम कथामा आधारित रहेको छ |यो चलचित्रमा बिगत लामो समय देखी चलचित्र क्षेत्रमा दख्खल भुमिखा निर्बाह गरिसकेका कुशल कलाकारहरुको अभिनय रहेको छ|
जसमा चर्चित कलाकारहरु आकाश श्रेष्ठ,आश्मा गिरि,विल्सन बिक्रम राइ (तक्मे बुढा),अर्जुन श्रेष्ठ,सरोज खनाल,लक्ष्मी गीरी ,पुजा पराजुली,रुप सुबेदी, निर्मल शर्मा(गैडा) र शुरबिर पण्डित (दारी बा )को मुख्य भूमिकामा कुशल अभिनय निर्बाह गरेका छन्| यो चलचित्रको छायांकन भने काठमाण्डौ, ललितपुर, मुगुको(रारा) को अति सुन्दर दृश्यमा लिएको छ भने बिदेशमा थाइल्याण्डको विभिन्न सुन्दर दृश्यमा छायांकन गरिएको छ| चलचित्र “ड्रिम गर्ल”का निर्माता अर्जुन शर्मासंग यो चलचित्र निर्माणलाई कुन रुपमा लिनुभएको छ भन्ने प्रश्नमा चलचित्र उधोगमा व्यवशायिक सुरुवात तथा सामाजिक उत्तरदायित्व बहन दुवै रुपमा लिएको र यसले आम दर्शक को मन समेत जित्ने र एक चोटी सबैले हेर्न नछुटाउन सम्पूर्ण देश विदेशमा छरिएर बस्नु भएका नेपाली दाजुभाई तथा दिदि बहिनीहरुलाई मुग्लानी खबर मार्फत बताएका छन्|यो चलचित्र आउदो २०७५ सालमा रिलिज हुने समेत जानकारी निर्माता अर्जुन शर्माले जानकारी दिएका छन|