गोरखा सेवा समाज, कतारले "राष्ट्र निर्माण र राष्ट्रियता बिकाशमा प्रवासीको भुमिका बिषयमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
बिगत बर्षहरुमा मानवता प्रवर्द्धन, व्यक्तित्व बिकाश र नेतृत्व बिकाशका साथै असल समाज निर्माण अभिष्टका साथ उत्प्रेरणात्मक कार्यक्रम गर्दै आएको यो संस्थाले आफ्नो स्थापना कालदेखि नै गृह जिल्ला गोरखा र प्रवास भुमी कतारमा विभिन्न सामजिक गतिविधिमा महत्त्वपूर्ण भूमिकामा सामाजिक कार्य सम्पादन गर्दै आएको अवगत नै छ l
केहि समय देखि बिश्वमा फैलिएको कोरोना महामारीको विषम परिस्थितिका कारण संस्थागत गतिविधि सञ्चालनमा कठिनाइ उत्पन्न भएता पनि संस्थाले आफ्ना सामाजिक अभियान र संस्थागत गतिविधि बाट संस्थालाई सक्रिय बनाई राख्न र समाजका हरेक तह र तप्का सम्म पुग्न वर्तमान कार्यसमितिको कार्ययोजना अनुरुप अन्तरक्रिया कार्यक्रम गर्ने भएको हो ।
कार्यक्रम नेपाल सरकारका पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्य का साथै पुर्व उप-प्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठको बिशेष आतिथ्य र स्थानिय सरकार प्रमुख, ग्लोबल गोरखा समाजका प्रमुख, बिश्वका विभिन्न राष्ट्रमा स्थापित गोर्खाली समाजका प्रमुख, गोरखा सेवा समाज नेपालका प्रमुख, गोरखा सेवा समाज कतारका सस्थापक संरक्षक , प्रमुख संरक्षक, संरक्षक, प्रमुख सल्लाहकार , सल्लाहकार, पुर्व अध्यक्ष, पुर्व सल्लाहकार र पुर्व पदाधिकारी एवम् सदस्य, आजीवन सदस्यका साथै साधारण सदस्यहरुको बिशेष उपस्थितिमा "रास्ट्र निमार्ण र राष्ट्रियता बिकाशमा प्रवासीको भुमिका" बिषयमा अन्तरक्रिया कार्यक्रम बिद्युतिय माध्यम (जुम) मार्फत आयोजना गर्न लागिएको जानकारी संस्थाका अध्यक्ष रामजी खत्रीले दिनु भयो l
उक्त कार्यक्रम १७ सेप्टेम्बर, २०२१ शुक्रबारका दिन नेपालको समय ३:०० बाट शुरु हुने र कार्यक्रम सहभागिताको लागि अनुरोध सहित निमन्त्रणा पत्र पनि सम्बन्धित सम्पुर्ण पठाइसकिएको जानकारी महासचिव बिकाश श्रेष्ठले जानकारी गराउनु भयो ।
बिद्युतिय माध्यम (जुम) :
Join Zoom Meeting
https://us02web.zoom.us/j/87831366664?pwd=TCtVWEVmcW9tVGJtdXh5cmYzU0dvZz09
Meeting ID: 878 3136 6664
Passcode: gorkha