मुग्लानी खबर
विजयकुमार अधिकारी, केरखा नेपाल : सनिबार 10/02/2018
कारितास नेपाल र कमल गाउँपालिका स्तरीय मूल कृषक समूहकाे सहयाेगमा कमल गाउँपालिका कृषि विकास शाखाबाट झापा जिल्ला कमल गाउँपालिका वडा नं. ३, केर्खाबजारमा अायाेजित कृषि मेला प्रदर्शनी अाज एक भव्य समाराेहका साथ सम्पन्न भएकाे छ।
कमल गाउँपालिका मूल कृषक समूहका अध्यक्ष श्री खम्बुसिंह कार्कीकाे अध्यक्षता तथा कमल गाउँपालिकाका अध्यक्ष श्री मेनुका काफ्ले पाेख्रेलकाे प्रमुख अातिथ्यमा सञ्चालित उक्त कार्यक्रममा कमल गाउँपालिकाका उपाध्यक्ष श्री वेणु शिवाकाेटी, जिल्ला कृषि विकास कार्यालय, झापाका अधिकृत श्री राजेन्द्रप्रसाद खरेल, कमला मदनअाश्रित स्मृति मा.वि., क्याम्पाका प्रधानाध्यापक श्री हिमप्रसाद दाहाल, सरस्वती मा.वि., रङपुरका प्र.अ. श्री दुर्गा सेडाईं, कमल गाउँपालिकाका प्रशासकीय अधिकृत श्री युवराज ढकाल, कमल-३ का वडाध्यक्ष श्री नरप्रसाद दंगाल लगायतका विशिष्ट व्यक्तित्वहरूकाे समेत उपस्थिति रहेकाे थियाे।
जिल्ला कृषि विकास कार्यालयका अधिकृत श्री राजेन्द्रप्रसाद खरेल, महेन्द्र रत्न मा.वि., समयगढका शिक्षक श्री विजयकुमार अधिकारी लगायतकाे चार सदस्यीय निर्णायक समितिबाट प्रदर्शनीमा रहेका अन्न, फलफूल, तरकारी, मसला अादि कृषिजन्य ताजा उत्पादित वस्तुहरूकाे अवलाेकन गरी उत्कृट प्रदर्शनीकाे मूल्याङ्कन गरिएकाे थियाे।
विविध स्टलहरूमा रहेका छुट्टाछुट्टै समूहका बिरुवा तथा वस्तुहरूकाे प्रदर्शनीमा स्टलै पिच्छेकाे प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने कृषक वा कृषक समूह छनाेट गरिएकाे थियाे । उत्कृष्ट नतिजा ल्याउने कृषकलाई स्प्रेयर लगायतका अाकर्षक पुरस्कारहरू प्रदान गरिएकाे थियाे । कार्यक्रममा कृषकहरूले कृषिसँग सम्बन्धित गीतहरू गाउनुका साथै नृत्यहरू समेत प्रस्तुत गरेका थिए।
बिहानी कला केन्द्र, दमकमा सङ्गीत प्रशिक्षण लिइरहेकी निहारिका अङ्ग्रेजी स्कुल, केर्खामा कक्षा १० मा अध्ययनरत विद्यार्थी कुसुम दाहालले 'एउटा परदेशी अाई साेध्याे मेराे शुभ नाम..' बाेलकाे अाधुनिक गीत गाउँदा कार्यक्रम स्थलमा साङ्गीतिक राैनक उत्कर्षमा पुगेकाे थियाे।
अाइपिएम कृषि प्राविधिक श्री टङ्क कट्टेलबाट बढाे राेचक ढङ्गमा सञ्चालित उक्त कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षज्यूले कृषकहरूलाई अाअाफ्ना सारगर्भित मन्तव्यहरूबाट कृषिमा सुधार ल्याउनकाे लागि हाैसला प्रदान गर्नुभएकाे थियाे ।
समग्रमा भन्नुपर्दा अाजकाे कृषि मेला कार्यक्रम अत्यन्त अाकर्षक, प्रभावकारी र फलदायी रहेकाे पाइयाे ।
अाजकाे कार्यक्रमका केही तस्बिरहरू......