दमाम , साउदी अरब ।
गैर आवासीय नेपाली संघ साउदी अरबको मध्यपूर्व क्षेत्रीय संयोजकमा राजेन्द्र अर्यालले उम्मेदवारी घोषणा गरेका छन् ।
सामाजिक कार्य प्रति रुचि राख्ने अर्यालले संघको आगामी कार्यकालका लागि संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन्। सन् २०१३ बाट अर्याल एनआरएनए अभियानमा निरन्तर क्रियाशिल देखिन्छन् ।
“सुरक्षित, मर्यादित वैदेशीक रोजगार र श्रम मैत्री अभियान हाम्रो सरोकार।” भन्ने मुल नाराका साथ अगामी एनआरएनए आईसीसीको २०२१-२०२३ कार्यकालको लागी मध्यपूर्व संयोजकमा उम्मेदवार घोषणा गरेका हुन ।
दमाम शहरमा आफ्नै व्यवसाय गर्दै आएका पाल्पा जिल्ला रम्भा गाउँपालिका-१, असेर्दीका अर्याल सन् १९९९ नोभेम्बरमा साउदी प्रवेश गरेका थिए ।
उम्मेदवार राजेन्द्र अर्यालको घोषणापत्र :-
१.राहत र उद्दार कार्यमा सदैव तत्पर रहनेछु ।
२.बैदेशिक रोजगार ऎन २०६४ लाई पुर्णरूपमा कार्यान्वयन गर्न/गराउन सरोकारवालाहरू सँग पहल गर्नेछु ।
३.एनआरएनए द्वारा संचालित परियोजनामा मध्यपूर्बका आप्रबासिहरूलाइ लगानि गर्न प्राथमिकताका आधारमा सुअबसर प्रदान गर्न पहल गर्नेछु ।
४.अन्य सामाजिक संघ/संस्थासँग मिलेर सहकार्य गर्नेछु ।
५.अन्तराष्ट्रिय समन्वय परिषद र मध्यपूर्बका एनसिसिसँग सहकार्य गरेर कार्य योजना बनाइ कार्यदिशा तय गर्नेछु ।