प्रदेश १ झापा जिल्लाको कमल गाऊँपालिका स्थित भर्खरै नवगठित वार्डा न १,२ को कार्य समिति र दलित शिल्पी लगायत वाड बासीहरु माझ संघीय लोकतांत्रिक राष्ट्रीय मञ्च संम्बद्ध संघीय लिम्बुवान मञ्च , नेपाल कमल गाऊँपालिका वार्ड नं १ बाँसबारीका अध्यक्ष लाल सिंह केरुङको अध्यक्षतामा आयोजित प्रथम भेटघाट तथा संगठन विस्तार कार्यक्रमको अन्तरकृया कार्यक्रम मञ्चका केंद्रीय उपाध्यक्ष ज्ञान बहादुर इम्बूङको प्रमुख आतिथ्यतामा भव्यताका साथ सम्पन्न भएको छ ।
घोषित रूपमा कार्यक्रम भदौ १२ गते बिहानको १२ बजे गर्ने भनिएपनि बिहानै भारी वर्षाले तोकिएको समय भन्दा २ घण्टा ढिलो भएको थियो ।
राष्ट्रीय गान र शहीदहरु प्रति मौनधारण गर्दै कार्यक्रम सुरुभएको थियो । प्रमुख अतिथि ज्ञान बहादुर इम्बूङले सम्बोधन गर्दै संघीय लोकतांत्रिक राष्ट्रीय मञ्च पार्टी प्रति प्रस्तावित मुद्दा एजेंडा बारे स्पष्ट पार्दै संबंद्ध रहेको १०+१ प्रान्त प्रान्तीय / क्षेत्रीयहरुको आकाक्षा भनेको पहिचान सह अस्तित्वलाई बचाई राख्नु राष्ट्रीय प्रवाह सम्म पुराउन स्थापित गरेको हुन्छ ।
देशभर पहिचानवादीहरु एकजुट भई आफ्नो अधिकार पहिचान सुनिश्चित गर्न मञ्चले संगठन विस्तार गर्दै देश व्यापी रूपमा अघि बढ़ी रहेको बताउदै एउटा जातिय नभएर भुगोल विशेष लिम्बु जातिको सादिक़ अर्थमा ऐतिहासिक पहिचान रहेकोले यसलाई विशुद्व जातिय रूपमा नहेरेर लिम्बुवान भित्र सबै जातिय र भाषिक धार्मिकहरुलाई एकै ठाऊँ जोड़ने अन्य प्रान्तहरु संग जोड़ने बलियो राष्ट्र अखंडता भएकोले अब हामीले माथि त्यस्तो जातिय संकृण आरोपहरु अब जनताले बुझ्न थालेको बताउदै नेपाल अधिराज्यभरी आफ्नो चुनाव चिन्ह दाप सहितको खुकुरी सबै प्रान्तीयहरुमा रहेको बताए ।
त्यस्तै अर्का प्रखर वक्ता मञ्चका उपमहासचिब भानु भट्टाराईले पहिचान र सह अस्तित्व समावेशी लोकतंत्र प्रणाली अनुरूप लिम्बुवान नै वैल्कपिक शक्ति रहेको र देशमा ठुला दलहरुले नातावाद ,भ्रष्टाचार र अपराधीक गतिविधिहरु बढ़ाउदै असवैधानिक कदम र जनता प्रति दिएको धोका अब जनताले बुझिसकेको बताए ।
त्यस्तै स्थानीय व्यक्तित्व वीरेन्द्र कुमार याक्थुम्बा ले कमल गा.पा कार्य समिति सक्रियता र L.V कमाण्डको साथमा कमल गाउँपालिकाको सामाजिक हरेक गतिविधिमा प्रभावकारी रूपमा आफ्नो गतिविधि बडाएको देख्दा संघीय लिम्बुवान मञ्चले आफ्नो क्षेत्रमा विगत भन्दा धेरै सचेत पूर्वक अघि बढेको र आउदो स्थानीय चुनावमा त्यसको नजीता निश्चित रुपमा गुणात्मक फड़को मार्ने आफ्नो अनुमान रहेको बताउदै आयोजकलाई धन्यवाद दिएका थिए ।
अतिथिमा मञ्चका केंद्रीय सचिवालय सदस्य बल नाथ नाल्बो , केंद्रीय सदस्य सूर्य प्रसाद यक्पादेन , केंद्रीय सदस्य साजन मोते , l.V केंद्रीय उपकमाण्डर तथा कमल इंचार्ज बसन्त राज योङहाङ , जिल्ला अध्यक्ष धन बहादुर प्रन्दाक , सचिव राज आङ्थुपो , जिल्ला सदस्य नरेन्द्र लावती , छत्र साउदेन , वार्ड अध्यक्ष रमेश खड़का , हर्क साउदेन , इन्द्र सादेम्बा , तेजु लिम्बु लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रम स्वागत मन्तब्य कमल अध्यक्ष अम्मर माबोहाङ लिम्बुले गरेको थिए भने कार्यक्रम संचालन कमल सचिब बिजेन्द्र मेंनाङम्बोले गरेको छन् ।