मुग्लानी खबर
डम्बर मिसेक दोहा,४ फेब्रुअरी २०१८
२ फेब्रुअरी २०१८का दिन संघीय लिम्बुवान सामाजिक मञ्च कतारले, सहानीय स्थित अलदोशरी पार्कमा मञ्चको बार्षिक उत्सव तथा बनभोज कार्यक्र भव्यताको साथ सम्पन्न गरेको छ ।
मञ्चका अध्यक्ष नरेन्द्र एभेङको सभापतित्व रहेको सो कार्यक्रममा अलदोसरी जू एण्ड गेम्स रिर्जवका मालिक शेख महमोद अलदोशरी, कतारका लागि भारतीय राजदुत महामहिम पि.कुमारन विशेष अतिथिका रुपमा रहेका थिए भने, कियाचु कतारका अध्यक्ष राजेन्द्र साम्याङखाम, गैर आवसीय नेपाली संघ कतारकी पुर्व महिला विभाग प्रमुख संगीता थिङ लामा, समाजसेवीदय लोक बहादुर राई, श्याम नेपाली, सलिसाम कतारका विशेष सल्लाहकार धनप्रसाद सावा, सलिसाम महिला विभाग प्रमुख प्रमिला बस्नेत, उमसलाल अलिका क्षेत्रिय उपाध्यक्ष सिताराम थेवे, सइलिया ३का अध्यक्ष ज्ञानेन्द्र लिङदेन, सइलिया ९९का अध्यक्ष सुरेश नेम्बाङ, सलोराम ताप्लेजुङ सिदिङवाका पुर्व उपाध्यक्ष लक्षमण बेघा, मंगलसिं वनेम लगायत अतिथि रहेको सो कार्यक्रममा उपाध्यक्ष जगदिश ढुंगेलले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्य बारेमा प्रकाश पारेका थिए । दुई चरणमा गरिएको कार्यक्रममा उपमहासचिव सुमन सहयात्री योङहाङले औपचारिक र सचिव तथा प्रवक्ता प्रेम हुक्पाचोङबाङले सांस्कृतीक कार्यक्रम संचालन गरेका थिए ।
उपाध्यक्ष ढुंगेलले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्यलाई प्रकाश पार्ने क्रममा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालले भर्खरै मात्र सम्पन्न भएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा प्रदेशनं. १ (लिम्बुवान, किरात खम्बुवान) बाट जनताको अमुल्य मत द्धारा समानुपातिक तर्फ १ सिट सुरक्षीत गरि, पार्टिको गरिमालाई थप उच्चाईमा पु¥याउन सफल भएको र उक्त सफलताको विशेष श्रेय देश–विदेशका सहयोगि, शुभचिन्तक, शुभेच्छुक हरु भएको भन्दै सबै सहयोगिहरु प्रति हार्दिक कृतज्ञता प्रटक गर्दै, मञ्च कतारले उक्त खुसियाली संगै, बार्षिक उत्सव तथा तेस्रो– रमाइलो बनभाज कार्यक्रम गरेको बताए । कतारका लागि भारतीय राजदुत महामहिम पि.कुमारन विभिन्न देशका सांकृतीक झाकीहरु अवलोकन गर्ने क्रममा सलिसाम कतार द्धारा आयोजित कार्यक्रममा पनि उपस्थित भएका हुनाले उनलाई बिशेष आतिथ्य गराइएको हो । राजदुतले शुभकामना मन्तव्यको क्रममा नेपाल भारत विचको सम्बन्ध छिमेकी राष्ट्रमात्र नभएको धार्मिक, सांस्कृतीक र सामाजिक रुपले पनि दुईदेश बिचको सम्बन्ध नजिक भएकोले पनि नेपाली संस्कार, सांस्कृती प्रति मोहित हुने बताए ।
यसैगरि शुभकामना मन्तव्यकै क्रममा शेख महमोद अल–दोसरीले, अल–दोशरी जू को सुन्दरतामा सुगन्ध थप्ने काम नेपाली समाजले गरि रहको, हरेक हप्ता नेपाली समुदायको विविध सांस्कृतीक झाकी सहित कार्यक्रमहरु भई रहने भएकाले, पार्कको आकर्षणको अर्को महत्वपुर्ण पात्र नेपाली समुदाय भएको भन्दै, नेपाली समाज प्रति सम्मान व्यात्त गरेका थिए । सन्दिप लिम्बु, होम फियाक, सान्ता बान्तवा राई, ज्ञानेन्द्र लिङदेन, सुक्दल लिम्बुको लोक तथा आधुनिक गित, मनकुमार जबेगु, बिक्रम फियाक, बिष्णु ताम्लीङ को दम्दार नृत्य, राज सिसाम, सुमन सहयात्री योङहाङ, टंक सर्मा पौडेल को अराजक साहित्यीक रचनाले कार्यक्रमलाई थप रोचक बनाएको थियो । पृथक ढंगले आयोजना गरिएको रमाइलो बनभोज कार्यक्रमलाई सफल बनाउन व्यावस्थापन पक्ष देखि लिएर हरेक क्षेत्रबाट सहयोग पु¥याउने, सहभागी सबैमा कार्यक्रम संयोजक तथा उपाध्यक्ष रेखा राईले कृतज्ञता प्रकट गरेकी थियीन भने, सभाध्यक्ष एभेङले कार्यक्रमको अनत्यमा सलिसाम कतारको मात्रृ संगठन संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चल नेपाल ले नेपाली जनतालाई नेपाली फिलोसोफी, नेपाली सोच सिद्धान्त बाटै बिकास गर्नु पर्छ भन्ने सिद्धान्तका आधारमा देशलाई निकास दिन खोजिरहेको अवस्थामा देश विदेशमा रहेका परिर्वन र विकास चाहने युवा शक्तिहरु यस संगठनको झण्डा मुनि उभिन अति आबश्यक भएको, यसरी स्वदेशी सिदान्तका आधारमा चल्न सकेमात्र देशमा दिघो शान्ति, विकास र समृद्धी हुन सक्ने नत्र, देश र जनता सधै राजिनितिक अस्थिरता, बेरोजगारी जस्ता समस्याको सिकार बनि रहनु पर्ने भनाई राख्दै कार्यक्रमको समापन गरेका थिए |