सुनिता मोक्तान / जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रबास संगठन समिति नेपाली समाज (NeSo) इजरायलको ऐतिहासिक प्रथम अधिवेशन तथा दोस्रो स्थापना दिवस एवं समाजवादी गित विमोचन कार्यक्रमक गत शनिबार भव्य र सभव्यरुपमा सु-सम्पन्न भएको छ ।
जसपा इजरायलका अध्यक्ष सुन्दर सिं तामाङको सभापतित्व संघिय परिषदका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो
त्येसै गरि नेपाली राजदुतवास इजरालकि महामहिम राजदुत डा.अन्जान शाक्य,जसपा नेपालका केन्द्रिय सदस्य तथा प्रबास विशेष प्रदेश समितिका इन्चार्ज आङकाजी शेर्पा , जसपाका केन्द्रिय सदस्य तथा प्रबास विशेष समितिका अध्यक्ष धन गुरुङ,NeSo २१देशका अध्यक्ष, स्थानीय राजनितिक संगठनका अध्यक्ष तथा प्रतिनिधि,नेपाल आदिवासी जनजाती महासघ इजरायका प्रतिनिधि साथै विभिन्न सामाजिक धार्मिक संघ संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।
बिधिवतरूपमा उद्घाटन पश्तात शुरु गरिएको कार्यक्रममा विभिन्न संघ संस्थाका तर्फबाट विभिन्न व्यक्तित्वहरूले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि भट्टराईले जसपा इजरायलले गरेका कार्यहरुको चर्चा गर्दै, अहिले कोरोनाको विषम परिस्थितिमा पनि दोस्रो अधिबेशन सफलता पुर्वक सम्पन्न गरेकोमा धन्यवाद दिदै सम्पुर्ण लोकतान्त्रिक देशभक्त अग्रगामी शक्तिहरु एक जुट हुनको निम्ति आग्रह गरे । साथै जनताको बलिदान बाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै थप अधिकारको लागि संघर्ष जारी राख्नुपर्ने बताउदै नयाँ कार्यसमितिलाई बधाई सहित शुभकामना ब्यक्त गरे ।
कार्यक्रममा नव पार्टी प्रबेशि हरुलाइ स्वागत गरिएको थियो भने विभिन्न मिडिया, संघ सस्था प्राविधिक र समाजसेवि लाई सम्मानित गरिएको थियो ।कार्यक्रम सहजीकरण अनिला मोक्तान तामाङ, उपस्थिति सम्पुर्णलाई बरिस्ठ उपाध्यक्ष कुमार पौडेलले स्वागत मन्तव्य बाट गरेका थिए । त्येसैगरि कार्यक्रमको संयोजक सहअध्यक्ष फुर्बा शेर्पा रहेका थिए ।
नयाँ कार्यसमितिको नामवाली:
१) अध्यक्ष अनिला मोक्तान तामाङ
२)उपाध्यक्ष -सन्तवीर ह्योलोपा (समीर)
३)उपाध्यक्ष सर्किनी लामा ह्योल्मो
४)उपाध्यक्ष -लाक्पा लामा शेर्पा
५)उपाध्यक्ष -दोर्जे शेर्पा
६)उपाध्यक्ष -फुलमाया लामा(सुनिता)
७)सचीव -छत्र बहादुर गोले (शंकर)
८)स.सचीव -पेम्बा डोल्मा लामा
९)स.सचीव -मीन कुमार लामा(मोक्तान)
१०)स.सचीव - सीता श्रेष्ठ (मनु)
११)कोषाध्यक्ष -गोमा कुमारी रेग्मी
१२)सहकोषाध्यक्ष -अनिता तामाङ
१३)दावा नाङकाङ तामाङ -सदस्य तथा ताम्सालिङ संयोजक
१४) दुर्गा देवि आङदम्बे सदस्य तथा लिम्बुवान संयोजक
१५)दावा काङनाङ तामाङ -सदस्य तथा ताम्सालीङ संयोजक १६)विमला श्रेष्ठ -सदस्य तथा नेवा:संयोजक १७)शम्भु घिसिङ तामाङ (निमा) सदस्य तथा युवा संयोजक १८)हिरामाया तितुङ तामाङ सदस्य तथा महिला संयोजक १९)प्रविण कुमार श्रेष्ठ -सदस्य
अन्य सद्स्य हरु : सुनिता श्रेष्ठ,लिलावती तामाङ ,चित्र कुमारी तामाङ - केशरी योन्जन तामाङ विनिता भट्टराई,जुनु घिसिङ तामाङ- इन्द्रवतिकला राई चेमजोङ,कमला तामाङ रहेका छ्न ।
प्रमुख सल्लाहकार -सुन्दर सिंह लामा तामाङ सल्लाहकार हरु : बालकुमार राई ,कल्पना मोक्तान तामाङ,सावित्री अधिकारी,फुर्बा शेर्पा शंकर कुमार पौडेल रहेका छ्न ।