नेपाल आदिवासी जनजाति महासंघ कतार द्वारा २७ औं विश्व आदिवासी दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । ।
गत १३ अगस्ट २०२१ शुक्रबारको दिन संस्थाका कार्यवाहक अध्यक्ष भाईकाजी गुरुङको सभातित्वमा, नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय अध्यक्ष जगत बहादुर बरामको प्रमुख आतिथ्यमा जूम भर्चुअलको माध्यमबाट कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख गोबिन्द छन्त्याल र नेफिन कतारका संस्थापक अध्यक्ष अमृत गुरुङ लगायत एनआरएन ए कतार, विभिन्न देशका नेफिन प्रतिनिधि,सस्थाका सल्लाहकार हरु, कतारमा स्थापित विभिन्न सामाजिक संघसस्था, महासंघमा आवद्ध मातृ संस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । साथै शुभकामना मन्तव्य पनि दिएका थिए ।
कार्यक्रममा उपस्थित सम्पुर्णलाई संस्थाका उपमहासचिव धिरेन तामाङले स्वागत मन्तव्यवाट स्वागत गरे साथै दिप प्रज्वलन, नेपाली राष्ट्रिय गान र आदिवासी गितबाट सुरु भएको उक्त कार्यक्रममा संस्थाका विशेष सल्लाहकार तथा पुर्ब अध्यक्ष देवराज राईबाट संस्थागत परिचय तथा गतिविधी र संस्थाका सल्लाहकार तथा पुर्व अध्यक्ष सियाराम चौधरीबाट संस्थागत अवधारणा तथा कार्यक्रमको औचित्य बारे प्रकाश पारेका थिए ।
२७ औं विश्व आदिवासी दिवसको शुभकामना आदान प्रदान गर्ने क्रममा नेफिन कतारको सम्पुर्ण मातृ संस्थाको तर्फबाट प्रवासी भुजेल समाज कतारका अध्यक्ष वीर बहादुर भुजेल, पत्रकार महासंघ कतारका सचिव अर्जुन पौडेल , नेफिन इजरायलका बरिस्ठ उपाध्यक्ष नानिमाया योन्जन तामाङ, नेफिन द कोरियाका अध्यक्ष युगेल तेन्डुप शेर्पा, नेफिन कतारका प्रमुख सल्लाहकार शिव कुमार भुजेल, गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष जैबी राई लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।
विशेष अतिथी नेफिन कतारका संस्थापक अध्यक्ष अमृत गुरुङ, नेफिन केन्द्रका उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख गोबिन्द छ्न्त्यालले बोल्दै आदिवासी जनजातिहरुको हक अधिकारको निम्ति अझ जुझारु भएर आन्दोलित हुनु पर्ने कुरामा जोड दिए ।
त्यसै गरि उक्त कार्यक्रमका प्रमुख अतिथी तथा नेफिन केन्द्रिय अध्यक्ष जगत बरामले बोल्दै कोरोनाको विषम परिस्थितिमा पनि कार्यक्रमलाई निरंतरता दिएकोमा महासंघ कतारलाई धन्यवाद प्रकट गरे, उन्ले आदिवासी जनजातीहरुको हक हितको निम्ति सधै आवाज बुलन्द पार्दै अगाडि बढ्नुपर्नेमा जोडदिदै आफ्ना भनाइ राखेका थिए ।
अन्त्यमा संस्थाका कार्यवाहक अध्यक्ष तथा सभापती भाइकाजी गुरुङले कार्यकमा उपस्थित सम्पुर्णलाई हार्दिक धन्यवाद ब्यक्त गर्दै कार्यक्रमको औपचारिक समापन भएको उक्त कार्यक्रम नेफिन कतारका महासचिव एकराज राईले संचालन गरेका थिए ।