दोहा / नेपाल तामाङ घेदुङ, प्रवास कार्यसमिति कतारको हिजो सम्पन्न दोस्रो अधिवेशनले नया नेतृत्वमा पाएको छ। इन्द्र बहादुर तामाङको नेतृत्वमा ३९ जनाको कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।
"तामाङ भाषा र संस्कृतिको संरक्षण गरौं, विश्वभरिको तामाङ एक हौं" भन्ने मुल नाराका साथ आयोजित नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारको ऎतिहासिक दोस्रो अधिवेशन- २०२१ तथा १७ औं विश्व आदिवासी जनजाती दिवस शुभकामना आदानप्रदान कार्यक्रम नेपाल तामाङ घेदुङ केन्द्रिय अध्यक्ष मोहन गोले तामाङको प्रमुख आतिथ्यमा Zoom (भर्चुअल) मार्फत हिजो सभ्य, भब्यरुपमा सम्पन्न भएको हो।
संस्थाका प्रमुख सल्लाहकार एवं २०२१ का निर्वाचन समितिका संयोजक बिनेस कुमार तामाङ साथै सदस्यहरुमा गोतबिर तामाङ र दिपेन्द्र घले तामाङ रहेका थिए भने नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजकले मातृ भाषामा सपथ ग्रहण गराउनु का साथै बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
कार्यसमिति पदाधिकारीहरुको नामवाली:
अध्यक्ष: ईन्द्र बहादुर तामाङ, वरिष्ठ उपाध्यक्ष: वाङज्यु लामा , उपाध्यक्ष हरुमा: सुमन कुमार लो तामाङ, सनक बम्जन तामाङ, फुर्वा तामाङ, महिला उपाध्यक्ष: कुमारी बेली गोले तामाङ (सबिता), महासचिव: विकास तामाङ सचिव डि.वि. तामाङ, निमा तामाङ कोषाध्यक्ष: लक दोर्जे तामाङ, राम कुमार तितुङ तामाङ, कार्यसमितिमा भातृ संगठनका पदेन सदस्यहरु, हिरे तामाङ (संस्कृति बिभाग) मिन कुमारी तामाङ (महिला बिभाग ) राम बहादुर तामाङ (तम्बा बिभाग ), रुद्र प्रसाद तामाङ रोशन ( लामा बिभाग), विशाल तामाङ (युवा बिभाग ) क्रमशः कार्यसमिति सदस्यहरुमा राजु गोले तामाङ, बुद्धि बहादुर तामाङ, टिका घिसिङ, सुर्जे वहादुर तामाङ, रोशन लोप्चन तामाङ ( लामा ), पुर्णमान तामाङ, सविता रुम्बा तामाङ, दावा तामाङ, अरुण योञ्जन तामाङ, भिम राज तामाङ, कान्छामान डिम्डुङ तामाङ, सन्त बहादुर तामाङ, सुन्तु तामाङ, विन्दा लामा, शुक बहादुर तामाङ, जिवन तामाङ, प्रमिला तामाङ, तप बहादुर मोक्तान, गोईजिन तामाङ विनय तामाङ, पञ्च कुमार मोक्तान, रविन्द्र स्याङ्बो तामाङ, साथै १ जना सदस्यको रिक्त रहेकोमा कार्यसमितिको बैठकले मनोनीत गर्ने निर्वाचन समितिका संयोजक बिनेश कुमार तामाङले जानकारी गराए ।
संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति एक्का प्रसाद तामाङ (योगेन्द्र) साथै अतिथिहरुद्वारा दिप प्रज्वलन तथा ब्यानर अनावरण गरी राष्ट्रिय गान श्रवण पश्चात विधिवद रुपमा औपचारिकता लिएको भर्चुअल कार्यक्रममा विशिस्ट अतिथि नेपाल तामाङ घेदुङ केन्द्रिय उपाध्यक्ष कुमार घिसिङ, आईटिसी का अध्यक्ष काजिमान तितुङ तामाङ, गैरआवासिय (आईसीसी) सदस्य केबी हमाल, लगायतले कतारमा रहेका विभिन्न सस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएका थिए ।
प्रमुख अतिथिले सन् २०१८ मा स्थापित कतार घेदुङले छोटो समयमा फड्को मारेको भन्दै खुसि व्यक्त गरे । केन्द्रले कोभिड १९ को विषम परिस्थिमा महाअधिवेशन गर्न नसकेको अबस्थामा प्रवासमा यसरी सभ्य-भब्य सफलता पार्नु एउटा चुनैतिपूर्ण कार्य हो यो ठूलो सफलता हो। साथै यस कार्यकालमा समुदायको लागि गरेका बिभिन्न सहयोग, सद्भाव, स्नेह स्वागतयोग्य रहेको भन्दै खुलेर प्रसंशा गर्दै निवर्तमान कार्यसमितिलाई बिशेष धन्यवाद तथा नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै केन्द्रले गर्नुपर्ने साथ सहयोग निरन्तर रहने अठोट बताए ।
सभापति एक्का प्रसाद तामाङ ( योगेन्द्र) ले भर्चुलमा उपस्थित प्रमुख अतिथि, विशिस्ट अतिथि गण, लगायत कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै प्रती धन्यवाद दिदै नयाँ कार्यसमितिलाई हार्दिक बधाई तथा जुझारु कार्यकालको लागि शुभकामना दिनुका साथै आफ्नो कार्यकालमा कोभिड - १९को महामारीमा विभिन्न चुनौतीहरुका बिच कार्यकाल सफलतापूर्वक सम्पन्न भएको मा खुसि व्यक्त गर्दै निवर्तमान कार्यसमितिले संस्थाप्रति बफादारी ,उतरदायित्व, तुलनिय रहेको बताउदै आभार तथा धन्यवाद प्रकट गरे । साथै आगामी दिनमा पनि निरन्तर सहयोग रहने प्रतिवाद्द्ता गर्दै कार्यक्रम समापन भएको थियो।
दोस्रो अधिवेसन कार्यक्रमका संचालक एवम संस्थाका सचिव बिकास तामाङ ले संस्थाको हरेक कार्यप्रगति विवरण वाचन गरेका थिए । साथै कार्यकममा निवर्तमान कार्यसमिति,कलाकार, सहयोगी संघसंस्था तथा घेदुङद्वारा आयोजित बिभिन्न सामाजिक, धार्मिक तथा सांकृतिक कार्यक्रमहरुमा योगदान पुर्र्याएका सहयोगीहरु सम्मानित भएका थिए ।