कोभिड- १९ महामारीको अबधिमा अग्रपंक्तिमा रहि समाचार सम्प्रेषण, खाध्यान्न बितरण लगाएत सामाजिक कार्यमा कटिबद्धताका साथ सह्रानिय कामको उच्च मूल्याकंन गर्दै मुग्लानी खबर अनलाईन मिडियालाई सम्मान गरिएको छ।
सुनौलो पाईला नामक संस्थाद्वारा अग्रपंक्तिमा रहेर काम गरेका पत्रकार र सञ्चार संस्थालाई बुधबार बिहान एक कार्यक्रमबीच सम्मान गरेको हो । ‘रोज बायोमेडिकल कन्सर्न’को सहयोगमा आयोजित उक्त कार्यक्रममा अनलाईन मिडिया मुग्लानी खबर लगाएत अन्य १० वटा सञ्चार संस्थाहरुलाई संस्थाकी अध्यक्ष रोजिना विष्ट ‘रोज’, बागमती प्रदेशका सांसद छिरिङदोर्जे लामा र गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेद्वारा संयुक्त रुपमा सम्मानपत्र र प्रेस ज्याकेट सहितले सम्मान गरिएको हो।
सुनौलो पाईला संस्थाका अध्यक्ष रोजिना बिष्टको सभापतित्व, बागमती प्रदेशका माननिय सांसद छिरिङ दोर्जे लामाको प्रमुख आतिथ्यता तथा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको बिशिस्ट आतिथ्यतामा भएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल,वडा न.३ का वडा अध्यक्ष राजेन्द्र भण्डारी,वडा न.५ का वडा अध्यक्ष नारायण सुवेदी लगाएतको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा भेनस नेशनल कलेजका क्याम्पस प्रमुख बोल्दै समाजप्रति असल मानवले गर्नुपर्ने कार्य गर्नुभएकोमा आयोजक सुनौलो पाइला तथा प्रायोजक रोज वायोमेडिकल कन्सर्न प्रालिलाइ धन्यवाद व्यक्त गरेका थिए।त्यसैगरी समाजसेवी जानुका भण्डारीले मानव भइसकेपछी राज्यको चौथो अंग लाई प्राथमिकतामा राखि कोभिड-१९ को महामारीमा अग्रपंक्तिमा खटिनुहुने पत्रकारहरुलाई राज्यले गर्नुपर्ने यो सुनौलो पाइले गरेको हुँदा धन्यबाद ब्यक्त गरेका थिईन।
मानव अधिकारबादी उत्तम पुडासैनीले सुनैलो पाइलाले चालेका सबैकाम सुनौलो नै रहेको बताएका थिए। ""गित गाएर यो देशमा म एउटा मानिस खोजिरहेको """ परिवार र आफ्नो ज्यानको बाजि राखेर खटीनुहुने पत्रकार संचार संस्थालाई संमान गर्नु भएकोमा धन्यबाद ब्यक्त गरेका थिए। मानव अधिकार प्रबर्द्धनका लागि उचित ब्यबस्थापन गर्नुपर्ने बताउदै गोकर्णेश्वर वडा न. ३ का वडा अध्यक्ष राजेन्द्र भण्डारीले सुनौलो पाइला संस्थाले समाजमा सुनौलो काम गर्दै आएको हुँदा सुनौलो पाईलालाई जग्गा वितरण गर्ने प्रतिबद्धता जनाएका थिए।
त्यसैगरि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालले सह्राणिय काम गरेको र अनाथ बालबालिका,अपांग,गरिब बिपन्न परिवारलाई मिडियाकर्मिद्वारा राहत बितरण गरि सहयोग गर्दै आएको बताए।हरेक समस्यामा पनि निडर भैई अग्रपंक्तिमा रहेर काम गर्ने संचार संस्थाहरुका लागि गोकर्णेश्वर नगरपालिकाद्वारा पनि सम्मान कार्यक्रम राखिने बताए।
संध्या फिल्म्स एन्ड मिडिया प्रालिका अध्यक्ष दिलमाया तामाङले बोल्दै मुग्लानी खबर अनलाईन मिडियालाई दिनुभएको यो माया र संमानको लागि सुनौलो पाइलाका अध्यक्ष समाजसेवी रोज बिष्ट, काठमाडौं क्षेत्र नम्बर ३ का समाजसेवी आदरणीय नेता तथा सांसद छिरिङ दोर्जे लामा ,गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे ,वडा अध्यक्षहरु लगायत सम्पुर्णलाई हृदयदेखि नै धन्यवाद व्यक्त गरेकी थिईन।उनले यो संमानले थप जिम्मेवारी र कृयाशील हुन मद्धत पुग्ने बताईन।
कार्यक्रमका बिशिष्ट अतिथी तथा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसलेले बोल्दै समाचार संकलन मात्र नभई समाजको अभिन्न अंगको रुपमा जस्तोसुकै संकटमा पनि हातेमालो गर्ने पत्रकार तथा सञ्चार संस्थालाई आफ्नो नगरबाट पनि छिट्टै सम्मान गरिने बताए । ‘राज्यले गर्नुपर्ने सम्मान एउटा संस्थाले गरेको छ, ‘यही नै सम्मानजनक छ ।’मेयर चालिसे बताए!
अहिलेको मिडियाले बङ्याउदा वा सोझ्याउदा सोझिने हुन्छ तर निष्ठा चाहिँ हुनुपर्छ गोकर्णेश्वरको पनि जे हो त्यही लेखौ जसले हामी सुध्रने अवसर पाउनेछौ। नेपालका सबै नगरपालिका मध्ये १ नम्बर नगरपालिकाको पहिचान बनाएका छौ। नगरपालिका र वडाका कार्यलय निर्माण, स्वास्थ्य चौकी,महिला बिशेश कार्यक्रम,शिक्षा, कृषिमा आनुदान लगायतका काम साथै मुलुकमै पहिलो डिजिटल डाटा 60 करोड राजश्व उठाउन सफल, बाटो पिच, हराभरा नगरपालिका, २४ घन्टा एम्बुलेन्स सेवा लगाएत विविध कार्य गरिसकेको बताए।
कार्यक्रमका प्रमुख अतिथी तथा बागमति प्रदेशका माननीय सांसद छिरिङ दोर्जे लामाले प्राकृतिक बिपदका बेला अग्रपंक्तिमा रहेर काम गर्नुभएका पत्रकार तथा संचार संस्थाहरुको योगदानलाई उच्च मुल्यांकन गरि कार्यक्रमको आयोजना गरि सम्मान गर्नुभएकोमा सुनौलो नेपाललाई धन्यबाद ब्यक्त गर्दै अझैपनि कठिन दिनहरु आउनसक्ने सम्भावना रहेकोले सुरक्षीत रहन आग्रह गरे।सांसद लामाले गोकर्णेश्वर मुलुककै १ नम्बर नगरपालिकाको रुपमा मुलुक कै १ नम्बर नगरपालिका रहेको सदनमै कुरा उठाएको बताए।मिडिया द्वारा सकारात्मक र नकारात्मक दुबै कुरालाई सम्प्रेषण गरिदिए उदाहरण हुने बताउदै पुन २९ गतेदेखी कसैलाई लाईनमा बस्न नपर्नेगरी खोप संचालन गरिने बताए।
कार्यक्रमको अन्त्यमा सभापति रोजिना बिष्ट 'रोज' ले कोभिड- १९ महामारीका बेला अग्रपंक्तिमा रहेर ज्यान को बाजी लगाएर खटिनुभएका संचार क्षेत्रका पत्रकार तथा संस्थाहरुलाई सम्मान गर्न पाउँदा खुशी ब्यक्त गर्दै कार्यक्रम सफल साथ् सहयोग पुर्याउनुहुने नगरपालिका,वडा लगाएत सम्पूर्ण व्यक्तित्वहरुमा धन्यबाद दिएकी थिइन भने कार्यक्रमको सहजीकरण असितमान श्रेष्ठले गरेका थिए।